आगो लगाउनेको पहिचान भयो : प्रहरी, तोडफोड मात्रै गरेका हौं : युवा संघ

ENGLISH

POLITICS

आगो लगाउनेको पहिचान भयो : प्रहरी, तोडफोड मात्रै गरेका हौं : युवा संघ

1 January, 2017 | Bhawana Pathak | 935 Views | comments

बानेश्वरमा शुक्रबार सरकारी गाडीमा आगो लगाउने एमाले समर्थित कार्यकर्ता फरार छन् । आगो लगाउनेहरूको पहिचान भने भइसकेको प्रहरीले जनाएको छ ।

bus-aagalagi

अल्फा–बिटा हाउसछेउको सडकमा पार्किङ गरी राखेको बा.१झ १३९२ नम्बरको गाडीमा शुक्रबार दिउँसो आगजनी गरिएको थियो । बिदाको दिन सरकारी गाडी चलाएको तथा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा अभियुक्त पक्राउ नगरेको भन्दै युवा संघको नेतृत्वमा आगजनी भएको थियो । यो खबर आजको नयाँ पत्रिकामा छ ।

धेरैको पहिचान भयो, खोज्दै छौँ’
‘आगो लगाउनेमध्ये धेरैको पहिचान भइसकेको छ,’ महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी नारायण चिमोरियाले भने, ‘उनीहरू हाल फरार छन्, जसरी पनि पक्राउ गरी कारबाही गर्छाैं ।’ आगो लगाइएको गाडी बागमती सभ्यता एकीकृत विकास समितिको हो । समितिले भने आफ्नो गाडीमा आगजनी भएको जाहेरी प्रहरीमा दिएको छैन । प्रहरी प्रतिवेदनकै आधारमा अनुसन्धान गरी दोषीलाई आगजनी मुद्दा चलाइने डिएसपी चिमोरियाले बताए । यस्तो मुद्दामा क्षतिअनुसार जरिवाना र कैद सजायको व्यवस्था छ ।

सिसिटिभी फुटेजमा युवा संघका कार्यकर्ता
राष्ट्रपति कार्यालयमा काम गर्ने सुमित्रा थापा, युवा संघका नेता निरेशलाल सिंह, रोशन बस्नेत, प्रकाश गौतमलगायत व्यक्ति आगलागीका वेला घटनास्थलमा थिए । सिसिटिभी फुटेजका आधारमा उनीहरूको पहिचान भएको प्रहरी स्रोतले बताएको छ ।

तोडफोड भएको हो, जलाएका होइनौँ
युवा संघका प्रवक्ता प्रभातविक्रम कटुवालले एमाले र युवा संघलाई बदनाम गर्न सरकारको घुसपैठमा शुक्रबार गाडी जलाइएको बताए । शनिबार बिदाको दिन संघको कार्यालयअघि श्रीमती र छोराछोरीलाई गाडी सिकाइँदै थियो । किन बिदाको दिन यसो गरियो भनेर सोध्ने क्रममा सिकाउने व्यक्तिले नै प्रतिवाद गर्दा ‘हाम्रा साथीहरूले आक्रोशमा एक–दुई गाडी तोडफोड मात्रै गरेका हुन्, जलाइएको होइन’ उनले भने।

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

CAN-infotech-press-meet

क्यान इन्फोटेक मेला माघ ११ देखि

यही माघ ११ देखि आयोजना गरिन लागेको सुविसु क्यान...

aafnai-chhyaya-nishan-bhattrai-first-song

निशान भट्टराईको पहिलो गीत सार्वजनिक

लोकप्रिय रियालिटी शो नेपाल आइडलका फस्ट रनरअप निशान भट्टराईको...

big-camera

संसारकै सबैभन्दा ठूलो क्यामेरा, जसको अगाडि ट्रक कमिला जस्तो देखिने

दक्षिण अमेरिकी देश चिलीमा संसारकै ठूलो क्यामेरा निर्माण हुँदैछ...

bana 8

बाना औपचारिक रुपमा आफनो सामुदायिक भवनमा प्रवेश

बाल्टिमोर एसोसीएसन अफ नेप्लीज इन अमेरिका (बाना) औपचारिक रुपमा...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK