इन्डियन प्रिमियर क्रिकेटको उपाधि मुम्बईलाई, पुने १ रनले पराजित

ENGLISH

SPORTS

इन्डियन प्रिमियर क्रिकेटको उपाधि मुम्बईलाई, पुने १ रनले पराजित

22 May, 2017 | Sandeep Bhattarai | 845 Views | comments

मुम्बई

१० औं संस्करणको इन्डियन प्रिमियर क्रिकेट (आइपिएल) को उपाधि मुम्बई इण्डियन्सले जितेको छ । आइतबार राति भएको रोमान्चक खेलमा राईजिङ्ग पुने सुपरजायन्ट्स मुम्बईसंग १ रनले स्तब्ध हुन पुग्यो ।

राजिव गान्धी अन्तराष्ट्रिय मैदान हैदराबादमा टस जितेर पहिले ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउदै १२९ रन बनायो । उसका लागि क्रुनाल पाण्ड्याले ४७ रन बनाए भने कप्तान रोहित शर्माले २४ रन बनाउनु बाहेक अन्यको प्रगर्शन उल्लेखनीय रहेन । मुम्बईका ओपनरद्वय लेन्डल सिमन्स ३ रन र पार्थिव पटेल ४ रनमा पेभेलियन फर्किंदा अम्बाटि रायुडूले १२ रनमात्र बनाए ।

पुनेको लागि जयदेव उनडकट, ड्यानियल क्रिश्चियन र याडम ज़म्पाले समान २-२ विकेट लिए । १३० रनको मध्यम लक्ष्य लिएर मैदान उत्रेको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमाउदै मात्र १२८ रन बनायो । उसका लागि कप्तान स्टेफन स्मिथले ५१ रन बनाए पनि टोलीलाई जित दिलाउन सकेनन । त्यस्तै अजिन्क्या रहाने ले ४४ रन बनाउदा महेन्द्र सिंह धोनीले १० रन जोडे ।

पुनेलाई अन्तिम ओभरमा ११ रन आवश्यक थियो र मुम्बईको लागि अन्तिम ओभरमा लागि मिचेल जोन्सन बलिंगमा आए । जोन्सनको पहिलो बलमा मनोज तिवारीले पहिलो बलमा चौका प्रहार गर्दै टोलीलाई जित तर्फ उन्मुख गरेपनि त्यसपछिको बलमा मिचेल जोन्सनले लगातार २ विकेट लिएपछि मुम्बई खेलमा फर्किएको थियो। अन्तिम बलमा जितका लागि ४ रन चाहिएको स्थितिमा क्रिस्टियनले २ रनमात्र जोड्न सकेपछि मुम्बईले १ रनको रोमान्चक जित हात पार्यो ।

मुम्बईको लागि मिचेल जोन्सनले ३ तथा जस्प्रित बुमराहले २ विकेट लिएका थिए। मुम्बईक लागि उत्कृष्ट ब्याटिङ गरेका क्रुनाल पाण्डेयले म्यान अफ द म्याचको उपाधि हात पारे। यो उपाधिसंगै मुम्बईले आइपिएलको उपाधिमा ह्याट्रिक गरेको छ ।

कोलकाता नाइट राइडर्स आइपिएलबाट बाहिरियो

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK