आप्रबासीलाई विमानस्थलमै रोक, न्यूयोर्कमा विरोध प्रर्दशन

ENGLISH

WORLD

आप्रबासीलाई विमानस्थलमै रोक, न्यूयोर्कमा विरोध प्रर्दशन

29 January, 2017 | arjun baral | 710 Views | comments

newyourkविभिन्न देशबाट आएका आप्रबासीलाई अमेरिकाको विमानस्थालमा रोकिएको छ ।  राष्ट्रपति डोनाल्ड ट्रम्पले कट्टरपन्थी इस्लामिक विद्रोहीलाई अमेरिका बाहिर गराउने भन्दै जारी गरेको कार्यकारी आदेशपछि विभिन्न देशबाट आएका नागरिकलाई प्रभावित विमानस्थलमा नै रोकिएको हो ।

न्युयोर्कको जोन एफ केनेडी विमानस्थलमा ११ जना सिरियाली नागरिकलाई प्रहरीले रोकेका छन् । त्यसको विरोधमा अधिकारकर्मीले विरोध प्रदर्शन गरेका छन् ।

विभिन्न अधिकारकर्मी समूहले राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेश मानवीयताको मूल्यमान्यता विपरित रहेको भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । ट्रम्पले सिरियासहित सात इस्लामिक देशका नागरिकको अमेरिका आगमनमा कडाइ गर्न आदेश दिनुभएको हो ।

यसमा इरान, इराक, लिबिया, सोमालिया, सुडान र यमन छन् । जोन एफ केनेडी विमानस्थलमा रोकिएकाहरु ट्रम्पको कार्यकारी आदेश जारी हुन पूर्व नै बोर्डिङ पास लिएका व्यक्ति हुन् । यस्तै दुई जना इराकी शरणर्थीलाई पनि रोकिएको थियो । त्यसमध्ये एक जनालाई रिहा गरिएको छ भने अर्का एक जनालाई अझै छोडिएको छैन ।

विभिन्न अधिकारवादी संस्थाले आधारभुत मानवीय मूल्यमान्यतालाई कुल्चिन नमिल्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरुले शरणार्थीलाई रोकिएको विरोधमा अदालतमा मुद्दा पनि दर्ता गरेका छन् । तर अहिलेसम्म यो स्पष्ट भएको छैन कि राष्ट्रपति ट्रम्पको आदेशको असर अमेरिकालाई के पर्ने छ ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK