इनासको शाखा अब हङ्कङ्मा पनि गठन

ENGLISH

NRN GLOBAL

इनासको शाखा अब हङ्कङ्मा पनि गठन

15 July, 2017 | Bipin Acharya | 510 Views | comments

अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज (इनास) को ६७ औं शाखाको रुपमा इनास हङ्कङ् गठन भएको छ।

पुराना तथा निकै चर्चित गायक नागेन्द्र श्रेष्ठको अध्यक्षतामा गठन भएको इनास हङ्गकङ्गलाई ग्लोबल समितिबाट अनुमोदन गरे पछि यस संस्थाको ६७ औं शाखाको रुपमा हङ्गकङ्ग समितिले आधिकारिकता पाएको हो।

हाललाई तदर्थ समितिको रुपमा मान्यता प्राप्त समितिमा ग्लोबल प्रतिनिधिको रुपमा रचना प्रधान छानिएकी छिन भने कृष्ण भक्त महर्जन र क्षितीज उपाध्याय उपाध्यक्ष, गायत्री जोशी थापा महासचिव र रिना कोषाध्यक्ष तथा महेश शिल्पकार, करुणा श्रेष्ठ, मौशम लिम्बू र विजय श्रेष्ठ कार्यकारी सदस्यको रुपमा रहेका छन्।

त्यस्तै श्री जितेन्द्र महर्जन (ज्याक) प्रमुख संरक्षक, बिनय शाह संरक्षक, हरि श्रेष्ठ र किशोर श्रेष्ठ सल्लाहाकारको रुपमा रहेका छन।

संसारभरिका अधिकांश नेपाली कलाकार, साहित्यकार तथा कला र साहित्यप्रेमीहरुको सबै भन्दा ठूलो संस्थाको रुपमा उदाएको यो संस्थाले युरोपमा हरेक वर्ष महादेश स्तरीय गायन र नृत्य प्रतियोगिता, नेपाली फिल्मको सम्मानको लागि इनास अवार्ड र सांस्कृतिक माध्यमबाट नेपालको पर्यटन प्रवर्द्धनमा सघाऊ पुर्याउने कामहरु गर्दै आएको छ ।

नेपालमा विद्यालय भवन निर्माण, वालवालिकालाई पाठ्यसामाग्री वितरण र छात्रावृत्ति प्रदान जस्ता सामाजिक कामहरुमा समेत सहयोग गर्दै आएको छ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK