आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

ENGLISH

SPORTS

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

24 November, 2017 | Sandeep Bhattarai | 960 Views | comments

आइसीसी महिला

आइसीसी महिला विश्व टी-२० एसिया छनोट प्रतियोगितामा नेपालले पहिलो जित हात पारेको छ। शुक्रबार थाइल्यान्डमा भएको खेलमा नेपालले मलेसियालाई ३३ रनले पराजित गरेको हो।

नेपालले दिएको १ सय ९ रनको लक्ष्य पछ्याएको मलेसियाले २० ओभरमा ७ विकेटको क्षतिमा ७५ रन मात्र जोड्न सक्यो। मलेसियाका लागि इमिलिया एलियानीले २४ रन र कप्तान दुरासिंगमले ११ रनको योगदान दिए। जियामी सामिमी १६ रनमा अविजित रहेपनि जितका लागि पर्याप्त हुन सकेन।

बलिङतर्फ नेपालकी करुणा भन्डारीले ३ विकेट लिइन्। सोनु खड्का, सीता रानामगर, नेरी थापा र ऋतु कनौजियाले १-१ विकेट लिए।त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपाले २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ८ रन बनायो। नेपालका लागि ज्योति पाण्डे र सीता रानामगरको प्रारम्भिक जोडीले ६६ रनको साझेदारी गरेको थियो। विकेटकिपर ब्याट्सवुमन ज्योति २१ रन बनाएर क्याच आउट भइन्।

उत्कृष्ट ब्याटिङ गरेकी सीता ४२ बलमा ३ चौकाको सहयोगले ३७ रन बनाउँदै दुर्भाग्यपूर्ण रुपमा मास इल्यासाको थ्रोमा रन आउट हुन पुगिन्। नेपालले दुई विकेट छिटो गुमायो। पूर्वकप्तान नेरी थापा ५ र रितु कनौजिया १ रन बनाएर आउट भए। रोमा थापा पनि ६ रन बनाएर आउट भइन्।

काजोल श्रेष्ठ १४ रन बनाएर आउट भइन्। इन्दु बर्मा ६ र रुबिना क्षेत्री २ रनमा अविजित रहे। जितसँगै ४ अंक जोडेको नेपाल अंक तालिकको चौथो स्थानमा उक्लिएको छ। यसअघि थाइल्यान्ड र हङकङसँगको खेल वर्षाले प्रभावित बनेपछि नेपालले दुई खेलमा २ अंक जोडेको थियो। तेस्रो खेलमा नेपाल युएईसँग ५ रनको झिनो अन्तरले पराजित गरेको थियो।

अंक तालिकाको शीर्ष स्थानमा ७ अंक जोडेको थाइल्यान्ड छ । ५ अंक जोडेर हङकङ दोस्रो स्थानमा छ भने तेस्रो स्थानको युएईको ४ अंक छ। छनोटमा नेपालसहित चीन, हङकङ थाइल्यान्ड, मलेसिया र युएईले प्रतिस्पर्धा गरिरहेका छन्। राउन्ड रोविन लिगमा हुने लिगको शीर्ष २ टिम नेदरल्यान्ड्समा हुने विश्व महिला टी–२० छनोट प्रतियोगिताका लागि छानिनेछन्।

छनोट प्रतियोगितामा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ। ६ टिम भने छनोट भइसकेका छन्। जसमा बंगलादेश, आयरल्यान्ड, पपुवा न्युगिनी, स्कटल्यान्ड, नेदरल्यान्ड र युगान्डा छन्। अब नेपालले अन्तिम खेलमा आइतबार चीनसँग प्रतिस्पर्धा गर्नेछ।

आइसीसी महिला विश्वकप : नेपाल युएईसंग पाँच रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

क्षतिग्रस्त घरको पुनःनिर्माण

क्षतिग्रस्त घरको पुनःनिर्माण

निर्वाचन सकिएपछि नुवाकोटको सूर्यगढी गाउँपालिका १ लच्याङमा भूकम्पले क्षतिग्रस्त...

शाहिद कपूर बने एसियाकै सबैभन्दा सेक्सी पुरुष

बलिउड अभिनेता शाहिद कपूरले एसियाकै सबैभन्दा सेक्सी पुरुषको  उपाधी पाएका छन्...

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति...

गुफापोखरी र गुफाबजार

गुफापोखरी र गुफाबजार

तीनजुरे मिल्के जलजले क्षेत्रको गुफापोखरी र गुफाबजार । तेह्रथुम,...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK