आइसीसी यू१९ विश्वकप छनोट : नेपालद्वारा सिंगापुर सामू १६९ रनको लक्ष्य

ENGLISH

SPORTS

आइसीसी यू१९ विश्वकप छनोट : नेपालद्वारा सिंगापुर सामू १६९ रनको लक्ष्य

आइसीसी यू१९ विश्वकप छनोट : नेपालद्वारा सिंगापुर सामू १६९ रनको लक्ष्य

21 July, 2017 | Sandeep Bhattarai | 1205 Views | comments

आइसीसी यू१९ विश्वकप छनोट : नेपालद्वारा सिंगापुर सामू १६९ रनको लक्ष्य

सिंगापुरमा जारी आइसीसी यू१९ विश्वकपको छनोट चरण (एसिया क्षेत्र) अन्तर्गत नेपालले सिंगापुरलाई १६९ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

पाडाङस्थित सिंगापुर क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिंग गरेको नेपालले ४६.५ ओभरमा सबै विकेट गुमाउदै १६८ बनायो । नेपालका लागि दिपेन्द्र सिंह दिपेन्द्र सिंह ऐरीले ५४ रन बनाए भने सन्दीप सुनारले २६ रन जोडे । त्यस्तै प्रकाश केसी ले २३ रन जोड्दा रोहित कुमार पौडेल १५ रन बनाई आउट भए ।

विगतको खेलको तुलनामा आज नेपालले सुधारिएको ब्याटिंग प्रदर्शन गरेको छ । सिंगापुरका लागि बिक्रम बिर बिस्र्वार्यले ३ विकेट लिए भने आहान गोपीनाथ अचार र अर्यामन सुनिको भागमा समान २-२ विकेट रह्यो ।

४ राष्ट्र सम्मलित एसिया क्षेत्रको छनोट डबल राउण्ड रोबिनका आधारमा हुने भएकोले, नेपालले न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपमा छनोट हुने सम्भावना कायमै राखेको छ । यसअघि भएको खेलमा सिंगापुरलाई नेपालले ४ विकेटले पराजित गरेको थियो ।

छनोटको शिर्ष टोली अर्को बर्ष न्युजिल्यान्डमा हुने आईसीसी यू-१९ विश्वकपका लागि छनोट हुने छन् । नेपालले अहिलेसम्म ७ पटक यू -१९ को विश्वकप खेलिसकेको छ । नेपालले गत बर्ष बंगलादेशमा भएको विश्वकप खेलेको थियो ।

यू-१९ विश्वकप छनोट : नेपालको लज्जास्पद हार, अफगानिस्तान १४१ रन विजयी

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को आयोजना हुने

विश्व कै सम्राट राज्य न्यूयोर्कमा “राईड फर नेपाल–कार र्‍याली”को...

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK