आकर्षक तलबको प्रलोभन देखाई विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

ENGLISH

आकर्षक तलबको प्रलोभन देखाई विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

अफिका, इराक, मकाउ लगायत अन्य देशमा पठाइदिन्छु भन्दै लाखौँको ठगी 

13 July, 2016 | arjun baral | 1815 Views | comments

arrest                                 

                                       

विभिन्न देश पठाइदिन्छु भन्दै वेरोजगार युवालाई लाखौँ ठगी गर्ने एक जनालाई प्रहरीले काठमाडौंको सुनधारबाट पक्राउ गरेको छ ।  बाग्लुङ देवीस्थान ६ घर भई दाङ तुलसीपुर ५ बस्दै आएका होमबहादुर छन्त्याललाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो । छन्त्यालले विभिन्न युवालाई आकर्षक तलबको प्रलोभन देखाई दक्षिण अफ्रिका, इराक, मकाउलगायत देशमा पठाउने भनी ठगी गरेको प्रहरीले जनाएको छ ।

थाइल्यान्ड, दुबई बस्ने गरेका छन्त्यालसँग ठगी गर्ने ठूलो गिरोह रहेको समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । केही महिनाअघि आकर्षक तलबसुविधानको प्रलोभन देखाई छन्त्यालले इराक पठाइएका ३७ जनामध्ये ३४ जना काम नपाइ फर्किको खुल्न आएपछि उनको खोजी तीव्र परिएको थियो ।

छन्त्यालविरुद्ध पीडितहरू नवलपरासीका जयश्वर घिमिरे, अशोक बुर्जा, दाङका सुदिप नेपाली, रविन परियार, केशव परियार, डम्बरबहादुर बुढाथोकीलगायतले अपराध महाशाखामा आफूहरुलाई दक्षिण अफ्रिका, इराक, मकाउ पठाउने भनी प्रतिव्यक्ति चारदेखि रु छ लाख ५० हजारसम्म लिई थाइल्यान्ड पु¥याई आफू भागी फरार रहेकाले कारबाही गर्न निवेदन दिएका थिए ।

छन्त्यालविरुद्ध ६६ लाख १५ हजार बिगोको उजुरी प्राप्त भइसकेको छ । उनले पठाएका छ जना व्यक्तिहरू दुवईमा अलपत्र परिरहेकाले उद्धार गर्न पहल गरिएको साथै इराकमा पठाएकामध्ये काम नपाई फर्किएका ३४ जनालाई सम्पर्कमा ल्याउन पहल भइरहेको छ ।

दुई जापानी अवैध रुपमा नेपालीको भिषा लगाईदिने गरेको आरोपमा पक्राउ (भिडियो सहित)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

कुबेतमा नेपाली श्रमिकहरुका समस्या समाधान बिषयमा अन्तरक्रिया कार्यक्रम

‘नेपाली श्रमिकहरुका लागि कुवेतमा थप रोजगारीको खोजी एवं उनीहरुका...

स्पेनको एक टोलीले नेपाल भ्रमण गर्ने

स्पेनको मड्रिड महानगरको एक टोलीले नेपालको सद्भावना भ्रमण गर्ने...

प्रियंका कार्की अभिनित ‘सपनीमा आउनेलाई’ सार्वजनिक (भिडियो सहित)

चर्चित नायिका प्रियंका कार्की अभिनित नयाँ गीत ‘सपनीमा आउनेलाई’...

क्यानडामा नेपाली प्रजातन्त्र दिवस सम्पन्न

फेब्रुअरी१८ का दिन क्यानडाको राजधानीमा नेपाली राजदूतावासको आयोजनामा ६८...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK