आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै ह्यातुङ झरना

ENGLISH

TRAVEL

आन्तरिक पर्यटकको गन्तव्यस्थल बन्दै ह्यातुङ झरना

4 September, 2017 | Sandeep Bhattarai | 1970 Views | comments

ह्यातुङ झरना

तेह्रथुममा रहेको दक्षिण एसियाकै अग्लो ह्यातुङ झरना अहिले आन्तरिक पर्यटकको गन्तव्यस्थल बनेको छ ।

वर्षात्को समयमा झरनामा पानीको मात्रा बढेपछि स्थानीय पर्यटकलाई यसले थप आकर्षण गरेको हो । जिल्लाको फेदाप गाउँपालिकामा रहेको झरनाको प्राकृतिक वातावरणमा रमाउनेको भीड बढ्न थालेको छ । झरनाबाट झरेको पानीको छाँगामा रुज्न, खेल्न र हेर्न विभिन्न जिल्लाबाट दैनिक २०० बढी आन्तरिक पर्यटक आउने गरेको ह्यातुङ झरना एकता समाजका अध्यक्ष राम तिम्सिनाले बताउनुभयो ।

प्राकृतिक झरनाले पर्यटकलाई आकर्षण गरे पनि झरना वरिपरि पर्यटकीय पूर्वाधार र संरचना निर्माण तथा पर्याप्त प्रवद्र्धनमा सम्बन्धित निकायले चासो दिएको छैन । ग्रामीण सडकको स्तरोन्नति नहुँदा झरनासम्म पुग्न आठराई र फेदाप गाउँपालिकाबाट पदैल यात्रा गर्नुपर्छ ।

छोटो समयमा तेह्रथुमका पर्यटकीय गन्तव्य पुग्न नसक्ने भएपनि झरनामा पुगेर पर्यटक आनन्द लिने गर्दछन् । उक्त झरनाको पूर्वाधार विकास, प्रचार र प्रवद्र्धन गर्नसके थप पर्यटक भित्र्याउन सकिने स्थानीय बताउँछन् ।

तेह्रथुम सदरमुकाम म्याङ्लुङ र आठराई संक्रान्ती बजार प्रवेश गर्ने जो कोहीलाई पनि यो झरनाले आकर्षित गरेको छ । झरनामा तेह्रथुम, पाँचथर, ताप्लेजुङ, धनकुटा, झापालगायत ठाउँबाट मनोरञ्जनका लागि आन्तरिक पर्यटक आउने गर्दछन् ।

२०१७ मा घुम्न छुटाउन नहुने नेपालका १० गन्तव्य

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

जयराम पुल सञ्चालन

जयराम पुल सञ्चालन

दूधकासीस्थित जयरामघाटमा निर्माण गरिएको पक्की पुल परीक्षणका लागि बिहीबार...

रविन्द्र अधिकारीले

बाम गठबन्धन बाहेक अर्को कुनै गठबन्धन लोकतान्त्रिक छैन – रविन्द्र अधिकारी

कास्की क्षेत्र न २ बाट प्रतिनिधि सभाका वाम गठबन्धन...

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो...

एनआरएनए प्रतिनिधिद्वारा शंखमुल पार्कको अवलोकन

गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टको नेतृत्वको एक प्रतिनिधि...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK