इजरायलबाट मिर्गौला रोगीलाई सहयोग

ENGLISH

NRN GLOBAL

इजरायलबाट मिर्गौला रोगीलाई सहयोग

17 November, 2017 | Sandeep Bhattarai | 7510 Views | comments

सहयोग

अर्थ अभावले तीन बर्ष बित्दासमेत मिर्गौलाको प्रत्यारोपण गर्न नसकेका चितवनको भरतपुरका एकजना मिर्गाैला रोगीलाई इजरायलबाट रु एक लाख ८० हजार सहयोग प्राप्त भएको छ ।

भरतपुर महानगरपालिका–११ भोजाडका ५६ वर्षीय मनबहादुर गुरुङको उपचारका लागि यसरी सहयोग आएको हो । दुवै मिर्गौलाले काम गर्न छाडेको ३ वर्ष बित्दासमेत अर्थ अभावका कारण उहाँको मिर्गाैला प्रत्यारोपण हुन सकेको छैन ।

उहाँको उपचारका लागि इजरायलमा बस्ने भरतपुर–११ भोजाडका कमल गुरुङले रु एक लाख ८० हजार सहयोग गर्नुभएको हो । अहिलेसम्म उहाँले भएको जग्गा बेचेर लाखौँ ऋण लागिसक्दासमेत मिर्गाैला प्रत्यारोपण गर्न नसकेको बताउनुभएको छ । रोगको पहिचान र डाइलाइसिसमा ठूलो रकम खर्च भएकाले आर्थिक अभाव हुँदा प्रत्यारोपणमा समस्या भएको जनाइएको छ ।

मधुमेह र रक्तचापको समेत रोग भएका गुरुङले पैसा नभएपछि सहयोगको याचना गर्दै आउनुभएको छ । शुरुमा चितवनको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालमा उपचार गर्नुभएका उहाँले काठमाडौँको नर्भिक अस्पतालमा पनि लामो समय उपचार गर्नुभयो ।

पछि राष्ट्रिय मिर्गाैला उपचार केन्द्र, काठमाडौँमा उपचारका क्रममा चिकित्सकले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताएका थिए । सरकारले मिर्गौलाको डाइलाइसिस निःशुल्क गर्ने व्यवस्था मिलाए पनि डाइलाइसिस गर्न लाग्ने औषधि खर्च जोहो गर्नसमेत धौधौ भएको उहाँ बताउनुहुन्छ ।

श्रीमान्को उपचार गर्नका लागि भएको सात धुर जग्गा पनि बिक्री गर्नुपरेको गंगामायाले बताउनुभयो । उपचारका लागि करिब रु ३० लाख लाग्ने उहाँले बताउनुभयो । उहाँले नै मिर्गौला पनि दिन लाग्नुभएको छ ।

मिर्गौला रोगीलाई दश लाख सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘ए’ डिभिजन लिग फुटबल : पहिलो खेलमा मनाङ मस्र्याङ्दी र एनआरटी भिड्दै

शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज दुई...

रीमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि...

रिमा र बेनिशा भिडियोमा लेजबियन बनेपछि… (भिडियो सहित)

२१औँ सताब्दीमा दौडी रहँदा समाज धेरै परिवर्तन भइसकेको छ...

सन्दीप

आइपिएल २०१९ मा सन्दीप दिल्लीमै रहने

नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने इन्डियन प्रिमियर लिग...

मृत्यु

दार्चुलाका धामीको मलेसियामा मृत्यु

दार्चुला, मालिकार्जुन गाउँपालिका–३ घर भएका ३५ वर्षीय तारासिंह धामीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK