आर्थिक सम्वृद्धिका लागि एनआरएनएको पूँजी परिचालन महत्वपूर्ण : पन्त

ENGLISH

NRN GLOBAL

आर्थिक सम्वृद्धिका लागि एनआरएनएको पूँजी परिचालन महत्वपूर्ण : पन्त

14 June, 2017 | Sandeep Bhattarai | 1015 Views | comments

कुमार पन्त

गैरआवासीय नेपाली संघका उपाध्यक्ष कुमार पन्तले नेपालको आर्थिक सम्वृद्धिमा गैरआवासीय नेपालीको पूँजी परिचालन महत्वपूर्ण हुने बताएका छन्।

रसियाको मस्कमो आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले विश्वभरि छरिएर रहेका नेपालीले आर्जन गरेको पूँजी (ज्ञान, सीप र धन) को परिचालनबाट नेपालले ठोस रुपमा आर्थिक फड्को मार्न सक्ने बताए।

‘आफ्नै भवन, शंखमुलको पार्क एवं भूकम्पको केन्द्र लाप्राकमा निर्माण भइरहेको एकीकृत बस्ती सबै तपाइँहरुजस्ता गैरआवासीय नेपालीको योगदानको परिणाम हो’, उनले भने।

श्वभरि छरिएर रहेका नेपालीलाई एउटै मालामा जोड्न गैरआवासीय नेपाली संघको महत्वपूर्ण भूमिका रहेको उनको भनाइ थियो। रुसका गैरआवासीय नेपालीले नेपालमा लगानी गरेको उदाहरण दिँदै उनले खाडी र मलेसियाजस्ता देशका गैरआवासीय नेपालीले सामुहिक फन्ड बनाएर नेपालमा लगानी गर्न सक्ने उल्लेख गरे।

नेपालमा थप लगानी आवश्यक रहेको औंल्याउँदै उनले विधागत रुपमा हाँसिल गरेको दक्षता पनि राष्ट्रको लागि ठूलो पूँजी भएको उल्लेख गरे।

वैदेशीक लगानीमा दक्ष जनशक्तिको खाँचो रहेको उल्लेख गर्दै उनले वैदेशिक रोजगारीमा जाने नेपालीहरुलाई दक्ष बनाउन छुट्टै नयाँ कार्यक्रम ल्याउनुपर्ने औंल्याए।

आगामी निर्वाचनका लागि अध्यक्ष प्रत्यासीको रुपमा हेरिएका उनले शंखमुलको बागमती किनारमा ३२ रोपनी जग्गामा दुई करोड रुपैयाँको लगातमा बगैँचा निर्माण, भूकम्पको केन्द्रविन्दू गोरखाको लाप्राकमा एक हजार घरसहितको नमुना बस्ती निर्माण तथा एनआरएनएको आफ्नै भवन निर्माण कार्य भइरहेको जानकारी दिए।

‘आफ्नै भवन, शंखमुलको पार्क एवं भूकम्पको केन्द्र लाप्राकमा निर्माण भइरहेको एकीकृत बस्ती सबै तपाइँहरुजस्ता गैरआवासीय नेपालीको योगदानको परिणाम हो’, उनले भने।

गैरआवासीय नेपाली संघ रुसका अध्यक्ष दीननाथ राजभण्डारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष पन्तलाई सम्मानित गरिएको थियो। कार्यक्रममा रुसका लागि नेपाली राजदूत ऋषिराम घिमिरे, गैरआवासीय नेपाली संघका महासचिव डा.बद्री केसी, महिला संयोजक सपिला राजभण्डारी, मणि पोखरेललगायतले मन्तव्य व्यक्त गरेका थिए।

गैरआवासीय नेपाली संघ रुसका महासचिव डा. मनमुर्ति भुर्तेलद्वारा सन्चालित कार्यक्रममा उपस्थितहरुले उपाध्यक्ष पन्तसँग गैरआवासीय नेपाली संघका गतिविधिबारे सवाल राखेका थिए।

नागरिकबाट

एनआरएनए उपाध्यक्ष कुमार पन्तद्वारा पानी अभियानलाई सहयोग

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK