आत्महत्या गरेको चार महिनापछि इराकबाट नेपाली चेलीको शव ल्याइँदै

ENGLISH

NRN GLOBAL

आत्महत्या गरेको चार महिनापछि इराकबाट नेपाली चेलीको शव ल्याइँदै

29 September, 2016 | Bipin Acharya | 1410 Views | comments

इराकको स्वशासित राज्य कुर्दिस्तानमा आत्महत्या गरेकी पोखरा—८, कास्कीकी २९ बर्षिय अन्जना नेपालीको शब चार महिनापछि नेपाल आइपुग्ने भएको छ ।

capture

इराकस्थित गैरआबासीय नेपाली संघको समुन्वयमा अन्जनाको बुधबार शब नेपाल पठाएको हो । शब इराकबाट इरान—ओमन हुदै बिहीबार बिहान ८ बजे त्रिभुवन बिमास्थलमा आइपुग्ने छ । एनआरएनले शब पठाउन लागेको ३२ सय डलर ब्यहोरेको छ ।

१५ दिने भिजिट भिसामा अन्जना २२ जनवारी २०१२ मा त्रिभुवन बिमानस्थलबाट इराक गएकी थिइन् । घरेलु कामको लागि इराक पुगेपछि उनले आबासीय अनुमति पाएकी थिइन् । उनले १३ मे २०१६ मा आफ्नै कोठामा आत्महत्या गरेकी थिइन् । आत्महत्या गरेको कारण खुलेको छैन् ।

शब पठाउन जटिल

एनआरएन, इराकका अध्यक्ष खेम पौडेलका अनुसार अन्जना दुई बर्षदेखि मालिकको घर छाडेर बाहिर नै बसेर काम गर्दै आइरहेकी थिइन् । ‘उनीसँगै बस्ने शेर्पा थरकी युबतीले हामीले थाहा पायौं । प्रहरीले अनुसन्धान गरेपछि आत्महत्या खुल्न गयो’, अध्यक्ष पौडेलले कान्तिपुरलाई भने,‘शब पठाउन जिम्मेवारी लिने स्पोन्सर थिएन । किनकि उनी पहिले नै घरबाट भागिसकेको थिइन् ।’

इराकबाट शब पठाउन करिब ४ हजार अमेरिकी डलर लाग्छ । आर्थिक बिपन्न भएको परिवारले आफैले खर्च ब्यहोर्न सक्ने अबस्थामा थिएन । इराक हेर्ने पाकिस्तानस्थित नेपाली दुताबास पनि खर्च दिन सक्ने अबस्थामा थिएन । किनभने सरकारी नजरमा इराक जानु गैरकानुनी कार्य हो । पीडित परिवारले शुरुमा इराकमै शबको अन्येष्टी गर्न खोजेको थियो । त्यसको लागि परिवारले लिखित निबेदन परराष्ट्र मन्त्रालय मार्फत दुताबासमा पठाउनु पर्ने थियो ।

नेपालको सरकारी निकायको उपस्थिति नभएपछि अर्बिलस्थित रोजघारी अस्पतालले शब लैजानको लागि एनआरएनलाई अनुरोध गर्नुको साथै दवाव बढाए । ‘एनआरएनले नै शबको खर्च ब्यहोर्नुपर्ने अबस्था आयो । त्यसपछि परिवार पनि शब बुझ्न तयार भयो’, पौडेलले भने, ‘यहाँको कानुन मन्त्रालय र स्वास्थ्य मन्त्रालयमा पुगेर शब पठाउन चाहिने कागजपत्र पुरा गरी पाकिस्तानमा पठार्यौं । दुताबासले आबश्यक कागजात पठायो ।’एनआरएनको पहलमा अस्पतालले शब राखेको दिनको शुल्क समेत मिनाहा गरिदिएको छ । अस्पताललाई शब राखे बापत दैनिक १२ डलर शुल्क बुझाउनुपर्छ ।

सरकारी उपस्थिति छैन

एनआरएनले कुर्दिस्तानमा नेपालीको ठुलो उपस्थिति भइसकेकोले नेपाल सरकारले उपस्थिति जनाउन ढिला भएको जनाएको छ । ‘सधै बन्द मात्रै भनेर हुदैन । सरकारले बन्द भने पनि २५ हजार नेपाली आइसकेका छन्’, उनले भने, ‘सरकार कहिलेसम्म बन्द भनेर चुप लागेर मुकदर्शक बनेर हेरेर बस्ने ?’

बग्दाद भन्दा कुर्दीस्तान निकै सुरक्षित रहेको छ । जसको छुट्टै सरकार, संसद, सेना, प्रहरी तथा प्रशासकीय कर्मचारी छन् । ‘नेपालले दुताबास खोल्न नसकेपनि महाबाणिज्य दुत त खोल्न सक्छ नी’, उनले भने, ‘राहदानी बनाउने देखि मृत्यु भएकाको सामान्य कागजात बनाउन पनि निकै जटिल भइरहेको छ ।’

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

प्रधानमन्त्री ओलीद्वारा चिनियाँ राष्ट्रपतिसँग भेट

छ दिने औपचारिक भ्रमणका क्रममा चीनमा रहनुभएका प्रधानमन्त्री केपी...

सरिता सुनुवार

गायिका सरिता सुनुवारको नयाँ गीत ‘कहानी’ सार्वजनिक(भिडियो सहित)

गीत संगीत प्राय सबैलाई मनपर्छ । त्यसैले गर्दा होला...

विश्वकप

विश्वकप २०१८ : ३२ राष्ट्रको पहिलो खेल यस्तो रह्यो…

गत विहिबारबाट विश्वकपको महाकुम्भ रसियामा सुरु भएको छ ।...

विश्वकप

विश्वकप २०१८ : बुधबार हुने तीन खेल (नेपाली समय अनुसार)

रसियामा जारी फिफा विश्वकप फुटबलमा सोमबारबाट दोस्रो चरणको खेल...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK