इण्डोनेसिया र लुम्बिनीको एक शहरलाई ‘सिस्टर सिटी’ बनाउन नेपालको प्रस्ताव

ENGLISH

NRN GLOBAL

इण्डोनेसिया र लुम्बिनीको एक शहरलाई ‘सिस्टर सिटी’ बनाउन नेपालको प्रस्ताव

सुदीप निउरे , क्वालालम्पुर

6 July, 2017 | Bipin Acharya | 640 Views | comments

भगवान गौतम बुद्धको जन्मस्थल नेपालको लुम्बिनी र ईण्डोनेसियामा अबस्थित बिश्वकै ठूलो बोरोबुदर बौद्ध मन्दिर रहेको शहरलाई सिस्टरसिटीको रुपमा बिकाश गर्न नेपालले प्रस्ताव गरेको छ ।

मलेसियाको राजधानी क्वालालम्पुरमा आयोजित बुद्ध जन्मस्थल नेपालको लुम्बिनी बिषयक एक कार्यक्रममा सहभागी ईण्डोनेसिया सरकारका प्रतिनिधीसमक्ष नेपालले यस्तो प्रस्ताव गरेको हो ।

मलेसियास्थित नेपाली राजदुतावासले ईण्डोनेसियाको बोरोबुदर बौद्ध मन्दिर र नेपालको लुम्बिनीलाई भगिनी शहर अर्थात सिस्टर सिटीको रुपमा स्थापना गर्न प्रस्ताव गरेको हो । ईण्डोनेसियाको मध्यजाभा प्रान्तमा बोरोबुदर बौद्ध मन्दिर रहेको छ । बुद्धको जन्मस्थल लुम्बिनिको प्रचार प्रसार गर्ने उदेश्यले यस्तो प्रस्ताव गरिएको मलेसियास्थित नेपाली राजदुत डाक्टर निरंजनमानसिंह बस्न्यातले बताए ।

सिस्टरसिटीको रुपमा स्थापना गर्न सकिए दुई देशबिचमा पर्यटन प्रबर्धन गर्न सकिने राजदुत बस्न्यातले बिश्वास ब्यक्त गरे । यस सम्बन्धले नेपालको धार्मिक पर्यटनमा समेत टेवा पुग्ने राजदुत बस्न्यातको तर्क छ । बोरोबुदर बौद्ध मन्दिर बनाउनका लागी नेपाली कला बिशेषज्ञ गुणधर्मले १२ औ सताब्दीमा मद्दत गरेको ईतिहासमा उल्लेख छ ।

बौद्ध जन्मस्थल नेपालको लुम्बिनी र ईण्डोनेसियामा अबस्थित बोरोबुदुर बौद्ध मन्दिर दुवै युनेस्कोद्धारा बिश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध मन्दिर हुन् । कार्यक्रममा नेपाली राजदूतावासका प्रतिनिधी तथा ईण्डोनेसिया सरकारका प्रतिनिधी, सुरक्षा अंगका प्रमुख लगायतको बाक्लो उपस्थिती रहेको थियो ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा

एनआरएनए अमेरिकाले अस्थाई सुरक्षित दर्जा (टिपिएस )लाई नविकरण गराउन डिसीमा भेटघाट तीव्रपार्दै

अमेरिकन सरकारद्धारा प्रदान गरिएको अस्थाई सुरक्षित दर्जा (टिपिएस )सुबिधा...

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटी

कोड फर नेपाल र नेपाल अमेरिका फिल्म सोसाइटीबीच सहकार्य हुने

अमेरिकामा क्रियाशिल गैरनाफामुलक संस्थाहरु कोड फर नेपाल र नेपाल...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपाल फाइनलमा,उपाधिको लागि सिंगापुरसंग खेल्ने

नेपाल एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको...

लाउनेले माया

बिन्दु परियारको ‘लाउनेले माया’ सार्वजनिक(भिडियो सहित)

चलचित्रको पाश्र्वमा समेत सक्रिय रहेकी गायिका बिन्दु परियारको स्वरमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK