आमिरको छोरी बनिन दंगल अभिनेत्री

ENGLISH

ENTERTAINMENT

आमिरको छोरी बनिन दंगल अभिनेत्री

7 May, 2017 | Bhawana Pathak | 605 Views | comments

आमिर खानको आगामी सिनेमा ‘ठग्स अफ हिन्दुस्तान’का लागि अभिनेत्रीको खोजी लामै समय भयो । यस सिनेमाका लागि कहिले आलिया भट्टको नाम आयो त कहिले श्रद्धा कपूरको ।

अन्ततः दंगल अभिनेत्री फतिमा सना सेखले आमिरको यो सिनेमामा काम गर्ने मौका पाएकी छिन् । डेब्यु सिनेमा ‘दंगल’मै आमिरकी छोरीको भूमिका निभाउन पाएकी सनाले दोस्रो सिनेमामा पनि आमिरसँगै काम गर्ने भएकी छिन् । केही दिन अघि मात्रै फतिमाले यस सिनेमाका लागि लुक टेस्ट गरेकी थिईन् ।

सनाको कलाकारिता भने बाल्यकाल देखि नै सुरु भएको हो । उनले बाल कलाकारको रुपमा केही सिनेमाहरुमा काम गरेकी छिन् । विशेष गरी कमल हसनसँग ‘चाची ४२०’ मा काम गरेपछि बाल कलाकारको रुपमा उनले चर्चा पाएकी हुन् ।

‘ठग्स अफ हिन्दुस्तान’का निर्देशक सिनेमामा फतिमालाई लिन पाउँदा निकै खुशी भएका छन् । सिनेमाको चरित्रमा फतिमा परफेक्ट हुने भन्दै निर्देशकले खुशी समेत व्यक्त गरेका छन् ।

जुन महिना देखि छायांकन सुरु हुने यो सिनेमा दिवालीसम्म रिलिज हुने सम्भावना छ । यस सिनेमाको कथा हलिवुड सिनेमा ‘पाईरेट्स अफ द क्यारिबियन’मा आधारित छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK