आतंकबाद, बैदेशिक रोजगारी र नेपाली

ENGLISH

आतंकबाद, बैदेशिक रोजगारी र नेपाली

सम्पादकीय

3 July, 2016 | Krishna Adhikari | 5135 Views | comments

यो महिना बिगतमा भन्दा अलिक  धेरै संसार भर आतंककारी हमला बढेका छन जस मध्ये सबैको  जिम्मेवारी आइसिसले लिएको लिएको छ | यसपालीको आतंककारी हमलाले नेपाली जनताको पनि मुटु दुखायो, १२ जना नेपालीहरुका बाल-बच्चाको अभिभावक लाइ छुटायो कहिले नफर्कने गरी | काबुलमा नेपाली सहित १४ जनाको हत्या भएको केहि दिनमै युरोपको ‘ढोका’  मानिने टर्की स्थित अन्तराष्ट्रिय बिमानस्थलमा आतंककारी हमला भयो कम्तिमा ४५ जनाको निधन भयो |terroism

फेरी यसै साता बङ्गलादेशमा अर्को आतंककारी हमलामा सात जना जापनिज सहित कयौं हताहत भए |आइतबार इराकमा समेत १३५ जनाको निधन भैसकेको अबस्था छ |  सबै जसो घट्नामा आतंककारी संगठन ‘आइसिस’ को संलग्नता ठहरीयो | सधै जसो सबै जसो कर्मकाण्डी पुर्याउने शैलीमा संयुक्त राष्ट्र संघ, अमेरिका, युरोप, ब्रिटेन,लगायतले दुख व्यक्त गरे |  शक्ति राष्ट्रहरुको शिखर बैठक नजिकिदै गर्दा आइसिसले दबाब दिनको निम्ति यस्ता घट्ना बढाएको छ जसले संसारलाइ त्राहीमाम बनाएको छ |

दक्षिणएसियाको अफगानिस्तान,पाकिस्तान लगायतका देश बाट यस्ता आपराधिक गतिबिधि फैलदै मध्य एसिया, मध्यपुर्ब पुगेका छन जसको नियन्त्रण आबश्यक छ | कुनै देश संगको दुस्मनीको बदला लिन अर्को देशका नागरिक ‘बलिको बोको’ जस्तो बनाइनु मानबअधिकार बिरोधि कदम हो जुन, आइसिस अलकायदाले लिएका छन | हालै एक भारतीय पत्रिकाले नेपाल भारत सिमाका कारण पनि आतंकको अखडा नेपाल बन्दै गैरहेको आरोप लगाए पनि कुरा गम्भीर रुपले लिनु जरुरी छ |

 नेपालले आफ्ना देशका नागरिकको सुरक्षाको प्रत्याभूति दिलाउने हैसिएत राख्नुपर्छ | यसको अर्थ यो हैनकि ‘संसार भर रहेका नेपालीको जिम्मा नेपालले लिनुपर्छ” | मुलुकमा काम गर्ने बाताबरण जनता र राज्य मिलेर निर्माण गर्नु पर्छ | बैदेशिक रोजगारीका निम्ति राज्यले अनुमति दिएका बैधानिक देशहरुलाई गन्तब्य बनाउनु व्यक्ति आफै पनि सचेत हुनु जरुरी देखिन्छ | सधै राज्य संग रुने, अनि राष्ट्रसंघले  डेन्जर जोन घोषणा गरेका  आतंककारी को गढ मानिएका मुलुकमा चोर बाटो बाट पुग्ने संस्कृती लाई निरुत्साहित गर्नुपर्छ अनि मात्र बैदेशिक रोजगारी सुरक्षित हुनसक्छ |  तर सिमित व्यक्तिको प्रलोभनमा परेर, खाडी र अन्य मुलुक बिना अनुमति जाने अनि दुख परे पछी रुने प्रवृतिको अन्त्य भए मात्र बैदेशिक रोजगारी, यो पेशा र जिबन सुरक्षित हुन सक्छ |

राज्यले विदेशमा गएर दुखमा परेका आफ्ना नागरिक लाइ सहयोग गरेको छ, दुखेको घाउमा मल्हम लगाउने प्रयास गरेको छ जुन सह्रानीय छ | अब द्वन्दको चपेटामा परेका बैदेशिक गन्तब्य देशहरुमा जान प्रतिबन्ध लगाउने जुन निर्णय सरकारले गरेको छ, त्यसको प्रभावकारी कार्यान्वयनको आबश्यकता देखिन्छ | बैदेशिक रोजगारिमा पठाउने नाममा, कमिसनको चक्करमा, एकै चोटी धेरै कमाइने प्रलोभनमा कुनै पानि नागरिक नपरुन, नजाउन भनि  राज्यले सुचना पनि गाउँ स्तरमा पुर्याउनु  पर्ने देखिन्छ अनि मात्र स्वदेशमै रोजगारी सिर्जना  कर्म गर्ने जाँगर चलेर आउथ्यो कि |

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘भुरुरु उडेको पुतली’

तिज गीत‘भुरुरु उडेको पुतली’ सार्वजनिक(भिडियो सहित)

गायिका रमिला न्यौपानेले हिन्दुनारीको महान चाड हरितालिका तिजलाई लक्षित...

सामूहिक व्रतवन्ध

डिसीमा नेवा: समुदायको सामूहिक व्रतवन्ध भव्यताको साथ सम्पन्न

अमेरिकाको डिसी महानगर क्षेत्रमा नेवा: अर्गनाईजेसन अफ अमेरिका(एनओए )ले...

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

न्यूह्यामसायरमा २०५ औं भानु जयन्ती मनाइयो

  अमेरिका र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज न्यूहृयाम्पसायर च्याप्टरको...

रुस विश्वकप २०१८ यस्तो रह्यो

क्रोएसियाविरुद्ध फ्रान्सले फाइनलमा गरेको गोल यस्तो थियो (भिडियो सहित)

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK