आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउँछ :आयुक्त यादव

ENGLISH

POLITICS

आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउँछ :आयुक्त यादव

28 February, 2017 | Krishna Adhikari | 735 Views | comments

ayodhi-prasad-yadav-everestdainikनिर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले आवधिक निर्वाचनले लोकतन्त्रलाई सुदृढ बनाउने बताउनुभएको छ ।

नेपाल जेसिजले  आयोजना गरेको लोम-लोन लिडर्स कार्यक्रमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो – “विधिको शासन कायम गर्न प्रयास गर्नपरेको छ । अहिले संविधान भए पनि विधिको शासनको अभाव छ ।”

परिवर्तनको आधारशिला युवा नै भएकाले युवाले मतदानलाई आफ्नो अधिकारका रुपमा ग्रहण गर्नुपर्ने प्रमुख आयुक्त यादवको भनाइ थियो ।

“मतदान च्वाइस होइन, ड्युटीका रुपमा बुझ्नुहोस्, यसले नै विधिको शासनलाई सहयोग पुग्छ,” उहाँले भन्नुभयो – “दलको अगुवा युवा नै हो । द्वैध चरित्र देखाउन छोड्नुपर्छ ।”

वैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनमा मतदाता शिक्षाका लागि राजनीतिक दलका भ्रातृ संस्था आवद्ध युवालाई जानकारी गराउने काम भइरहेको पनि उहाँले बताउनुभयो ।

निर्वाचन मेनेफेस्टो (घोषणा पत्र) का आधारमा हुन छाडी मनीफेस्टो (पैसा)का आधारमा हुने प्रवृत्ति हावी भएकाले यसको अन्त्यका लागि युवाले सक्रियता देखाउनुपर्ने उहाँको भनाइ थियो ।कार्यक्रममा देशभरका जेसिज आवद्ध करिब पाँच सयजना पदाधिकारीको सहभागिता रहेको छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK