आदिवासी चलचित्र युम्पो देउराली कतारमा प्रदर्शन

ENGLISH

NRN GLOBAL

आदिवासी चलचित्र युम्पो देउराली कतारमा प्रदर्शन

30 September, 2015 | Bipin Acharya | 880 Views | comments

umpuदोहा, कतार । यस वर्षको उत्कृष्ट आदिवासी चलचित्र युम्पो देउराली कतारमा प्रदर्शन भएको छ । तमू (गुरुङ) समाज कतारको आयोजनामा गत सेप्टेम्बर २६ तारिख शनिवारका दिन उक्त चलचित्र प्रदर्शन गरिएको थियो ।

चलचित्रका लेखक निर्देशक बेदबहादुर गुरुङ (श्याम) को समुपस्थितिमा दर्शकहरुको बाक्लो उपस्थितिका साथ उक्त चलचित्र प्रदर्शन गरिएको थियो । तमू (गुरुङ) समाज कतारका संरक्षक बिलबहादुर गुरुङ, अध्यक्ष कृष्ण गुरुङ, सल्लाहकार बुधबल गुरुङ लगायत तमू प्ये ल्हु संघ कतारका अध्यक्ष युद्धजङग (दुर्गा) गुरुङ र कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष आशबहादुर गुरुङ आदि ब्यक्तित्वहरु पनि चलचित्र प्रदर्शनमा उपस्थित थिए ।

यस वर्षको नेफटा फिल्म अवार्डको आठौं संस्करणमा तमू भाषाको चलचित्र युम्पो देउरालीले उत्कृष्ट आदिवासी चलचित्र पुरस्कार पाउन सफल भएको छ । गत २४ तारिख बिहिवारका दिन कतारमा लगभग १० हजार दर्शक माझ यस वर्षको नेफटा अवार्ड बितरण गरिएको थियो । कतारमा सम्पन्न नेफटा फिल्म अवार्ड कार्यक्रममा भाग लिन चलचित्रका लेखक निर्देशक बेदबहादुर गुरुङ (श्याम) गत २२ सेप्टेम्बर मंगलबार कतार आएका थिए ।

स्व.लोकबहादुर गुरुङको कथा, बेदबहादुर गुरुङ (श्याम) को लेखन तथा निर्देशन रहेको युम्पो देउराली चलचित्रका निर्माताहरुमा एकेन्द्र गुरुङ (यूके), सिता गुरुङ, दिलिप गुरुङ (हङकङ), बेदबहादुर गुरुङ, मुछेत्र गुरुङ (यूके), त्रिलोक गुरुङ (मकाउ), मिलन गुरुङ (यूके), प्रेमकाजी गुरुङ (अष्ट्रेलिया), दिनेश गुरुङ (अष्ट्रेलिया) र कमला गुरुङ (यूके) छन । तमू गाँउ बस्तीमा बिद्यमान अलौकिक बिश्वास र चलन चल्तिहरुलाई आकर्षक ढंगले चलचित्रका उतारिएको छ । नयाँ  र पुराना कलाकारहरुको जिवन्त अभिनयले सजिएको चलचित्रलाई कतारवासी दर्शकहरुले मन पराएका छन ।

चलचित्र हेरी सके पछि गैर तमू दर्शक बिनोद खडकाले आफनो फेसबुक वालमा राखेको टिप्पणी यँहा उल्लेख गर्नु सान्दर्भिक हुन्छ । बिनोद खडका लेख्छन आफनै मौलिक संस्कृति र परिवेसमा बनेको गुरुङ भाषाको चलचित्र युम्पो देउराली धेरै अरु नेपाली दर्शकहरुका साथमा बसेर हेरियो । आठौं नेफटा अवार्ड समेत हात पारेको यो फिल्म कतारमा बसेर हेर्न पाउनु एउटा सौभाग्य नै रह्यो । कथा, पटकथा, सम्वाद, सम्पादन, छायाङकन, निर्देशन, गीत, संगीत, गायन, पाश्र्व संगीत सबै उत्कृष्ट लाग्यो ।

 

धेरै अन्तराल पछि आफनै देशको मौलिक संस्कृतिमा बनेको चलचित्र हेर्ने मौका मिल्यो । निर्देशक बेदबहादुर गुरुङ (श्याम) जि तथा वहा“को सम्पुर्ण टिमलाई हार्दिक बधाई, धन्यवाद तथा शुभकामना । भविश्यमा पनि यस्तै यस्तै मौलिक चलचित्रहरु बनाईरहने प्रेरणा र सफलता मिलि रहोस भनि शुभकामना ब्यक्त गर्दछु ।खडकाले अगाडी लेखेका छन यो चलचित्र हेर्ने अमुल्य अवसर मिलाई दिने बिल गुरुङ जि र तमू (गुरुङ) समाजलाई हार्दिक धन्यवाद । तम तम मा (हुन्छ हुन्छ आमा) सायद सबैभन्दा बढी प्रयोग भएका शब्दहरु थिए यि सार्है मन प-यो ।

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK