आनी छोइङ को “एकता र आशा युएस यात्रा -२०१७ ” कार्यक्रम डिसीमा जुन २४ मा हुने

ENGLISH

NRN GLOBAL

आनी छोइङ को “एकता र आशा युएस यात्रा -२०१७ ” कार्यक्रम डिसीमा जुन २४ मा हुने

विजय थापा,वाशिंगटन डिसी

3 May, 2017 | Bipin Acharya | 575 Views | comments

युनिटी एण्ड होप युएस टुर -२०१७ (“एकता र आशा युएस यात्रा -२०१७ ) नामक सांगीतिक कार्यक्रमको लागि चर्चित गायिका आनी छोइङ अमेरिका आउने भएकी छिन् । डीसीमा जुन २४ तारिखका दिन साँझ ७ बजे कार्यक्रम हुने भएको छ ।

वाशिंगटन डिसी क्षेत्रमा स्थापित 3ई इन्टरटेनमेन्ट को आयोजना तथा तामांग सोसाइटी अफ ग्रेटर वाशिंगटन डिसी तथा गैर मुनाफा संस्था म्यासिकको सहकार्यमा आनी छोइङको कार्यक्रम हुने भएको छ । आनीको एकल प्रस्तुति वाशिंगटन डिसी स्थित लिस्नर अडिटोरियममा हुने भएको छ भने त्यहि स्थानमा सन् २०१६ मा पनि कार्यक्रम भएको थियो ।आनीको अमेरिकाको भ्रमण कार्यक्रम जुन ३ देखि जुन २५ सम्म अमेरिकाको विभिन्न राज्यहरुमा एकल गायन तथा प्रस्तुति हुने भएको छ । आनीले लस एन्जेलस ,सन फ्रान्सिस्को ,सियाटल ,ओरेगन ,बोस्टन तथा वाशिंगटन डिसीमा गर्ने भएकी छिन् ।

मूलत आनीको कार्यकम बिदेशी तथा नेपाली दुवै समुदायलाई लक्ष्य गर्ने उदेस्य राखिएको छ । नेपालमा संचालनमा रहेका आनीका परियोजनाहरु आरोग्य फाउन डेसन ,आर्य तारा पाठशाला लगायत अन्यलाई समेत सहयोग मिल्न सकोस भन्ने हेतुले युनिटी एण्ड होप युएस टुर -२०१७ को आयोजना गरिएको आयोजकले बताएका छन् ।

आनीका लोकप्रिय गितहरु फुलको आँखामा फुलै संसार ,बटुवा हो बटुवा ,जय होस् तिम्रो मंगल होस् , ओम माने पेमे ,ओम तारे ,हुन्छ मलाई बिहान त्यो क्षण ,ईक्षा मेरो ,हे भगवान जस्ता रहेका छन् ।

कार्यक्रममा गीतारमा न्हू बज्राचार्य ,बासुरीमा रमण महर्जन तथा गितारमा गोपाल रसाईली हुने छन् ।

आनी छोइङ्गले गत बर्ष २०१६ मार्च २० तारिख मा राष्ट्रसंघ न्युयोर्कमा आध्यात्मिक गीत सुनाएकी थिइन ।उनलाई संयुक्त राष्ट्रसंघको महासभामा ‘गेष्ट अफ अनर पर्फमर’ का रुपमा निम्त्याइएको थियो । संयुक्त राष्ट्रसंघको महासभाको ईतिहासमा मै प्रथम पटक नेपाली गायिकाको आनीले गाएकी थिइन् ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नायक दिक्पाल कार्की ‘मिष्टर ग्राण्ड’का लागि फिलिपिन्स प्रस्थान

नायक दीक्पाल कार्की ‘मिष्टर ग्राण्ड इन्टरनेशनल’का लागि फिलिपिन्स प्रस्थान...

शेष घले

भिजन ट्वान्टी ट्वान्टी सामाजिक संस्था कि कर्पोरेट हाउस

अमेरिकास्थित होटल हिल्टन डबल ट्रीमा गैरआवासीय नेपाली संघको क्षेत्रीय...

एनआरएनए युरोप क्षेत्रीय संयोजकमा बेल्जियमका पर्यटन दुत बरुवालको उमेदवारी

नेपाल सरकारका बेल्जियम स्थित पर्यटन दुत शिव कुमार बरुवालले...

टि बी

एनआरएनए अध्यक्ष पदमा कार्कीको उम्मेदवारी

दोहा–गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको अगामी कार्यकाल २०१७-१९...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK