आहा गोल्ड कप खेल्न अमेरिकाको नेपाली अमेरिकन सकर(भकुण्डो)टोलि नेपाल

ENGLISH

SPORTS

आहा गोल्ड कप खेल्न अमेरिकाको नेपाली अमेरिकन सकर(भकुण्डो)टोलि नेपाल

30 November, 2016 | Bipin Acharya | 1200 Views | comments

पोखरामा संचालन हुने आहा गोल्ड कप २०१७ मा सहभागी हुन् अमेरिकामा जन्मिएका दोश्रो पुस्ताका खेलाडी तथा अमेरिकामा रहदै आएका नेपालका अन्तर्राष्ट्रिय स्तरका मिश्रित भकुण्डो खेलाडी टोलि जनवरी १२ तारिख नेपाल उड्ने भएको छ ।

unnamed

यस्को लागि आगामी डिसेम्बर १७ तारिख डिसी क्षेत्रमा अन्तिम छनौट गरिने जानकारी टोलिका संयोजक चन्द्र लामाले दिएका छन् ।नेपालमा हुने अन्तर्राष्ट्रिय स्तरको भकुण्डो प्रतियोगितामा भाग लिनको लागि खेलाडीको छनौट प्रक्रिया अगाडी बढाउने योजना मुताबिक सबै ईक्षुक खेलाडीलाई डीसीमा बोलाइने भएको छ l एक सशक्त नेपाली अमेरिकन सकर टोलि निर्माण हुने कुरामा लामा विश्वस्त रहेको बताए ।

अमेरिकाको पुरानो गैर मुनाफा सामाजिक सँस्था दि एसोसिएसन अफ नेपलिज इन अमेरिका(एएनए )को तत्वाधानमा यो टोलि निर्माण हुन् लागेको हो । यस अघि नै एक सात सदस्यीय छनौट प्रक्रिया समिति निर्माण गरि सकिएको छ ।

यसमा सहभागी हुन् चाहने खेलाडीहरुले तोकिएको मिति तथा स्थानमा आफै भौतिक रुपले उपस्थिति हुनु पर्ने र आफ्नो खर्चमा डिसी आउनु पर्ने जानकारी दिइएको छ ।

नया बर्ष जनवरी २०१७ को दोश्रो हप्तामा नेपाल प्रस्थान गरिने छ भने छनौट भएका खेलाडीहरुको हकमा नेपाल आवतजावत खर्च ,आवास तथा खानाको व्यवस्था टोलिले व्यवस्था गर्ने छ ।

आहा गोल्ड कप गत साल मनाङ्ग मर्स्यान्ग्दी बिजयी भएको थियो हो भने अहिले सम्म नेपाल प्रहरी क्लबले ५ पटक ,मनाङ्ग मर्स्यान्ग्दीले ४ पटक तथा थ्री स्टारले पनि ४ पटक बिजेता भएका छन् ।

सन् २००२ देखि संचालनमा रहेको अन्तर राष्ट्रिय स्तरको आहा गोल्ड कप भकुण्डो प्रतोयोगिता हो भने उपत्यका बाहिर आयोजना हुने ठुलो तथा महत्वपूर्ण मानिन्छ । भकुण्डो खेल मध्ये कै आहा गोल्ड कप पोखरामा आयोजना गरिन्छ । सहारा क्लब द्वारा आयोजना हुने उक्त प्रतियोगिता पहिला क्याराभान गोल्ड कप राखिएको भएता पनि अहिले आहा गोल्ड कप नामाकरण गरिएको छ।

आहा गोल्ड कप प्रतियोगितालाई एन्फा कास्की द्वारा मान्यता प्राप्त तथा समर्थन गरिएको छ । नेपालका प्रख्यात ६ वटा तथा अन्तर्राष्ट्रिय टोलिका ६ वटा टोलि समेत १२ वटा टोलिलाई सहभागिता गराइन्छ ।

बिस्तृत जानकारीको लागि संयोजक चन्द्र लामा ,कुमार शेरचन ,बिनोद बिष्ट तथा अदिप रोक्का संग सम्पर्क गर्न अनुरोध गरिएको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK