आफ्नै श्रीमतीको प्रेमीबाट मारिए राजदूत

ENGLISH

WORLD

आफ्नै श्रीमतीको प्रेमीबाट मारिए राजदूत

1 January, 2017 | Bhawana Pathak | 740 Views | comments

ब्राजिलका लागि ग्रीसका राजदूतको हत्याका पछाडि राजदूतकै ब्राजिलियाली श्रीमतीको प्रहरी साथी (प्रेमी)को संलग्नता रहेको ब्राजिलियाली प्रहरी अधिकारीले बताएका छन् ।अभियुक्तले आफू राजदूतको हत्यामा संलग्न रहेको भनी अपराध स्वीकार गरेका छन् ।

rajdut-premi

अन्ठाउन्न वर्षीय ग्रीक राजदूत काइरियाकोस अमिरिदिसको सोमबार ब्राजिलियाली प्रहरी अधिकृत सर्जिओ गोमेज मोरेइराले हत्या गरेको अनुसन्धानपछि पुष्टि भएको रियोका प्रहरी प्रमुख इमारिस्टो पोन्टिसले प्रेस सम्मेलन गरी जानकारी गराउनुभयो ।

अमेरिदिसको मृत शरीर जलेको अवस्थामा बिहीबार उहाँकै भाडामा रहेको एक कारभित्र भेटिएको थियो । राजदूत अमिरिदिसकी पत्नी फ्राँस्वाँज डे सोउजा अलिभिएराले आफ्ना श्रीमान् बेपत्ता भएको खबर प्रहरीलाई उहाँ हराएको एक दिनपछि मात्र जानकारी गराउनुभएको थियो ।

४० वर्षीय राजदूत अमिरिदिसकी पत्नी अलिभिएरा र उनका २९ वर्षीय ब्राजिलियन प्रहरी साथी मोरेइरा दुवैजनाले आफूहरु प्रेम सम्बन्धमा रहेको कुरा स्वीकार गर्नुभएको छ ।

रियो प्रहरीका अनुसार अलिभिएराले आफू उक्त हत्याकाण्डमा सहभागी भने नभएको बयान दिनुभएको छ । यद्यपि अपराध भएकोबारे आफुले थाहा पाएकोे उहाँको भनाइ छ ।

यसै वर्ष ब्राजिलको राजदूतमा नियुक्त भएका अमिरिदिस आफ्नी पत्नीसहित पारिवारिक बिदामा उत्तरी रियो दि जेनेरियोमा गत डिसेम्बर २१ गतेदेखि जानुभएको र जनवरी ७ मा हवाई मार्ग हुँदै ब्राजिलको राजधानी ब्राजिलिया फर्किने कार्यक्रम रहेको थियो ।

राजदूतकी पत्नी अलिभिएराका अनुसार आफ्ना श्रीमान्ले रियोस्थित उनीहरु बसिरहेको कोठाबाट एउटा भाडाको कार लिएर बाहिर निस्केको तर पछि नफर्केपछि आफूले राजदूत हराएको सम्बन्धमा ब्राजिलियाली अधिकारीलाई जानकारी गराउनुभएको थियो ।

यद्यपि अलिभियराको भनाइमा शङ्का गर्दै प्रहरीले उहाँलाई नियन्त्रणमा लिएको छ ।यसैबीच ग्रीसले घटनाबारे अनुसन्धान अघि बढाउन ग्रीक प्रहरीसहितको एक अनुसन्धान टोली ब्राजिलतर्फ पठाएको छ ।

राजदूत अमिरिदिस यसअघि सन् २००१ देखि सन् २००४ सम्म महावाणिज्य दूत भएर जेनेरियो गएका बेला अलिभिएरासँग भेट भएको र पछि बिहे भएको थियो ।राजदूत दम्पतीका १० वर्षीय एउटी छोरी हुनुहुन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बनफुल

“बनको फूल” नामक नयाँ आधुनिक गीतको भिडियो सार्वजनिक(भिडियो सहित)

रचनाकार रमेश बिजीको शब्द र सुरेश अधिकारीको संगीत रहेको...

एनआरएनएको विज्ञ भेला सम्पन्न

एनआरएनएको विज्ञ भेला सम्पन्न : ज्ञान,सीप, र प्रविधि हस्तान्तरणमा केन्द्रित

नेपालको समृद्धि र विकासका लागि नेपाली डायोस्पोराको भूमिकालाई अझ...

हामी नेपाली जहां बसेपनि नेपाली नै हौं, भूतपूर्व वा वर्तमान भन्ने हुँदैन : मन्त्री अधिकारी

पर्यटन मन्त्री रविन्द्र अधिकारीले अमेरिकामा नेपाली समुदायलाई सम्वोधन गर्दै...

फिल्म वीराङ्गना

फिल्म वीराङ्गनाको ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

एक्शनमा प्रतिक्षित भनिएको फिल्म वीराङ्गनाको ट्रेलर आइतबार सार्वजनिक गरिएको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK