इंग्ल्यान्डका पूर्व फुटबलर किङलाई नेपाल घुम्ने रहर

ENGLISH

NRN GLOBAL

इंग्ल्यान्डका पूर्व फुटबलर किङलाई नेपाल घुम्ने रहर

30 May, 2017 | Bipin Acharya | 480 Views | comments

सन् १९९९ देखि २०१२ सम्म आफ्नो फुटबल करिअरमा उनी राष्ट्रिय अन्तर्राष्ट्रिय कयौं म्याचमा उत्रिए । इंग्ल्यान्डको प्रिमियर लिग उपबिजेता टोटेनहाम हटस्पर क्लबबाट ३ सय २१ प्रतिष्पर्धात्मक म्याच खेलेका डिफेन्डर लेड्ली किङलाई उक्त क्लबको किङ पनि मानिन्छ । तर, दुर्भाग्य इन्जुरीले ५ वर्ष अघि खेल जीवनबाट विश्राम लिन वाध्य यी पूर्व फुटबलर आइतबार नेपाली समुदायको सबैभन्दा वृहत कार्यक्रममा देखिए ।

करिब दश हजार दर्शक सहभागी तमुधिं यूकेले आयोजना गरेको गोर्खा कप फुटबल प्रतियोगितामा टोटेनहाम हटस्परका पिआर म्यानेजर टोनी स्टेभेनका साथ आएका हाल उक्त क्लबका एम्बेसडर रहेका किङ नेपालीको सम्मान पाएर दंग थिए ।

खेल हेर्न भन्दा साथीभाइ, आफन्त भेटघाट र प्रेमी प्रेमिकाको हकमा डेटिङ स्पट झैं बन्ने गोर्खा कपमा यसपटक इंग्ल्यान्डका पूर्व राष्ट्रिय खेलाडी किङ र नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक राजु शाक्य मुख्य आकर्षण बने । लेड्लीलाई कार्यक्रम अवधिभर नेपाली दर्शकले घेरिरहे, अटोग्राफ र तस्बिर खिचाउनेको कमी रहेन । पन्चे बाजा, पाइपर धुन र खादाले विशेष सम्मान पाउंदा लेड्लीमा खुशीको सिमा नरहेको बुझ्न कठिन थिएन । लेड्ली र नेपालका प्रशिक्षक शाक्यले मैदानमा मायाको चिनो सांटे ।

संक्षिप्त मन्तव्यका क्रममा बेलायत र नेपालका गौरव क्रमश: लेड्ली र शाक्यले दर्शक र आयोजकको माया एवं सम्मानप्रति आभार व्यक्त गरे । ढाका टोपीमा सजिएका लेड्लीले मैदानबाटै आफू नेपाल जाने उद्घोष गरे अनि नेपाली समुदायमा पहिलोपटक सहभागिता जनाएर सम्मान पाएकामा गर्व लागेको अनुभव सुनाए । टेन्टमा नेपाली सञ्चारकर्मीसंग कुरा गर्दै उनले नेपाली समुदायको प्रशंसा अनि क्लबलाई सपोर्ट गरिरहन आग्रह गरे ।

बेलायतमा नेपालीको सबैभन्दा ठूलो इभेन्ट ठानिने गोर्खा कप अल्डरसटस्थित क्वीन्स एभिन्यू खेल मैदानमा भएको हो । तमुधिं यूकेको १५ औं संस्करणमा युथतर्फ मंगोलियन भान्जा (एमबीजेड) ले गोर्खा कप उपाधि जित्यो भने रनर अप ब्रिगेड ब्वाइज क्लब (बीबीसी) भयो । भेट्रान्सतर्फ एफसी केन्ट वीनर र इलाम एफसी रनरअप बने । युथ विजेता टोलीले २००० पाउन्ड, उपविजेताले १००० पाउन्ड, भेट्रान्सतर्फ विजेताले १००० पाउन्ड र उपविजेताले ७०० पाउन्ड र ट्रफी पाए ।

आयोजककै भनाइमा करिब दश हजार दर्शक सहभागी उक्त प्रतियोगितामा युथ टिमबाट टप गोल स्कोरर भए एमबीजेडका बहार लक्सम्बा र म्यान अफ द म्याच एमबीजेडकै बिमल बलाल भए । त्यसैगरि, भेट्रान्सतर्फ टप गोल स्कोरर इलाम एफसीका दुर्गा राई र म्यान अफ द म्याच एफसी केन्टका गुप्ता चेम्जोङ बने । विजेता खेलाडीहरुलाई राजदूत डा. दुर्गाबहादुर सुवेदी, युवा व्यवसायी एवं समाजसेवी रवि लामिछाने, नेपाली राष्ट्रिय टोलीका प्रशिक्षक राजु शाक्य, रसमोर बरो काउन्सिल मेयर सोफिया चौधरी लगायतले पुरस्कार प्रदान गरेका थिए ।

गोर्खा कपमा ३२ युथ र ८ भेट्रान्स टिमले प्रतिष्पर्धा गरेका थिए । गोर्खा कपमा भाग लिन हङकङ र बेल्जियमबाट समेत टिम आइपुगेका थिए ।यस पटक गोर्खा कपमा क्लव टोटेनहाम हट स्परले आफ्नो स्टल नै राखेर विभिन्न सामान बिक्री अनि खेल अभ्यास गराएको थियो ।

पुरस्कार वितरण समारोहमा विशेष अतिथी राजदूत सुवेदीले विजयी खेलाडीहरुलाई बधाइ दिंदै यस्तो प्रतियोगिताले नेपालीबीच एकता र स्थानीय समुदायसंग समायोजन हुन विशेष भूमिका निर्वाह गर्ने बताए । प्रमुख अतिथि रसमोर मेयर सोफिया चौधरीले आफ्नो बरोमा विशाल कार्यक्रम हुंदा खुशी भएको बताउंदै आयोजक र खेलाडीलाई बधाइ दिइन् । तमुधिं यूकेका अध्यक्ष ज्ञाम गुरुङले बेलायतमा रहेका युवाहरुलाई खेलका माध्यमबाट एकत्रित गर्ने संस्थाको उद्देश्य रहेको बताए ।

तस्विर: सौजन्य – मिलन तमु ।
कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK