इंग्ल्याण्ड बराबरी खेल्दा वेल्स र स्विट्जरल्याण्ड बिजयी (भिडियो सहित)

ENGLISH

SPORTS

इंग्ल्याण्ड बराबरी खेल्दा वेल्स र स्विट्जरल्याण्ड बिजयी (भिडियो सहित)

12 June, 2016 | Sandeep Bhattarai | 680 Views | comments

युरो कप अन्तर्गत शनिबार राति र आइतबार बिहान भएको खेलमा वेल्स र स्विट्जरल्याण्ड बिजयी भएका छन् भने उपाधिको दाबेदार राष्ट्र इंग्ल्याण्डले भने बराबरी खेलेको छ । हिजो राति भएको पहिलो खेलमा स्विट्जरल्याण्डले अल्वानियालाई १–० ले पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

sw

युरो कपमा अहिलेसम्म समुह चरण पार गर्न नसकेको स्विट्जरल्याण्डले जितसँगै महत्वपुर्ण तीन अंक जोडेको छ। खेलको पाँचौ मिनेटमै फावियन स्चाएरले गोल गर्दै स्विस टोलीलाई अग्रता दिलाएका थिए।

३६ औं मिनेटमा कप्तान लोरिक कानाले दोहोरो पँहेलो कार्डको सामना गर्दै मैदान बाहिरिएपछि अल्वानिया दश खेलाडीमा सिमित थियो । तर अल्वानिया दश खेलाडीमा झरेको फाइदा स्विट्जरल्याण्डले लिन सकेन र पाँचौ मिनेटको गोल नै स्विट्जरल्याण्डलाई तीन अंक दिलाउन निर्णायक बन्यो।

त्यस्तै शनिबार राति नै भएको अर्को खेलमा वेल्सले स्लोभाकियालाई २–१ ले पराजित गर्दै समुह ‘बी’को पहिलो खेलमा जित दर्ता गराएको छ । १० औं मिनेटमा झन्डै ३० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गर्दै ग्यारेथ बेलले वेल्सलाई अग्रता दिलाएका थिए । तर स्लोभाकियाको लागि दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ओन्दे्रज डुडाले ६१ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । खेल बराबरीमा आएपछि निकै प्रतिस्पर्धात्मक भएको खेलमा वेल्सले ८१ औ मिनेटमा आरोन रामसेको पासमा हल रब्सनले गोल गर्दै टोलीलाई तीन अंक दिलाउन सफल भए ।

Soccer Euro 2016 Wales Slovakia,Aaron Ramsey,Hal Robson Kanu

यसैगरी आइतबार बिहान भएको खेलमा अग्रता जोगाउन नसक्दा इंग्ल्याण्डले रसियासंग बराबरी खेलेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा खेलको ७३ औं मिनेटमा एरिक डियरले गोल गर्दै इंगल्याण्डलाई अग्रता दिलाएका थिए । तर दोस्रो हाफको इन्ज्युरी समयमा भासाली बेरोजोस्कीले गोल गर्दै टोलीलाई हारबाट जोगाउदै एक अंक दिलाए ।

eng1

युवा खेलाडीहरुको भरिभराउ रहेको इंग्ल्याण्डखेलमा हावी भएको थियो । गोल गर्ने थुप्रै मौका पाए पनि गोल गर्न नसक्दा इंग्ल्याण्डले अंक बाड्न वाध्य भयो ।

स्विट्जरल्याण्ड रअल्वानियाको खेल –

वेल्स र स्लोभाकियाको खेल –

इंग्ल्यान्ड र रसियाको खेल –

यो पनि हेर्नुस – युरो कपमा आयोजक राष्ट्र फ्रान्सको सुखद सुरुवात (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK