इजराइलबाट आएको सहयोगबाट बाढीपीडितलाई घर

ENGLISH

इजराइलबाट आएको सहयोगबाट बाढीपीडितलाई घर

25 January, 2017 | Bhawana Pathak | 910 Views | comments

इजराइलमा कार्यरत झापाली युवा गणेश गौतमको नेतृत्वमा पठाएको सहयोग रकमबाट शिवसत्ताक्षी नगरपालिका –९ मा सात वटा घर निर्माण गरी सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरिएको छ ।

kankai

झापाको कनकाई नदीमा आएको बाढीका कारण विस्थापित बनेका सात परिवारलाई इजराइलस्थित झापाली समाजले गरेको सहयोग रु दुई लाख १० हजारबाट सो घर बनाइएको गणेशका पिता होमप्रसाद गौतमले बताउनुभयो ।

विगतमा कनकाई सिँचाइ आयोजनाको नाममा रहेको करिब छ बिगाहा जग्गामा सुकुम्बासीले अतिक्रमण गरेर बसोबास गर्दै आएका कारण १०० घर परिवार सुकुम्बासीलाई जग्गा धनी पुर्जा वितरण भएको थियो ।

सो स्थानमा घरसहित तीनवटा शौचालय र खानेपानीका लागि दुईवटा ट््युवेल पनि गाडी दिएपछि तीे घरमा बसोबास गर्ने मानिसलाई केही राहत मिलेको छ । घर पाएकोमा खुसी भएका उनीहरु अहिले राज्यबाट पनि केही होस् भनेर चाहना राखेका छन् । कनकाई नदीले तुलसी तिमल्सेना, विष्णु रिजाल, धर्मानन्द रिजाल, योगमाया पोखरेल, श्रीप्रसाद थङ्गम्वा, लालबहादुर थङगम्वा, विष्णुप्रसाद अधिकारी, छविलाल पौडेल र मित्रलाल खरेलका परिवारलाई विस्थापित बनाएको थियो ।

सरकारले प्रत्येक निर्वाचन क्षेत्रमा दैवी प्रकोपको कारण विस्थापित १०० परिवारलाई अस्थायी बसोबास मिलाउने कुरा नीतिमै मात्र सीमित रहेका बेला बिदेशमा रहेका नेपाली युवाले नेपाली दाजुभाइका लागि गरिएको यो प्रयासले सरकारको कार्यशैलीमै प्रश्न उठेको स्थानीय बासिन्दा बताउँछन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK