आतंकवाद विरुद्ध चिनियाँ

ENGLISH

WORLD

आतंकवाद विरुद्ध चिनियाँ

समाजिक सुरक्षामा प्रतिस्पर्धी रहेको अमेरिकालाई पछाडि पार्दै

30 July, 2016 | arjun baral | 1270 Views | comments

china

विश्वशान्ति र विकास प्रयासको नेतृत्व गर्ने चीनको प्रयासले निकै हदसम्म अनुमोदन हासिल गरेको छ, अनौपचारिक रूपमा । यो प्रयास पक्कै पनि अर्थतन्त्र र समाजिक सुरक्षामा प्रतिस्पर्धी रहेको अमेरिकालाई पछाडि पार्दै सम्मानजनक नेतृत्व हासिल गर्नुतर्फ पनि लक्षित छ । प्रारम्भिक तथा अनौपचारिक रूपमा उसले अनुमोदन हासिल गरेको छ ‘वन बेल्ट, वन रोडु परियोजनामार्फत ।

चीनको प्राचीन ‘रेशमी मार्गु लाई व्यापारिक संस्कृतिको आधार मान्दै त्यसलाई सतही र समुद्री मार्गमार्फत समग्र विश्वको विकासमा विकसित गर्ने महत्त्वाकांक्षी परियोजनामा चीनले केही महत्त्वपूर्ण फड्को मारिसकेको छ । त्यसलाई उसले विश्वका दुई ठूला समस्या— आतंकवाद र शरणार्थी मामिला समाधानका रूपमा पनि प्रस्तुत गरेको छ ।
‘विभिन्न संस्कृति र सिद्धान्तबीच निरन्तर बहस र अन्तरक्रियाको माध्यम बन्नेछ यो परियोजनाु, कम्युनिस्ट पार्टी अफ चाइनामा पाँचौं वरीयताको हैसियत राख्ने नेता लियु युनसानले बुधबार ‘द ग्रेट हल अफ दी पिपुलु मा करिब ७० देशका सञ्चारकर्मीसमक्ष यो अभिव्यक्ति दिए ।

घुमाउरो पारामा उनले इस्लामिक आतंकवादको मूलमा निकै हदसम्म रहेको अमेरिकी नीति र युरोपभित्रै जटिल रूपमा देखापरेको शरणार्थी समस्या समाधानमा चीन लागेको सन्देश दिएर भावी विश्व नेतृत्वको पात्रता प्रस्तुत गरेको बुझ्न कठिन थिएन ।

उनको यो कार्यक्रम ‘पिपुल्स डेली अफ चाइना’ले आयोजना गरेको २०१६ मिडिया कोअपरेसन फोरम अन बेल्ट एन्ड रोडु समारोह समापनको मुख्य पाटो थियो । उक्त फोरममा ७० भन्दा बढी मुलुकका सञ्चारकर्मीमात्र उपस्थित थिएनन्, करिब ३० विभिन्न मुलुकका सञ्चारमाध्यमले परियोजनाको विकासमा सहयोगी भूमिका निर्वाह गर्ने सहमतिमा हस्ताक्षर पनि गरे, पिपुल्स डेली अफ चाइनासँगको सहकार्यमा ।स्रोत अन्नपुर्णपोस्ट

यो पनि हेर्नुहोस्;नेपाल र चीनबीचको सम्वन्धमा कुनै परिर्वतन नआउने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK