आर्यन र नम्रता सर्वोत्कृष्ट अभिनेता/ अभिनेत्री घोषित

ENGLISH

ENTERTAINMENT

आर्यन र नम्रता सर्वोत्कृष्ट अभिनेता/ अभिनेत्री घोषित

20 September, 2016 | Anjana Bhandari | 1020 Views | comments

aaryan-sigedel-namrata-shrestha

आर्यन सिग्देलनम्रता श्रेष्ठ ‘एनएफडिसी राष्ट्रिय चलचित्र पुरस्कार २०७२’ का सर्वोत्कृष्ट अभिनेता/अभिनेत्री घोषित भएका छन् । आइतबार काठमाडौंमा भएको पुरस्कार वितरण कार्यक्रममा पशुपतिप्रसाद’लाई गत वर्ष (२०७२) को सर्वोत्कृष्ट चलचित्र ठहर्‍याइयो ।

त्यस्तै चलचित्र ‘क्लासिक’बाट दिनेश राउत सर्वोत्कृष्ट निर्देशक घोषित भए । त्यसैगरी उत्कृष्ट सहअभिनेता ‘ रेशम फिलिली ’बाट कामेश्वर चौरसिया र सहअभिनेत्री ‘अधकट्टी’बाट अशिष्मा नकर्मी’ घोषित भए । साथै नवअभिनेता ‘होस्टेल रिटन्र्स’बाट सुशील सिटौला तथा नवअभिनेत्री ड्रिम्सबाट साम्राज्ञी राज्यलक्ष्मी शाह उत्कृष्ट भए ।

वर्षको सर्वोत्कृष्ट व्यावसायिक चलचित्रको पुरस्कार भुवन केसीको ‘ड्रिम्स’ हुँदा त्यसैका नायक अनमोल केसी निर्णायकका तर्फबाट सर्वोत्कृष्ट अभिनेता छानिए । त्यस्तै सङ्गीतकार अर्जुन पोखरेल तथा पाश्र्व गायनमा अञ्जु पन्त सर्वोत्कृष्ट ठहरिए ।

विभिन्न २० विधामा पुरस्कार प्रदान गरिएको कार्यक्रममा डा प्रदीप भट्टराईलाई सर्वोत्कृष्ट चलचित्र पत्रकारको पुरस्कार प्रदान गरियो । हरेक विधामा मनोनयनमा परेका पाँच जनाबाट सर्वोत्कृष्ट एक जना छनोट गरिएको थियो । त्यस्तै पुरस्कारको हरेक विधाको नामाकरण सोही विधाका हस्तीका नामबाट गरिएको थियो ।

नेपाल चलचित्र विकास कम्पनी (लि)सँगको सहकार्यमा ‘गोपीकृष्ण इन्टरटेन्मेन्ट’को आयोजनामा विगत चार वर्षदेखि हुँदै आएको पुरस्कारका विजेतालाई चलचित्र विकास बोर्डका अध्यक्ष राजकुमार राईलगायतले ‘अवार्ड’ प्रदान गरे ।

श्रोत : रासस

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल—भारत सीमामा सुरक्षा जाँच कडा

नवलपरासी । पश्चिम नवलपरासीमा बढ्दै गएको अवैध तस्करी नियन्त्रण...

गोल

विश्वकप २०१८ :स्विडेनद्वारा दक्षिण कोरिया पराजित

विश्वकप फुटबल अन्तर्गत समूह ‘एफ’ को दोस्रो खेलमा स्विडेन...

डा. उपेन्द्र देवकोटाको निधन

वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको...

पदयात्री

पदयात्री

बागलुङको पर्यटकीय लेक घुम्टे चढ्ने क्रममा थकाई मार्दै पदयात्री...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK