इद उल फित्रको अवसरमा कतारमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै

ENGLISH

NRN GLOBAL

इद उल फित्रको अवसरमा कतारमा विभिन्न सांस्कृतिक कार्यक्रम हुँदै

7 July, 2016 | Sandeep Bhattarai | 2010 Views | comments

घनश्याम पराजुली,दोहा । इस्लाम धर्मावलम्वीहरको महानपर्व इद उल फित्रको अवसर पारेर कतारमा विभिन्न कार्यक्रमहरुको आयोजना गरिएको छ । इदको अवसरमा कतारमा प्रायः सबै कामदारहरुको तीन दिन छुट्टी हुन्छ ।

तिनै कामदारहरुको छुट्टीको दिनलाई मध्यनजर गर्दै कतारमा स्थापित विभिन्न संघसंस्थाहरुले कार्यक्रमको आयोजना गरेका छन । यसैबीच कतारको आन्तरिक मन्त्रालय अन्तरगतको पब्लिक रिलेसन डिपार्टमेन्टले इदको पहिलो र दोश्रो दिन सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ ।

एकैसाथ एशियाली सांस्कृतिक कार्यक्रम

कतारको आन्तरिक मन्त्रालय अन्तरगतको पब्लिक रिलेसन डिपाटमेन्टले एशियाली समुदायलाई मध्यनजर गर्दै सांस्कृतिक तथा सांगीतीक कार्यक्रमको आयोजना गरेको छ ।

id2

ईष्ट वेष्ट पार्कको एसियाना टाउनमा इदको पहिलो र दोश्रो दिन दिउँसो ५ बजे देखी राती ११ बजेसम्म विविध कार्यक्रम हुनेछन । कतारमा रहेका एशियाली समुदायले उक्त कार्यक्रममा आ–आफ्नो सांस्कृतिक प्रस्तुतीहरु राख्ने छन् । त्यस्तै यहाँ रहेका एशियाली समुदायका कलाकारहरुको सांगीतीक प्रस्तुती समेत रहने कतारको पब्लिक रिलेसन डिपार्टमेन्टले जानकारी दिएको छ । कतारमा रहेको नेपाल , भारत , श्रीलंका र कोरियाली समुदायका कलाकारहरुले आफ्नो प्रस्तुती राख्नेछन । एउटै स्थानमा यि चार देशमा समुदायले मनोरन्जन प्रदान गर्नेछन । एशियाली समुदाय इद उल फित्र समारोह २०१६ मा कतारमा रहेका विभिन्न व्याण्ड र सांस्कृतिक समुहले समेत आफ्नो प्रस्तुती राख्नेछन ।

नि:शुल्क प्रवेशको व्यवस्था रहेको उक्त कार्यक्रममा सहभागी हुने दर्शकहरुको लागी आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको छ । इस्लाम धर्मावलम्वीहरुको महान पर्व इद उल फित्रको अवसरमा उत्सवको रुपमा कार्यक्रमको आयोजना गरिएको हो । कतारमा कार्यरत सम्पुर्ण कामदारहरुलाई सहभागी भई कार्यक्रमबाट मनोरन्जन लिन पब्लिक रिलेसन डिपार्टमेन्टले आग्रह गरेको छ ।

रक्तिम साँस्कृतिक कार्यक्रम

‘बुर्जुवा संस्कृतिको बिरोध गरौ प्रगतिशील सँस्कृतिको बिकास गरौ’ भन्ने मूल नाराका साथ कतार नेपाली एकता समाज अन्तर्गत रक्तिम साँस्कृतिक अभियान कतारले इदको पहिलो दिन रक्तिम सांस्कृतिक कार्यक्रमको आयोजना गरेको छ । बिहान ११ बजे देखी दोहाको शालिमार रेष्टुरेन्टमा आयोजना हुने कार्यक्रममा लागी जनगायक जीवन शर्मा कतार आईसकेका छन । गायक शर्मा पहिलो पटक कतार आएका हुन्।

‘शीमली छायामा बसी भरिया लामो सास फेरेको’ ,‘मधेसी पहाडी हिमाली हामी सबै नेपाली’ , ‘यस पाली त यस्तै भो आमा अर्को साल आउने छु दसैंमा’ जस्ता लोकप्रिय गीत मार्फत धेरै नेपालीको मन जितीसकेका शर्माले कतारमा पसिना चुहाईरहेको नेपाली कामदारहरुको मन जित्ने आशा लिईएको छ । उनको गीतसँगै यहाँका नेपालीहरुले आफ्नै देश नेपालको कल्पना गर्न पाउने भएका छन् । इस्लाम धर्मावलम्विहरुको पर्व इदको अवसरमा उक्त कार्यक्रमको आयोजना गरिएको हो ।

खुल्ला भलिबल प्रतियोगिता 

इदको अवसर पारेर तमु समाज कतारले खुल्ला भलिबल प्रतियोगीता २०१६ को आयोजना गरेको छ । सनैयाको स्ट्रट न – ५४मा इदको पहिलो दिनबाट शुरु हुने खुल्ला भलिबल प्रतियोगीतामा कतारमा कार्यरत नेपाली नागरिकहरुले भाग लिन पाउनेछन ।

id3

विगतका बर्षहरुमा जस्तै तमु समाज कतार अन्र्तगत रहेको तमु खेलकुद समिति कतारले नेपाली कामदारहरुलाई लक्षित गर्दै खुल्ला भलिबल प्रतियोगिताको आयोजना गरेको हो । खुल्ला भलिबल प्रतियोगितामा सहभागी हुन चाहाने भलिबल टिमले ४ सय ५१ कतारी रियाल दर्ता शुल्क बुझाई फारम भर्न सक्नेछन । खुल्ला भलिबल प्रतियोगिताको विजयी टिमलाई आर्कषक पुरस्कारको समेत व्यवस्था गरिएको छ । प्रतियोगिताको प्रथम पुरस्कार रु १ लाख नगदका साथै ट्रफी , मेडल र प्रमाण पत्र प्रदान गरिने छ । त्यस्तै दोश्रो विजेता टिमलाई रु ६० हजार नगद पुरस्कार , तेश्रो पुरस्कार रु ३० हजार नगद पुरस्कार र चौथो स्थान हाँसिल गर्ने भलिबल टिमलाई रु १५ हजार नगद पुरस्कार प्रदान गरिनेछ । कार्यक्रममा चौथो स्थानसम्म आउने हरेक टिमलाई ट्रफी , मेडल र प्रमाण पत्र समेत प्रदान गरिने भएको छ । इदको छुट्टीको सदुपयोग गर्दै कतारमा कार्यरत भलिबलमा रुची राख्ने नेपालीहरु उक्त कार्यक्रममा सहभागी भई मनोरन्जन लिन सक्नेछन ।

सुन्तली धुर्मुस साझँ

इदको दोश्रो दिन कतारमा सुन्तली धुर्मुस साझँ हुने भएको छ ।सास क्रियसनले सनैया स्थित एसियन टाउनमा सुन्तली धुर्मुस साझँ गर्न लागेको हो । चर्चित हास्यँ कलाकारको जोडी धुर्मुस सुन्तलीले भुकम्प पिडितहरुको लागी गिनान्चौर एकीकृत नमुना बस्ति बनाउदै छन् ।

id4

सोही कार्यलाई सहयोग गर्ने उद्धेश्यका साथ कतारमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा नेपालका ख्यातिप्राप्त कालाकारहरु लोक गायक राजु गुरुङ , लोक गायिका मुना थापा मगर , नायिका रेखा थापा ,भोजपुरी नायिकाहरु परिनिका शर्मा , सीमा सिहं र रानी चटर्जीको बेजोड सांगीतिक प्रस्तुति रहने छ । त्यस्तै डी आई डी फस्ट रनर अप निर्मल तामाङको आकर्षक नृत्यले कतारका दर्शकहरुले मनोरन्जन लिन पाउने भएका छन । इदको दोश्रो दिन बेलुका ६ बजे देखि सुरु हुने कार्यक्रको बजार व्यवस्थापनमा एभरेष्ट नेपाल युथ एसोसिएसन र सन्ध्या ग्रुप कतार रहेका छन् ।

सास क्रियसन प्रालिको आयोजना , अरुण भ्यालीको स्पोन्सर तथा एभरेष्ट नेपाल युथ एसोसिएसन र बाब कतारको सहयोगमा उक्त कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमको प्रवेश शुल्क कतारी रियाल ४० , ६० र १ सय राखिएको छ ।

चितवन धमाका साँझ

चितवन युवा समुह कतारले इस्लाम धर्मावलम्बीहरुको महानपर्व इद उल फित्रको अवसर पारेर चितवन धमाका साझँ गर्दैछ । आगामी शुक्रबार ८ जुलाईका दिन दोहाको सालिमार रेष्टुरेन्टमा उक्त साँस्कृतीक कार्यक्रमको आयोजना गरिएको हो । उक्त कार्यक्रमका लागी नेपालबाट आधा दर्जन कलाकारहरु बुधबार बिहान कतार आउने भएका छन । कार्यक्रमका लागी लोकदोहोरी गायिका भुमिका गिरि , लोक गायक नेत्रजित पन्त , लोकगायिका सरिता गुरुङ्ग श्रेष्ठ , पप गायक संजिव सिंह राना , मोडल सपना राई र हाँस्य कलाकार ज्योती काफ्ले कतार आउदै छन् ।

id5

बिहान ११ बजेबाट शुरु हुने कार्यक्रममा लोक गायक बाल बिक्रम थापा, द रेन्ज व्याण्ड लगायत कतारमा बस्दै आएका कलाकारहरुको समेत प्रस्तुती रहने भएको छ । कार्यक्रमको संयोजकमा सुमन भारती रहेका छन भने संचारकर्मी विजय अधिकारीले कार्यक्रम सन्चालन गर्ने छन । यसरी कतारमा रहेका नेपालीहरुले इदको छुट्टीको सदुपयोग गर्दै मनोरन्जन लिन पाउने छन । इस्लाम धर्मावलम्बीहरुको पर्व इद उल फित्रलाई सबै समुदाय मिलेर मनाउनेछन । इदको तेश्रो दिन कपिलबस्तु मुस्लिम समाजले बृहत इद मिलन कार्यक्रमको समेत आयोजना गरेको छ । मज्जा रेष्टुरेन्टमा दिउँसो १ बजेबाट उक्त कार्यक्रमको आयोजना गरिएको छ । यसैगी धेरै संघसंस्थाहरुले इदलाई मनोरन्जनका साथ मनाउने भएका छन । कतारमा नेपाली सांस्कृतिक कार्यक्रमको पनी उत्तिकै आयोजना भईरहेका छन् ।

यो पनि हेर्नुस –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

म्याडिसनमा ‘नाफा साहित्य साँझ २०७४’ सम्पन्न

गत नोभेम्बर १८ शनिवारका दिन संयुक्त राज्य अमेरिकाको विस्कन्सिन...

यान कुमारी

यानकुमारीले टोरन्टो करातेमा स्वर्ण जितिन्

क्यानडामा भएको टोरन्टो खुला तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी यानकुमारी चौलागाईंले...

न्युयोर्कका राजन थपलियाको उपन्यास फिफ्टी फाइव ईयर्स (55 years ) को सारांश प्रकाशित

विजय थापा, न्युयोर्कमा बस्दै आएका नेपाली मूलका अंग्रेजी पुस्तकका लेखक...

कन्चन अमात्य क्लिन्टन फाउन्डेशन को ‘ प्रेसिडेनसिएल अनर रोल अवार्ड २०१७ ” द्वारा सम्मानित

विजय थापा, अमेरिकाका पूर्व राष्ट्रपति बिल क्लिन्टन द्वारा सञ्चालित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK