आप्रवासी फुटबलमा नेपालको बिजयी सुरुवात,जापान १०-० ले पराजित

ENGLISH

SPORTS

आप्रवासी फुटबलमा नेपालको बिजयी सुरुवात,जापान १०-० ले पराजित

25 February, 2017 | Sandeep Bhattarai | 1140 Views | comments

खेल

फेब्रुअरी २३ देखि कतारमा सुरु भएको पाचौं एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपालले बिजयी सुरुवात गरेको छ । उक्त प्रतियोगिताको पहिलो खेलमा नेपालले जापानलाई १०-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

पूर्व राष्ट्रिय एवंम् लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदीका खेलाडी शिव श्रेष्ठ र एपिएफका पूर्व खेलाडी अर्जुन सुब्बाले ह्याट्रिक गरेको खेलमा मनाङका पूर्व खेलाडी अमिर श्रेष्ठ र गणेश खड्काले पनि गोल गरे । कतारमा बस्दै आएका नेपालीहरुलाई समेटेर एक टिम बनाएर अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएका हुन् ।

चौथो मिनेटमा अमिरको पासमा अर्जुनले गोल गर्दै अग्रता दिलाएका खेलको पाचौं मिनेटमा शिवले सुदेश श्रेष्ठको पासमा गोल गर्दै खेलमा २-० को अग्रता दिलाए । त्यस्तै सातौं मिनेटमा अर्जुनले अर्को गोल गर्दै खेल ३-० मा ल्याए ।

एकतर्फी खेलमा खेलको नवौं मिनेटमा अनिलले गोल गर्दै नेपाललाई ४-० अग्रता दिलाएका थिए । त्यस्तै १६ औं मिनेटमा शिवले अर्को गोल थपे भने गणेशले २५ औं मिनेटमा गोल गर्दा नेपाली टोली पहिलो हाफमा ६–० ले अगाडी रह्यो । ६० मिनेटको खेलको दोस्रो हाफको ३३ औं मिनेटमा अनिलले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । त्यसको एक मिनेट पछिनै शिवले गोल गर्दै आफ्नो ह्याट्रिक पूरा गरे । यस्तै खेलको ३९ औं मिनेटमा कप्तान समेत रहेका अमिरले गोल गरे भने खेल सकिन दुई मिनेट बाँकी रहँदा गणेशले अर्को गोल गरे ।

समूह बी मा रहेको नेपालको टोलीमा जापान् , फिलिपिन्स ,सिंगापुर् , मलेसिया तथा श्रीलंका रहेका छन् । नेपालको टोलीमा यसघि लिग खेल खेलिसकेका आमिर श्रेष्ठ , शिव श्रेष्ठ, गणेश खड्का तथा अन्य खेलाडीहरुको उपस्थिति रहने छ।

दोहामा सञ्चालित आप्रवासी खेलमा वैदेशिक रोजगारीमा आएका १२ देश खेलाडी सम्मिलित टोलीको सहभागिता छ । अब नेपाली टोलीले मार्च आठमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ ।

एसियन आप्रवासी फुटबल प्रतियोगितामा नेपालले पनि भाग लिने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

साउदीका महिलाले सवारी चलाउन पाउने

साउदीका महिलाले आफै सवारी साधन हाँक्न पाउने भएका छन्...

‘रेलमार्ग सम्झौता दुई देशको सहकार्यको इतिहासमा ज्यादै अर्थपूर्ण’

हरि लामिछाने -नेपाल र चीनले केरुङ–काठमाडौँ रेलमार्ग निर्माणलगायत महत्वपूर्ण...

मिस नेपाल यूएसका लागि आधिकारिक फोटोग्राफरमा श्रेष्ठ नियुक्त

चर्चित फोटोग्राफर (छायाँ चित्रकार) राजिव श्रेष्ठ मिस नेपाल यूएस...

विश्वकप

विश्वकपमा आज हुने खेल (नेपाली समयअनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK