आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूह गठन

ENGLISH

NRN GLOBAL

आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूह गठन

4 July, 2017 | Bipin Acharya | 550 Views | comments

आइरिस संसद तल्लो हाउस र माथिल्लो आइरिस संसद हाउसका सदस्यहरूले जुन २७, २०१७ मा आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूह गठन गरेका छन् ।

उक्त मैत्री समूहको उदघाटन समारोह आइरिस संसदका सभामुख सिन फेयरहेल टीडी अध्यक्षतामा आइरिस संसद भवनमा भएको हो । आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूहमा आइरिस सांसद मैरिन ओसुलीभन, माननीय सीनेटरसुश्री इभाना बसिक, माननीय सांसद शन बारेट, शन क्राउ र दर्रघओ ब्रिएन सदस्य छन् ।

त्यस अवसरमा बोल्दै सभामुख सिन फेयरहेलले स्थापना भएको मैत्री समूहले नेपाल र आयरल्याण्डको संसदिय व्यवस्थामा गहिरो सम्बन्ध स्थापना गर्न सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे । यो समूह नेपाल र आयरल्याण्डबीच मित्रता स्थापित गर्नमा महत्वपूर्ण भुमिका खेल्ने उनको भनाइ थियो । उनले एकपटक नेपाल घुम्ने इच्छा पनि व्यक्त गरे । दुई देशबीचको सम्बन्धमा घनिष्टता ल्याउन उनले जोड दिए ।

आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूहको भेलामा बोल्दै माननिय सुश्री मैरिनले आयरल्याण्ड र नेपाल बीचव्यापार सम्बन्ध बढाउन दुई देश बीच सहकार्यको क्षेत्रमा अन्वेषण, संसदीय सहयोग विस्तार र उच्चस्तरको भ्रमण गर्नुपर्ने विचार व्यक्त गरे ।

नेपाल दूतावासमा लण्डनका आयरल्याण्ड मिसन उपप्रमुख शरदराज आरणले नेपालको संविधान बहुदलिय लोकतन्त्र, बहुदलवाद, वालिग मताधिकारसहितको लोकतान्त्रिक मूल्यमान्यता सहितको संवैधानिक व्यवस्थाको ग्यारेन्टी गरेको उल्लेख गरे । उनले नेपालले आठ महिनाको अवधिभित्र, स्थानीय प्रान्तीय र संसदीय चुनाव सम्पन्न गरेर लोकतन्त्र संस्थागत गर्न प्रतिबद्ध रहेको बताए ।

मित्रता समूह स्थापनाको लागि समन्वय गरिरहेका नेपाल–आयरल्याण्ड समाजका अध्यक्ष दिपेश शाक्यले यो मैत्री समूहको गठनबाट आयरल्याण्डमा रहेको नेपाली समुदाय उत्साहित भएको बताए । ‘यो समूहको औपचारिक उद्घाटन नेपाल आयरल्याण्ड समाजको अथक प्रयास र नेपालप्रेमी आइरिसहरुको समर्थन र लण्डनको नेपाली दूतावासको सहयोगबाट सम्भव भएको हो,’ शाक्यले भने ‘यो प्रयासबाट नेपालमा लगानी र पर्यटन बढाउनको लागि सहयोग पुग्ने विश्वास छ ।’

आयरल्याण्ड–नेपाल संसदीय मैत्री समूहका उदघाटन कार्यक्रममा आइरिस सांसद ब्रेंडनस्मिथ (विदेशी समिति अध्यक्ष) र माननीय सांसद थोमस प्रिंगल सहभागी थिए । सीनेटर टेरी लेडेन (विदेशी र व्यापार विभाग एशिया प्रशान्त क्षेत्रका लागि क्षेत्रीय निर्देशक), मेभ कोलिन्स (एसियाका लागि क्षेत्रीय निर्देशक), प्रोफेसर जुलियट हुस्से लगायतका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा नेपाल आयरल्याण्ड समाजका उपाध्यक्षद्वय जेन फेन्लोन, जिवन तिमिल्सिना, समाजका महासचिब गंगाराम कँडेल लगायत कार्यकारी समिति सदस्यहरु, गैर–आवासिय नेपाली संघ आयरल्यान्डका अध्यक्ष राजन कार्की लगायत सदस्यहरुको उपस्थिति रहेको थियो ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रा डा केसीको माग सरकारले सम्बोधन गर्नुपर्छ : सिटौला

नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रा डा गोविन्द केसीले...

एनआरएनए युरोपीय क्षेत्रीय बैठक तथा क्षेत्रीय महिला बैठक जुलाई २९ र ३० मा

“युरोपीय एनआरएनको प्रतिबद्धता : नेपालमा पर्यटक, ज्ञानसिप र लगानी”...

गणेश पाण्डे

‘भाग्यले बाँचेकाहरु’का निर्देशक पाण्डेलाई अमेरिकामा सम्मान

विसं २०७२ वैशाख १२ को विनाशकारी भूकम्पले पुर्याएको क्षति...

भानु जयन्ती

कोलोराडोमा भानु जयन्तीसंगै कवी गोष्ठी सम्पन्न

नेपाली भाषिक एकताका नायक आदिकवी भानुभक्तको २०५ औं जन्म...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK