आइसीसी विश्वकप छनोट : नेदरल्यान्ड्सद्वारा नेपाल सामू १९० रनको लक्ष्य प्रस्तुत

ENGLISH

SPORTS

आइसीसी विश्वकप छनोट : नेदरल्यान्ड्सद्वारा नेपाल सामू १९० रनको लक्ष्य प्रस्तुत

17 March, 2018 | Sandeep Bhattarai | 2170 Views | comments

nepali-cricket-team

आइसीसी एकदिवसीय विश्वकप छनोटअन्तर्गत सातौं स्थानको प्ले अफमा नेदरल्यान्ड्सले नेपाललाई १९० रनको लक्ष्य प्रस्तुत गरेको छ ।

जिम्वावेस्थित क्वेक्वे स्पोर्ट्स क्लबमाटस जितेर पहिले ब्याटिंग गरेको नेदरल्यान्ड्सले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउदै १८९ रन बनायो । उसको लागि बास डे लीडेले ३९ रन बनाए भने म्याक्स ओ डोउडले २८ रन जोडे । त्यस्तै रे भ्यान डर मेर्वी र स्कट इडवार्ड्सले समान २५-२५ रन बनाई आउट भए भने पिटर सिलर २३ रन जोडे भने शेन स्न्याटर २३ रनमा अविजित रहे । नेपालका लागि सोमपाल कामीले ४ विकेट लिए भने सन्दीप लामिछाने र ललित राजवंशीले समान २-२ विकेट लिए । यसैगरी शक्ति गौचनले १ विकेट चट्काए ।

बिहीबार पपुवा न्युगिनीलाई ६ विकेटले पराजित गर्दै एकदिवसीय मान्यता प्राप्त गरेको नेपाली टिम आत्मविश्वासी छ। बिहीबार नै नेदरल्यान्ड्सले हङकङलाई पराजित गरेपछि नेपालको एकदिवसीय मान्यता पक्का भएको थियो।

एक महिनाको बीचमा आइसिसी विश्व क्रिकेट लिग डिभिजन-२ हुँदै एकदिवसीय मान्यता पाएको नेपाल विश्वकप छनोटको अन्तिम खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै अर्को खुसी थप्न चाहन्छ। डब्लुसिएल च्याम्पियनसिप जित्दै १३ देश सहभागी हुने एकदिवसीय प्रतिस्पर्धामा स्थान बनाएको नेदरल्यान्ड्सको लक्ष्य सुपर ६ थियो। सुपर ६ मा पुग्न असफल नेदरल्यान्ड्सका लागि सातौं स्थान पनि महत्वपूर्ण छ। त्यसलै नेदरल्यान्ड्सका लागि नेपाल विरुद्धको खेल प्रतिष्ठाको लडाइँ हुने पक्का छ।

पपुवा न्युगिनी विरुद्धको खेलमा नेपालको बलिङ उत्कृष्ट थियो। सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ४–४ विकेट लिएपछि पपुवा न्युगनी २७.२ ओभरमा १ सय १४ रनमै सेमिटिएको थियो।लगातार तीन खेलमा पराजित भएपछि पछिल्ला २ खेलमा जित निकालेको नेपालको ब्याटिङ मध्यक्रमले सम्हालेको छ। ओपनिङ सधैंझैं खराब रहेको नेपालका समस्या एकै स्तरको ब्याटिङ गर्न नसक्नु हो।

नेदरल्यान्ड्सले पनि प्रतियोगितामा राम्रो ब्याटिङ गर्न सकेको छैन। प्रतियोगितामा नेदरल्यान्ड्सले एक पटक मात्र १ सय ८० रन कटाएको छ। हङकङ विरुद्धको खेलमा पनि नेदरल्यान्ड्स १४५/३ बाट १ सय ७४ मै अलआउट भएको थियो। यद्यपी नेदरल्यान्ड्सको बलिङ राम्रो छ। उसले हङकङ विरुद्धको खेल उत्कृष्ट बलिङले नै जितेको थियो।

विश्वकप छनोट : नेपाल र नेदरल्यान्ड्स भिड्ने

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलद्वारा टेक्ससका गरिव समुदायलाई कम्बल वितरण

एचडीएनपी इन्टरनेसनलले अमेरिकाको टेक्सस राज्यको ड्यालस वरपर रहेका घरबार...

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक (ट्रेलर सहित)

चलचित्र ‘रुमालै छ चिनो’को ट्रेलर सार्वजनिक भएको छ ।...

साउदीमा विभिन्न कारणबाट ज्यान गुमाएका ३० नेपालीहरुले पाउनुपर्ने रकम नेपाल पठाइयो

साउदी अरबको रियादस्थित नेपाली दूतावासले साउदीमा विभिन्न कारणबाट ज्यान...

युएईका जेलमा ८ महिलासहित २०७ नेपाली

संयुक्त अरब इमिरेट्स (युएई)मा विभिन्न मुद्दामा जेल परेका नेपालीको...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK