आइसीसी विश्वकप छनोट : हङकङविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाव

ENGLISH

SPORTS

आइसीसी विश्वकप छनोट : हङकङविरुद्धको खेलमा नेपाललाई जित्नै पर्ने दबाव

सन्दीप भट्टराई

12 March, 2018 | Sandeep Bhattarai | 3105 Views | comments

आइसीसी विश्वकप छनोटको समूह चरणको अन्तिम खेलमा आज (सोमबार) नेपालले हङकङसंग खेल्दैछ । जिम्वावेको बुल्लावायोमा हुने खेल दिउँसो सवा १ बजे सुरु हुनेछ । उक्त खेलमा नेपालले जित्ने पर्ने दबाव छ ।

नेपालको सुुपर सिक्समा पुग्न गणीतीय सम्भावना मात्र बाँकी छ। सुपर सिक्समा स्थान बनाउनु नेपालका लागि असम्भव जस्तै मानिएको छ। तर, क्रिकेट खेल चमत्कारी खेल भएकोले कुनै अकल्पनीय नतिजा निकाल्न सके नेपालले सुपर सिक्समा स्थान बनाउन सफल रहनेछ ।

समूहका तीनै खेलमा हार बेहोरेको नेपाल अंकविहिन रहदै तालिकाको पुछारमा रहेको छ । त्यस्तै नेपालको रनरेट पनि निकै कमजोर रहेको छ । समूह “बी” मा रहेको नेपालको समूहमा हङकङ र अफगानिस्तानको समान २-२ अंक रहेको छ। अफगानिस्तान राम्रो रन रेटको कारण तालिकाको तेस्रो स्थानमा छ भने हङकङ चौथो स्थानमा छ ।

सोमबार हुने खेलमा हङकङले जित निकाले मात्र पनि सुपर सिक्समा स्थान बनाउनेछ। तर, नेपाललाई सामान्य जितले मात्र पुग्दैन। रनरेटमा पनि नेपाल निकै पछि रहेको छ। नेपालको रनरेट –१.५४६ रहेको छ भने हङकङको –१.२४६ छ। यस्तै अफगानिस्तानको ०.०३८ छ। तर, हङकङलाई रनरेटले कुनै फरक पार्नेछैन जितेको खण्डमा ४ अंकका साथ सुपर सिक्समा प्रवेश गर्नेछ।

सुपर सिक्समा पुग्नका लागि नेपालले पहिले लक्ष्य दिएमा हङकङविरुद्ध १५० बढी रनस्कोरले नतिजा आफ्नो पक्षमा पार्नुपर्छ त्यो पनि कम ओभरमै समेट्नुपर्ने चुनौती छ। नेपालले हङकङलाई २०० रनको लक्ष्य दिएमा उसलाई ५० रनभित्र समेट्नुपर्ने अवस्था छ। यदि हङकङले नेपाललाई २५० को लक्ष्य दिएमा नेपालले १० देखि १५ ओभरमा जित निकाली सक्नुपर्नेछ ।

 

समूह ‘ए’ बाट युएई सुपर सिक्समा दाबेदार रहेको छ। जसले गर्दा यदि नेपाल हङकङसँग पराजित भएमा सातौ स्थानको प्लेअफसमेत खेल्न पाउने छैन्। जसले एकदिवसीय मान्यताको लक्ष्य पनि अन्त हुनेछ। किनकि, समूह ‘बी’ बाट हङकङ विजयी भएमा सुपरसिक्समा पुग्नेछ। स्कटल्याण्ड यसअघि नै पुगिसकेको छ। समुह ‘ए’ बाट युएई सुपर सिक्समा पुगेमा घाटा नेपाललाई नै हुनेछ।

स्कटल्याण्डजस्तै युएई र हङकङले पनि सुपरसिक्समा स्थान बनाए भने यो बाटो सबैका लागि बन्द हुनेछ। यसमध्ये १ टिम मात्र असफल भएको खण्डमा सातौँ हुने टिमले एकदिवसीय मान्यता पाउनेछ। सुपर सिक्समा पुग्न नसकेका ४ टोलीबीच सातौं स्थानका लागि क्रमश प्लेअफ हुनेछ। समूह ‘ए’मा चौंथो हुने टोलीले समूह ‘बी’को पाँचौँ र समूह ‘बी’मा चौथो हुनेले र समूह ‘ए’को पाँचौं टोलीसँग प्लेअफ खेल्नेछन्। दुवै खेल जित्ने टोलीले सातौं स्थानका लागि खेल्नेछन, भने हार्ने दुईले नवौं स्थानका लागि प्रतिस्‍पर्धा गर्नेछन्।

अहिलेको समीकरणलाई मान्ने हो भने नेपालले हङकङलाई सामान्य अन्तरले जिते मात्रै पनि पहिलो प्लेअफमा नेपालले नेदरल्यान्ड्ससँग भिड्नेछ। नेदरल्यान्ड्सलाई हराए मात्र नेपालले एकदिवसीय खेलको निर्णायक खेलमा प्रतिस्पर्धा गर्नेछ। जुन खेल हङकङ वा पपुवान्युगिनीमध्ये एकसँग हुन सक्नेछ। त्यसैले नेपालले एकदिवसीय मान्यता पाउन अब लगातार ३ खेल जित्नुपर्ने बाध्यता रहेको छ।

हेड टु हेडका आधारमा नेपाल र हङकङ उस्तै उस्तै टिमका रुपमा रहेका छन । यी दुई टिम अन्तिम पटक विश्वक्रिकेट लिग च्याम्पियनसिपमा खेलेका थिए । जसमा एक खेल हङकङले जितेको थियो भने एक खेल रद्द भएको थियो ।

यस्तो छ हेड टु हेड
कुल खेल -१२
नेपाल विजयी – ६
हङकङ विजयी -५
रद्द – १

आइसीसी विश्वकप छनोट : नेपाल स्कटल्याण्डसँग ४ विकेटले परातिज

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ललितपुर

एभरेष्ट प्रिमियर लिग : ललितपुरद्वारा काठमाडौँ १० विकेटले पराजित

एभरेष्ट प्रिमियर लिग अन्तर्गत बुधबार भएको दोस्रो खेलमा ललितपुर...

भैरहवा

इपिएल : भैरहवा प्लेअफमा, विराटनगर चार विकेटले पराजित

भैरहवा ग्लाडियटर्स काठमाडौँमा जारी तेस्रो संस्करणको एभरेष्ट प्रिमियर लिग...

अल साहिल अल जदिद नेपाली रेस्टुरेन्ट

युएईको सार्झामा खुल्यो नेपाली रेस्टुरेन्ट

युएईमा नेपाली व्यवसाय बढ्दै गएको बेला युएईको सार्झा अबुसाग्रामा...

रविन्द्र अधिकारी

नेपाल सन् २०३० सम्म विश्वकै पहिलो पर्यटकीय गन्तव्य बन्छ : मन्त्री अधिकारी

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीले सन् २०३०...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK