आफु पढेको स्कुललाई गरिमा पन्तले गरिन ७ लाख सहयोग

ENGLISH

ENTERTAINMENT

आफु पढेको स्कुललाई गरिमा पन्तले गरिन ७ लाख सहयोग

2 May, 2017 | Bhawana Pathak | 685 Views | comments

नेपाली फिल्मकी भलादमी र सुन्दर नायिकाको रुपमा चिनिने गरिमा पन्त अहिले नेपालमा छिन् । झण्डै डेढ बर्षपछि उनी बेल्जियमबाट नेपाल आएकी हुन् । बेल्जियमका धनाड्य नेपाली यूवक हरि शर्मासँग विवाह गरेपछि उनी नेपाल फर्किएकी थिइनन् । बेल्जियममै ‘गरी सुमी’ नामको एक रेस्टुराँ समेत खोलेकी गरिमाले बैबाहिक जीवनमा बाँधिएको जानकारी दिँदै एक उद्घोष पनि गरेकी थिइन् कि उनले आफू अध्ययन गरेको विद्यालयका लागि आर्थिक सहयोग गर्नेछिन् ।

बेल्जियमबाट नेपाल फर्किए लगत्तै उनले एक बर्ष अगाडि गरेको आफ्नो वचन पूरा गरेकी छन् । गरिमाले आइतवार आफुले प्राथमिक शिक्षा आर्जन गरेको श्री मित्रता उच्च मा.बि र आफु जन्मिएको गा.बि.स. स्थित श्री मर्रस्यङदी सामुदायिक विद्यालय मन्दिर नि.मा.बि. मा स्व. पिता इन्द्रबहादुर पन्त र आमा माया पन्तको संयुक्त नाममा साढे ३/३ लाख गरिब तथा जेहेन्दार विद्यार्थीको अक्षयकोष स्थापनाका लागि हस्तान्तरण गरिन् ।

आर्थिक सहयोग हस्तान्तरणपछि आफ्नो विचार राख्ने क्रममा गरिमाले भनिन्, ‘मलाई पूर्ण आश छ, यो सानो सहयोगले शिक्षा आर्जन गर्दै आफ्नो उज्ज्वल भविष्य कोर्न लम्कदै गरेका गरिब तथा जेहेन्दार विद्यार्थीहरुलाई सानो टेवा पक्कै मिल्नेछ।’ उनले आफु अध्ययन गरेको विद्यालयमा सहयोग गर्न पाउँदा निकै खुसी महशुस गरेको पनि बताइन् । सहयोग हस्तान्तरण कार्यक्रममा गरिमाको साथमा पति हरि शर्मा पनि उपस्थित थिए ।

कृष्ण धारावासीको चर्चित पुस्तक ‘झोला’ माथी आधारित भएर निर्माण भएको फिल्म ‘झोला’ बाट राष्ट्रिय अवार्डसहित सार्क फिल्म फेस्टिभलमा उत्कृष्ट अभिनेत्रीको अवार्ड समेत जितेकी गरिमाले ‘सुन्दर मेरो नाम’, ‘पराई’, ‘सासु नन्द भाउजु’, ‘मनले मनलाई छुन्छ’, ‘ठूली’, ‘सासु ससुरा’, ‘फूल’, ‘प्रितिको फूल’, ‘भैहाल्छ नी’, ‘जीवन मृत्यु’ लगायतका फिल्महरुमा काम गरिसकेकी छिन् । गएको बर्ष उनी अभिनित फिल्म ‘तीन घुम्ती’ हलमा लागेको थियो । अहिले दर्शकहरु गरिमालाई फिल्ममा पुनः कमब्याक भएको हेर्न चाहन्छन् तर स्रोतका अनुसार अब उनी फिल्ममा फर्किने संभावना निकै न्यून छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

कोरियामा तमु ल्होछार मनाउन तयारी तीव्र

बोम्जन गुरुङ, दक्षिण कोरिया । प्रवासी भूमि दक्षिण कोरियामा छरिएर...

नेपाल

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट :ब्याटिङमा चम्केको नेपालको बलिङमा पनि उत्कृष्ट प्रदर्शन

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगिता अन्तर्गत म्यानमार विरुद्धको...

ओम विक्रम विष्ट

पप सम्राट ओम विक्रम विष्टको सहयोगार्थ डिसीमा सांस्कृतिक कार्यक्रम हुने

पप सम्राट ओम विक्रम विष्टको दुबै मृगौला खराव भएको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK