आधा लाखले हेरे मेलबर्नको नेपाल महोत्सव

ENGLISH

आधा लाखले हेरे मेलबर्नको नेपाल महोत्सव

17 December, 2018 | adarsh | 1715 Views | comments

शनिबार मेलबर्नमा भएको नेपाल महोत्सवमा झन्डै ५० हजार जना सहभागी भएको अनुमान गरिएको छ । आयोजकहरुले सार्बजनिक गरेको एक तथ्यांक अनुसार सबैभन्दा बढी सहभागी भएको ‘पिक आवर’मा झन्डै नौ हजार र दिनभरि गरेर पैचालिस हजारले मेलबर्न महोत्सव हेरेको जनाइएको छ ।

नेपाली दूतावास अस्ट्रेलिया, नेपाली महाबाणिज्य दूतावास भिक्टोरिया र भिक्टोरिया स्थित सबै नेपाली सामाजिक संस्थाहरु मिलेर आयोजना गरिएको यो महोत्सव निकै भब्य भएको सहभागीहरुले बताएका छन् ।

मेलबर्न महोत्सवमा भाग लिन नेपाली दूतावासको प्रतिनिधित्व गरेकी कार्यबहाक राजदूत द्रूपदा सापकोटाले भनिन-भिक्टोरियाको नेपाली समुदायले यो महोत्सवका लागि निकै मेहनत गरेको थियो ।

नेपाली मात्रै होइन दक्षिण एसियाली बहुसांस्कृतिक समुदायको उपस्थिति अर्को राम्रो पक्ष थियो । उनका अनुसार मेल्बर्नमै क्रियाशील कलाकारहरुको मेहनत र प्रस्तुति निकै राम्रो थियो र आयोजक टिम पनि निकै श्रीजनशील ।

उनले मेलबर्न महोत्सव हेरेपछि आफूलाई लागेको कुरा भनिन – अझै राम्रो गर्ने ठाउँ थियो भन्नु पर्ने भएन । सम्पूर्ण ब्यबस्थापन राम्रो थियो । भिक्टोरियामा गैरआवासीय नेपाली संघ भिक्टोरिया, नेपलिज असोसियसन अफ भिक्टोरिया लगायतका दुई प्रमुख संस्था र ती संस्थाका नेतृत्व ब्यबस्थापनमा खटेका थिए ।

सिटी अफ मेलबर्नदेखि मेलबर्नमा उच्च शिक्षा अध्यापन गराउने मेलबर्न इन्स्टिच्युट अफ टेक्नोलोजी (एम.आइ.टी)सम्म प्रायोजनमा जुटेका थिए ।

मेलबर्न महोत्सव अघि दुई नारा निकै चर्चित थिए – स्वोर्ग मिथ्या हो नेपाल सत्य’ र ‘एउटा देश धेरै कथाहरु’ यी दुई नारा यो महोत्सवले साबित गरेको छ ।

मेलबर्न महोत्सवमा सहभागी हुने गैरनेपालीलाई नेपाल यात्रा गर्ने उत्प्रेरणा मात्रै मिलेन ससानो नेपालसंग साक्षात्कार गर्ने अवसर पनि बन्यो नेपाल महोत्सव । यहाँ निर्माण गरिएको धरहराले धेरैलाइ भाबुक बनायो . स्वोयम्भु लगाएत नेपाली आस्थाका मुर्ति हरु महोत्सव स्थलमा राखिएका थिए ।

नेपाली भोजनका परिकार अर्को आकर्षण थियो । नेपालका विभिन्न जातिहरुका भेषभुषाको आकर्षणले नजिकै ठडिएको युरेका टावोरलाई चुनौती दिइरहेका थिए ।

महोत्सवस्थल फेडेरेसन स्क्वायरनजिकै बग्ने यारा नदी दिनभर र रातसम्म गुन्जेको नेपाली गीत संगीतसंग आफ्नो शान्त सुसाइ मिसाउँदै थियो ।

सिंगो मेलबर्नले मनाएको नेपाल महोत्सवको प्रचारप्रसार पनि कैयाैं हप्ता अघिदेखि सुरु भएको थियो । नेपालको रास्ट्रिय पुष्प लालिगुराँसको रातो थुंगामुनि बहुरंगी पत्रदल अंकित महोत्सबको मुख्य स्मृति चिन्ह निकै आकर्षक थियो ।

हजारौले आफ्नो सामाजिक संजालको प्रोफाइल तस्वीर बनाएको उक्त चिन्ह महोत्सव सकिएपछि पनि फेर्न अफ्ठेरो मानिरहेका छन् । मेलबर्न महोत्सवमा त्यहाँ स्थित भिक्टोरिया सरकारका प्रतिनिधि मात्रै होइन सिड्नी , ब्रिसबेनलगायतका शहरबाट पनि नेपालीहरुहरु पुगेका थिए ।

बिहानको नेपाल परेडमा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेदेखि नेपालका चर्चित क्रिकेट खेलाडी सन्दीप लामिछानेसम्म सहभागी भएका थिए ।

औपचारिक समारोहमा भिक्टोरियाका संघीय जनसंख्यामन्त्री अलान तुजले भने गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष शेष घलेले औपचारिक समारोहमा भने – सुन्दर रुपमा ब्यबस्थित बहुसास्क्रित जनसंख्या अस्ट्रेलियाको भबिष्य हो । हामी नेपालमा हुँदा अस्ट्रेलियाको र अस्ट्रेलिया हुँदा नेपालका राजदूत हौ । यो सबै राजदूतहरुको जमघटलाइ शुभकामना छ ।

भिक्टोरियाका लागि नेपालका महाबाणिज्यदूत चन्द्र योंजनले यो महोत्सव आयोजना गर्न खट्ने सबैलाई हृदयदेखि नै धन्यबाद दिए । गैरआवासीय नेपाली संघको ओसियाना क्षेत्रका संयोजक धर्मराज अधिकारीले अस्ट्रेलियामा भएर मातृभुमिको सम्झना गरिरहेकोमा धन्यबाद ब्यक्त गरे ।

कार्यक्रममा एनआरएन अस्ट्रेलियाका अध्यक्ष तोनु घोताने र नेपलिज एशोसिएसन अफ भिक्टोरियाका अध्यक्ष तारा गैरेलगायतले मन्तब्य दिएका थिए ।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK