आत्महत्या गर्न चाहन्थिन् यी अभिनेत्री

ENGLISH

ENTERTAINMENT

आत्महत्या गर्न चाहन्थिन् यी अभिनेत्री

9 November, 2017 | Kunjar Bhattarai | 685 Views | comments

 

बलिउड अभिनेत्री इलियाना डिक्रुज कुनै समय डिप्रेशनबाट पीडित थिइन् । यही कारण उनले पटक पटक आत्महत्या गर्ने पनि सोचेकी थिइन् । त्यतिबेला उनी डिस्मर्फिक डिसअर्डरको शिकार थिइन् ।

इलियानाले भारतको नयाँ दिल्लीमा आयोजित २१ औँ विश्व मानसिक स्वास्थ्य सम्मेलनमा यो खुलासा गरेकी हुन् ।
सम्मेलनमा इलियानाले आफ्नो अनुभव सुनाउँदै गर्दै भनिन्, ‘म जहिले पनि सेल्फ कन्सियस व्यक्ति थिएँ । म हर समय आफूलाई कमजोर र दुःखी महसुस गर्थेँ । मलाई यो पनि थाहा थिएन म डिप्रेशनमा छु । जब यो कुरा मैले थाहा पाएँ, मैले जाने डिस्मर्फिक डिसअर्डरको शिकार रहेछु ।’

‘म जे गर्थे, म चाहन्थे सबैले त्यसलाई स्वीकार गरुन्,’ इलियानाले भनिन्, ‘तर, सँधै त्यस्तो हुँदैन थियो । एक समय मलाई आत्महत्या गर्ने पनि सोच आयो । म सबै कुरा खत्तम गर्न चाहन्थेँ । तर, बिस्तारै सबै कुरा बदलियो र मैले आफैलाई जस्तो छु त्यस्तै रुपमा स्वीकार गर्न थाले । रोगसँग लड्ने मैले आफै पहलकदमी लिएँ । जब मैले आफूलाई स्वीकार गर्न थाले, अहिले सबै कुरा ठीक भएको छ ।’

उनले डिप्रेशसनसँग लड्नका लागि पहिले आफूले कदम उठाउनुपर्ने पनि बताइन् । ‘यसलाई त्यतिकै छाड्न हुँदैन, अघि बढेर उपचार गर्नुपर्छ,’ इलियानाले भनिन्, ‘म चमत्कारिक ढंगले ठीक भएकी होइन । यसलाई केही समय लाग्छ । हरेक दिन थोरै सुधार हुन्छ । हामी सबै मानिस हौँ र हामी सबैमा कमी हुन्छ । हामी स्टारहरुलाई हेर्नुहोस्, तपाईंहरुलाई हामी कति सुन्दर लाग्छ होला । तर यति तयार हुन हामीलाई दुई घण्टा लाग्छ । आफूलाई माया गर्नुहोस्, तपाईं धेरै खुसी रहनुहुनेछ ।’

इलियानाले सन् २०१२ मा फिल्म ‘बर्फी’ बाट डेब्यू गरेकी  हुन् । त्यस फिल्मबाट उनले बेस्ट फीमेल डेब्यूको अवार्ड पनि पाएकी थिइन् ।

विवाह बारे बरुण र इलियानाले दिए यस्तो प्रतिक्रिया

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

बम

केपी शर्मा ओलीको घरमा राखिएको बम निष्क्रिय

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा...

कतार प्रदेश नं १ को समन्वय समिति गठन

कतार प्रदेश नं १ को समन्वय समिति गठन

दोहा, कतार ।नेपालमा नयाँ संविधान निर्माण पश्चात भएको राज्य...

बम

एमाले अध्यक्ष ओलीको घरमा बम विष्फोट

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको दमकस्थित घरमा आज(शनिबार)...

एल्बम

गायक अनिल सिंह नयाँ एल्बम लिएर आउंदै(भिडियो सहित)

केहि समय यता नेपाली सांगीतिक दुनियाबाट टाढिए झैँ लागेका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK