आठ वर्षीया बालिकाले कास्कीको कस्यारीमा गरिन विद्यालय निर्माण

ENGLISH

NRN GLOBAL

आठ वर्षीया बालिकाले कास्कीको कस्यारीमा गरिन विद्यालय निर्माण

1 May, 2017 | Bipin Acharya | 765 Views | comments

आठ वर्षीया बालिकाले आफ्नो जन्मदिनको उपहार, दसैंमा पाएको दक्षिणा, खुत्रुकेमा जम्मा गरेको पैसाले के गर्लिन् ? चकलेट खान रहर गर्लिन्, सपिङ्गमा जालिन् वा भविष्यमा चाहिने भन्दै अभिभावकले बैंकमा राखिदेलान् । तर, अस्ट्रेलियाकी यी नेपाली बालिकाले भने नेपालको दुर्गम भेगमा अध्ययनरत विद्यार्थीहरुलाई अध्ययनमा सहयोग मात्र गरिरहेकी छैनन् कि कास्कीको कस्यारीमा विद्यालय निर्माण गरिदिएकी छिन् ।

अस्ट्रेलियाको सिड्नीमा जन्मिएकी रिया घिमिरेले उपहार, खुत्रुके लगायतको खर्चबाट बचाएर कास्की र अर्घाखाँचीको दुर्गम दुई विद्यालयमा अध्ययनरत करिब ३ सय विद्यार्थीहरुलाई वार्षिक रुपले स्टेसनरी वितरण मात्र गरिरहेकी छैनन् कि कास्कीको विद्यालयमा अध्ययनरत १० जना गरिब विद्यार्थीहरुलाई पूर्ण छात्रवृत्ति दिएर पढाइरहेकी छिन् । उनी अहिले जम्मा ८ वर्षकी भइन् । ६ वर्षको हुँदै आफूले जम्मा गरेको खुत्रुके, ठूलाबडाबाट पाएको दक्षिणा र उपहारहरु जम्मा गरेर पोखराबाट ८ घण्टाको दूरीमा पर्ने दुर्गम गाविस भच्चोकको कस्यारीमा रहेको जनमन्दिर निमाविमा पाँच कोठाको विद्यालय निर्माणमा सहयोग गरिन् । २ लाख ५० हजार बढी जम्मा गरेर विद्यालय निर्माणमा सहयोग गरेकी उनले सोही विद्यालयका १० जना बालकालिकाहरुलाई पूर्ण छात्रवृत्तिसहित वार्षिक एक हजार रुपैयाँ दिएर अध्ययनमा हौसला समेत दिइरहेकी छिन् । उक्त निमाविमा अध्ययनरत १ सय ३४ विद्यार्थीहरुलाई वार्षिक रुपले स्टेसनरी वितरण समेत गर्ने गरेकी छिन् ।

विद्यार्थी भिसामा एक दशकअघि आएका बाआमाबाट सिड्नीमा जन्मिएकी रिया अहिले दक्षिण अस्ट्रेलियाको पेबार क्रिस्चियन कलेजमा कक्षा ४ मा अध्ययन गर्छिन् । उनको यो अभियानलाई उनका अभिभावकले समेत राम्रै सहयोग पुर्‍याइरहेका छन् । ‘रिया अहिले पनि आफ्नो जन्मदिनमा वा अन्य कुनै अवसरमा उपहारहरु पायो भने खर्च नगरी जम्मा गरिहाल्छिन्- उनका बुबा गोकुल घिमिरेले भने- ‘त्यसैले नपुग भएको अवस्थामा हामी आर्थिक सहयोग गरिदिन्छौं ।’ उनले अर्घाखाँचीको दुर्गम ढिकुरा गाविसमा रहेको जयन्ती प्राथमिक विद्यालयमा पनि अध्ययनरत सबै १ सय ४६ विद्यार्थीहरुलाई वार्षिक स्टेसनरी वितरण गरिरहेकी छिन् । उक्त विद्यालयलाई डिजिटल प्रविधिबाट प्रोजेक्टरमा पढाउन मिल्ने योजनाका साथ शिक्षकहरुलाई तालिम र आवश्यक उपकरणको जोहोमा लागिपरेकी छिन् अहिले । जसलाई उनका अभिभावकहरुले साथ दिइरहेका छन् ।

छोरीले नेपालको शैक्षिक क्षेत्रमा सहयोग पुर्‍याउन जिद्दी गरेपछि उनका अभिभावकहरुले उनकै नाममा सामाजिक संस्था नै स्थापना गरिदिएका छन् । गोसिका फाउन्डेशन । उक्त फाउन्डेशनलाई उनकी हजुरआमा र अभिभावकहरुले रेखदेख गरिदिए पनि कसरी खर्च गर्ने भने रियाले नै निर्णय गर्ने गरेकी छिन् । रियाका अरुलाई अध्ययनका लागि सहयोग गर्न पाएकोमा आफूलाई खुसी लाग्ने बताउँछिन् ।

‘हाम्रो पैसा नेपालको भन्दा एकदम धेरै हुने भएकाले मेरो सानो बचतले पनि नेपालमा धेरैलाई सहयोग गर्न सकिँदोरहेछ’ उनी भन्छिन् । भविष्यमा डाक्टर बनेर ३ महिना नेपालको दुर्गम भेगमा नि:शुल्क सेवा गर्ने र ९ महिना अस्ट्रेलिया बसेर कमाई गर्ने योजना उनले बनाएकी छिन् ।

कान्तिपुर बाट

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दसैंका लागि खसी

दसैंका लागि खसी

दसैंका लागि खसीको तयारीमा अनामनगरस्थित मासु व्यापारी तस्बिर प्रकाश...

एनआरएनए युरोप क्षेत्रीय महिला उपसंयोजकमा संगिता मरहट्ठाको उमेदवारी

  गैर आवासीय नेपाली संघ (एनआरएनए) आठौँ विश्व सम्मेलनमा...

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK