आफुलाई मुसहरकै थरबाट बोलाउन धुर्मुश सुन्तलीको आग्रह

ENGLISH

ENTERTAINMENT

आफुलाई मुसहरकै थरबाट बोलाउन धुर्मुश सुन्तलीको आग्रह

9 January, 2017 | Bhawana Pathak | 685 Views | comments

महोत्तरी जिल्लाको बर्दिवास–२ मा एकीकृत नमुना मुसहर बस्ती निर्माणमा जुटेका हास्यकलाकारद्वय धुर्मुस र सुन्तलीले आफुहरुको थर ‘सदा’ भन्न आग्रह गरेका छन् ।

musahar

तराईको पिछडिएको मुसहर जातिको बस्तीमा नमुना काम गर्न बर्दिवास आएको यो जोडिले आइतबार बर्दिवास नगरपालिकाले आयोजन गरेको कार्यक्रममा हास्य प्रस्तुति गर्दै आफूहरुलाई मुसहरको थर ‘सदा’ बाटै सम्बोधन गरिदिन आग्रह गरेका हुन् ।

हिमाल, पहाड र तराईबीचको सद्भाव बढाउन प्रेम र समर्पणको बाटो अवलम्वन गरिन पर्ने धुर्मुस–सुन्तली जोडिको भनाइ छ । आपूmहरु निकै ठूलो परोपकारी काम गर्न नभई मधेसका मुसहरसँग खेल्न, रमाउन र उनीहरुका दुःखमा सँगसाथ उभिन बर्दिवास आएको कार्यक्रममा धुर्मुसले बताएका थिए ।

‘मुसहरसँग काम गर्न मुसहरजस्तै बने सजिलो होला’ धुर्मुसले भने–, ‘त्यसैले थर नै उनीहरुसँग मिल्दो बनाउन आफुहरुलाई सदा भन्न आग्रह गरेका हौं ।’सो अवसरमा सुन्तलीले त ‘सदा’ भन्नभन्दा सबैले सजिलै बुझ्न सक्नेगरि आपूmलाई ‘मुसहरर्नी’नै भन्न आग्रह गरेकी थिइन् ।

हास्यकलाकारद्वय धुर्मुस (सीताराम कट्टेल) र सुन्तली (कुञ्जना घिमिरे) ले आफुहरु आबद्ध धुर्मुस–सुन्तली फाउण्डेशनका तर्फबाट बर्दिवासको मुसहर बस्तीलाई नमुना बस्ती निर्माण गर्ने घोषणा यसअघि नै गरि सकेका छन् ।

बर्दिवास–२ का ५० घरपरिवार मुसहरका लागि सडक, बिजुली र खानेपानी सुविधासहितको नमुना बस्ती बनाउन चारकरोड ७८ लाख खर्च गरिने फाउण्डेशनले यसअघि नै घोषणा गरिसकेको छ |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

ढुङ्गा र काठको प्रयोगबाट बनाइएको घर

बागलुङको ताराखोला गाउँपालिका–५ करिमेलामा ढुङ्गा र काठको प्रयोगबाट बनाइएको...

अमिताभ

सोनी टिभीको चर्चित कार्यक्रम ‘कौन बनेगा करोडपति’ बन्दै हुँदै ‘

बलिउडका महानायक अमिताभ बच्चनले सञ्चालन गर्दै आएको सोनी टिभीको...

सीक्रेट सुपरस्टार

‘सीक्रेट सुपरस्टार’ ले ब्यापार बढाउँदै

तिहारको छेक पारेर रिलिज भएको आमिर खान र जायरा...

यम बराल

“म संगीतबाट टाढिएको छैन” : यम बराल (भिडियो)

नेपाली सुगम संगीतका लोकप्रिय साधक गायक यम बराल लामो...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK