इनटरनेटको लत खतरनाक बन्दै

ENGLISH

TECH

इनटरनेटको लत खतरनाक बन्दै

23 January, 2017 | arjun baral | 1520 Views | comments

internetaddicationइन्टरनेटको लत कसरी छुटाउने र दिनमा कति घण्टा इन्टरनेटमा बस्दा चाहिँ लत हुँदैन भन्नेबारे कानुन बनाउन चासो जागेको भए पनि कति समयावधिलाई लत मान्ने भन्नेबारे अझै एक मत हुन सकेका छैनन्।

तर, पनि पूर्वी चीनको एडिक्सन ट्रिटमेन्ट सेन्टरमा यतिबेला ६ हजारभन्दा बढी इन्टरनेटका लत लागेकाहरु उपचाररत् छन्। तीमध्ये अधिकांश किशोरकिशोरी छन्। तिनलाई लत छुटाउन विद्युतीय सक थेरापीसमेत दिने गरिन्छ।

यस्ता लतीहरुलाई उपचार गर्दा दिइने विद्युतीय सकका कारण केहीलाई त लामो समयसम्म मानसिक विक्षिप्तता रहिरहने देखिएको छ । यसअघि इन्टरनेट लतसम्बन्धी चीनमा नयाँ कानुन बनाइएको थियो । कानुनको धेरैले स्वागत गरेका थिए । यसको मूल कारण चाहिँ युवापुस्तामाझ बढ्दो लतबाट आजित अभिभावक नै थिए ।

तर उपचारबाट फर्किएकाहरुमा घुलमिल नहुने, कुराकानी नगर्ने, घरबाट बाहिर ननिस्कनेजस्ता समस्या देखिएका छन् । अस्पताल र चिकित्सक भन्ने शब्द सुन्नेबित्तिकै उनीहरुमा छटपटी सुरु हुनेसमेत केहीले बताएका छन् ।

कतिपय इन्टरनेट गेम उत्पादक कम्पनीले आफ्नो गेम खेल्नलाई निश्चित उमेर पार गरेको हुनुपर्ने, वास्तविक नाउँमा मात्र गेम खेल्न पाइने, निश्चित समयावधिपछि गेम आफैँ बन्द हुने वा निश्चित लेभलसम्म मात्र खेल्न पाइने जस्ता नियम लागू समेत गरेका छन् ।

कानुनी रुपमा कति घण्टा मात्र इन्टरनेट गेम खेल्न पाइने भन्नेबारे कानुन बनिसकेको छैन तर मध्यरातदेखि बिहान ८ बजेसम्म यस्ता गेम खेल्न नपाइने भनी प्रतिबन्ध नै लगाइएको छ । तर, यस्तो नियमविरुद्ध सामाजिक सञ्जालमा चर्को विरोध भइरहेको छ ।

चीन मात्र नभएर , हालै नयाँ दिल्लीमा एक युवकलाई इन्टरनेट गेमको लत लागेको र त्यसलाई हटाउन अस्पताल नै भर्ती गराइएको थियो। दैनिक आठ घण्टा गेम खेल्ने र १२ घण्टासम्म तन्किन थालेपछि ती युवकको सोच, सुतने समय र परिवारसँग कुराकानी नै प्रभावित बन्न पुगेको थियो । उनी ९ कक्षाका विद्यार्थी रहेको बताइन्छ । तिनलाई कस्तो उपचार गरिँदैछ भन्नेबारे भने जानकारी दिइएको छैन ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK