आईबोस ग्लोबल इद सांस्कृतिक कार्यक्रम सम्पन्न

ENGLISH

NRN GLOBAL

आईबोस ग्लोबल इद सांस्कृतिक कार्यक्रम सम्पन्न

11 July, 2016 | Sandeep Bhattarai | 1990 Views | comments

केशब कंडेल दोहा कतार । मुस्लिम समुदायको चाड इद फित्रको पहिलो दिन दोहाको अल-नकायन होटेलमा आईबोस ग्लोबल कतारले आयोजना गरेको “आई बोस ग्लोबल इद सांस्कृतिक कार्यक्रम” भव्यताका साथ सम्पन्न भएको छ ।

q

“नेपाली उत्पादनलाई विश्व बजारमा प्रवर्द्धन गरौ राष्ट्र निर्माणको महान अभियानमा एक जुट हौ” भन्ने नाराका साथ सुरुभएको सो कार्यक्रम संयोजक गोपाल न्यौपानेको संयोजकत्वमा सम्पन्न भएको हो । उक्त कार्यकममा प्रमुख अतिथि आईबोस ग्लोबल कतारका प्रमुख नेत्र न्यौपाने रहेका थिए भने विशेष अतिथीमा रामदास भूर्तेल रहेका थिए ।

कार्यक्रममा कम्पनीमा सदस्यता भएका र कम्पनी प्रति रुचि राख्ने ब्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । विभिन्न विधाका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए भने कलाकारको संयोजन संयोजक आस बहादुर गुरुङले गरेका थिए । बिभिन्न समयमा कतारमा कार्यरत विभिन्न क्षेत्रका कलाकारहरुको सम्मान गर्ने हेतुले सांस्कृतिक कार्यक्रम पनि गर्दै आएको छ । सुदीप पोखरेलको स्वागत मन्तव्यसंगै सुरु भएको कार्यक्रमको संचालन राम घिसिङ्गले गरेका थिए ।

कार्यक्रममा आफ्नो मन्तब्य राख्दै प्रमुख अथिति नेत्र न्यौपानेले कार्यक्रममा उपस्थित नया तथा पुराना सदस्यहरुलाई आईबोस ग्लोबल कम्पनीको बारेमा जानकारी दिनु भएको थियो । देशको श्रमशक्ती दिनानु दिन बाहिरिदो अवस्थामा छ यो कुराको मनन गरेर कसरी हाम्रो देशको श्रम शक्तिलाई आफ्नै देशमा रोक्न सकिन्छ अनि बाहिरिएको युवा शक्ति आफ्नै देशमा फर्काउनु पर्छ भन्ने महान बिचारका साथ जन्म भएको सो कम्पनी अहिले बिभिन्न १६ वटा देशमा सन्चालन भैसकेको छ भने कतारमा यसले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको छ ।

q1

“ग्राहक नै कम्पनीका प्रमूख सँचालक हुन” भन्ने आधारमा सञ्चालित यस कम्पनीको मूख्य उद्देश्य नेपालमा उत्पादित अर्गानिक चिया लगायत अन्य विभिन्न जडीबुटीलाई प्रसोधन गरि विश्वबजारमा पुर्याइ देशमा गरिबी र बेरोजगारीको समस्या समधानमा टेवा पुर्याइ स्वरोजगारको अवसर दिनु नै हो भने आईबोस ग्लोबल स्वास्थ्य र सौन्दर्य सम्बन्धि विश्वस्तरीय उत्पादनलाई विद्युतीय प्रणाली द्वारा हरेक जनमानसमा पुर्याउने उद्देश्य रहेको र सो कम्पनीको मुख्य कार्यालय अमेरिकाको क्यालिफोर्नियामा रहेको बताएका थिए ।

q2

यस कम्पनीका संचालक अन्तराष्ट्रिय डाइरेक्ट सेल्स उद्योगको अन्तराष्ट्रिय फाइव स्टार अवार्ड पाउने सफल नेपाली व्यवसायी हब खड्का हुन् भने यो कम्पनिले हाल बजारमा ल्याएका उत्पादित सामान ‘अर्गानिक चिया’ ब्रासलेट र लकेट बजारमा पहिन्छ भने साबुन पेस्ट स्याम्फु तथा विभिन्न सैन्दर्यका समानहरु उत्पादनका लागि ललितपुरबाट सुरुवात गरिसकेको भन्दै अन्त्यमा प्रमुख अतिथी,बिसेष अतिथि,अतिथीहरू, स्थानीय कलाकारहरुका साथै कार्यक्रम सँचालकलाई धन्यवाद दिंदै कार्यक्रम समापन गरेका थिए ।

यो पनि हेर्नुस –

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

प्रकाशको मुत्यु पछि प्रचण्डले भने ‘देशका सबै युवा–युवती मेरा लागि छोराछोरी हुन्’

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले देशका सबै छोराछोरी...

नेपाल र थाइल्याण्डले अंक बाँडे

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

थाइल्याण्डमा जारी आइसीसी महिला विश्वकप टि–ट्वान्टी एसिया कप छनोट...

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को छायांकन हुँदै

फिल्म ‘द म्यान फ्रम काठमाण्डौ’ को हाल नक्साल स्थित बाल...

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पर्यटकीय केन्द्रको रुपमा रहेको राप्ती किनार

पुनःनिर्माणपछि बाढीले बगाएर बगर बनाएको चितवनको सौराहास्थित पर्यटकीय केन्द्रको...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK