आफूले खिचेका फोटोको जानकारीदिने गुगुलको-गुगल गगल्स एप

ENGLISH

TECH

आफूले खिचेका फोटोको जानकारीदिने गुगुलको-गुगल गगल्स एप

एन्ड्रोइड आईओएस र अपरेटिङ सिस्टममा उपलब्ध

15 July, 2016 | arjun baral | 2520 Views | comments

google_goggles
गुगलले विकास गरेको गुगल गगल्स एप ‘इमेज रिकोग्निसन सफ्टवेयरु हो । एन्ड्रोइड र आईओएस दुवै मोबाइल अपरेटिङ सिस्टममा उपलब्ध यो एपमा आफूले खिचेका फोटोलाई गुगलले आफ्नो सर्भरमा प्रोसेसिङ गरेर त्यस तस्बिरबाट निकाल्न सकिने सबै जानकारी प्रस्तुत गरिदिन्छ ।

कतै घुम्न जाँदा वा कसैको घरमा कुनै प्रसिद्ध ठाउँको तस्बिर देखियो । तर त्यस ठाउँको नाम र अन्य जानकारी थाहा भएन । नाम त अरू साथीभाइलाई सोध्न सकिन्छ तर त्यो ठाउँका बारेमा जानकारी नहुन सक्छ । यस्तो अवस्थामा ‘गुगल गगल्स एप काम लाग्छ ।
आफ्नो मोबाइलमा यो एप खोलेर सो तस्बिरको फोटो खिचेर, त्यस ठाउँको सम्पूर्ण जानकारी लिन सकिन्छ । गुगलले आफ्नो सर्भरको डेटा बेसमा त्यस ठाउँको बारेमा भएका जानकारी ‘गुगल सर्चु प्रस्तुत गर्छ ।

ठाउँको प्रयोजनमा मात्रै यो एप सीमित छैन, कुनै पनि प्रसिद्ध व्यक्तिको तस्बिर खिचेर ती व्यक्ति को हुन्, के हुन् भन्ने पनि थाहा पाउन सकिन्छ । यो एपले अप्टिकल क्यारेक्टर रिकोग्निसन् (ओसीआर) प्रविधि प्रयोग गर्छ ।

छापिइसकेका लेखहरू यदि कम्प्युटरमा टाइप गर्नुपर्नेछ भने यो एप एकदमै काम लाग्नसक्छ । कुनै किताब, पत्रिकाबाट केही वाक्य, अनुच्छेद वा कुनै प्रकारको सूची कम्प्युटरमा टाइप गर्नुपर्नेछ भने यो एपले फोटो खिचेर ‘टेक्स्टु निकाल्न मिल्छ । यो फिचर समय बचतका लागि उपयोगी छ ।

गुगल गगल्स प्रयोग गरेर अंग्रेजी, फ्रान्सेली, इटालियन, जर्मन, स्पेनिस, रुसी, टर्की र अन्य भाषामा भएका शब्दलाई अन्य भाषामा सजिलै अनुवाद गर्न सकिन्छ । कुनै चाइनिज होटल, रेस्टुरेन्टमा जाँदा चाइनिज भाषामा लेखिएको छ र आफूलाई थाहा भएन भने गुगल गगल्स प्रयोग प्रयोग गरेर जानकारी लिन सकिन्छ । शब्दहरूको फोटो प्रोसेस गर्दा यो एपले आफैं अनुवाद गर्ने अप्सन दिन्छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK