आज सेप्टेम्बर ११ :अमेरिकी वल्र्ड ट्रेड टावर आक्रमणका १७ वर्ष

ENGLISH

WORLD

आज सेप्टेम्बर ११ :अमेरिकी वल्र्ड ट्रेड टावर आक्रमणका १७ वर्ष

डार्लिन सुपरभिल

11 September, 2018 | Sandeep Bhattarai | 7025 Views | comments

आज सेप्टेम्बर ११ :अमेरिकी वल्र्ड ट्रेड टावर आक्रमणका १७ वर्ष

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी भूमिमा भएको सबैभन्दा ठूलो आतङ्कवादी हमलाको १७ वर्षका सिलसिलामा पेन्सिलभेनियाको स्मारकमा आयोजना गरिने विशेष कार्यक्रममा सहभागिता जनाउने तय भएको छ ।

सेप्टेम्बर ११, २००१ का दिन आतङ्ककारीले तीनवटा विमान अपहरण गरी अमेरिकाका महत्वपूर्ण तीनवटा संरचनामा आक्रमण गरेका थिए । तीमध्ये दुईवटा विमानले न्यूयोर्कस्थित वल्र्ड ट्रेड सेन्टरमा आक्रमण गरिएको थियो भने एउटा विमानले अमेरिकी रक्षा मन्त्रालय, पेन्टागनमा आक्रमण गर्ने योजना थियो । तर विमानमा सवार यात्रुको प्रतिरोधका कारण तेस्रो विमान पेन्टागन नपुग्दै श्याक्सनभिल्लेमा झरेको थियो । त्यस विमानमा सवार ४० जनाभन्दा बढी यात्रु र चालकदलका सदस्य सबैको मृत्यु भएको थियो ।

तर वल्र्ड ट्रेड सेन्टरमा भएको विमान आक्रमणबाट सबैभन्दा ठूलो क्षति भएको थियो । आतङ्कवादी संगठन अल–कायदाका नेता ओसामा बिन लादेनको निर्देशनमा भएको उक्त आक्रमणबाट तीन हजारभन्दा बढी मानिस मारिएका थिए । करिब एक दशकपछि तत्कालीन राष्ट्रपति बाराक ओबामाको आदेशमा अमेरिकी सेनाको कारबाहीमा मे २०११ मा बिन लादेन मारिएका थिए ।

“राष्ट्रपति ट्रम्प सहभागी हुने कार्यक्रममा त्यस विनाशकारी घटनाबाट ज्यान गुमाउनेहरुप्रति सम्मान प्रकट गरिनेछ, र त्यस आततायी घटना हुँदा जीवन जोखिममा राखेर उद्धार कार्यमा खटिने व्यक्तिहरुलाई सम्मान गरिनेछ,” ह्वाइट हाउसकी प्रवक्ता सराह हकाबी स्यान्डर्सले बताउनुभयो ।

राष्ट्रपति चुनिएपछि गत वर्ष राष्ट्रपति ट्रम्प पहिलो पटक वार्षिक समारोहमा सहभागी हुन भएको थियो । उपराष्ट्रपति माइक पेन्स पनि मङ्गलबारको समारोहमा सहभागी हुने कार्यक्रम छ ।

सन् २००१ को आक्रमणका समयमा राष्ट्रपति ट्रम्प वल्र्ड ट्रेड सेन्टरबाट करिब ६.५ किलोमिटर टाढाको आफ्नै ट्रम्प टावरमा हुनुहुन्थ्यो । उहाँसँग सेप्टेम्बर ११ को घटनाप्रति मिश्रित धारणा रहिआएको छ । उहाँले पूर्व राष्ट्रपति जर्ज डब्लु बुसले अमेरिकी जनतालाई सुरक्षित राख्न नसकेको भन्दै आलोचना गरिरहनुभएको छ ।

ट्रम्पले टावर भत्किदाँ हजारौं मुस्लिमले न्यूजर्सीको जर्सी सिटीमा खुशियाली मनाएको बताउनुभएको छ । तर मुस्लिम समुदायले त्यस्तो खुशीयाली मनाएको कुनै पनि टेलिभिजनले देखाउन सकेका छैनन् ।

ट्रम्पले न्यूयोर्क आक्रमणमा सयौं मित्रहरु गुमाएको बताउँदै आउनुभएको छ । राष्ट्रपति ट्रम्पले मारिएका कुनै निश्चित व्यक्तिको नाम लिनुभएको छैन ।

अमेरिकामा नेपाली युवती हत्यारालाई आजीवन काराबासको सजाय हुने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

FACEBOOK