आइसीसी महिला टि-ट्वान्टी विश्वकप : नेपालद्वारा चीन पराजित

ENGLISH

SPORTS

आइसीसी महिला

आइसीसी महिला टि-ट्वान्टी विश्वकप : नेपालद्वारा चीन पराजित

26 November, 2017 | Sandeep Bhattarai | 2380 Views | comments

आइसीसी महिला

आइसीसी महिला टि-ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा नेपालले चीनलाई ५० रनले पराजित गरेको छ ।

नेपालका लागि शबनम राईले ह्याट्रिक पुरा गरीन् । आफ्नो पहिलो ओभरको अन्तिम बल, दोस्रो ओभरको पहिलो र दोस्रो बलमा लगातार ३ विकेट लिँदै ह्याट्रिक पूरा गरेकी थिइन्। उनी यो प्रतियोगितामा ह्याट्रिक गर्ने पहिलो खेलाडी बनेकी छिन्।

बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०३ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको चीनले १८.२ ओभरमा अलआउट हुँदै ५२ रनमात्रै बनाउन सक्यो । नेपालको कसिलो बलिङमा चीनका कुनै पनि खेलाडी क्रिजमा टिक्न नसक्दा हार ब्यहोरेको हो । प्रतियोगितामा कमजोर मानिएको चीनले सुरुवातीदेखि नै खराब ब्याटिङ गरेको थियो । चीनले १० ओभरको समाप्तिमा ६ विकेट गुमाएर मात्र २५ रन बनाएको थियो ।

चीनका लागि हान लिलिले १५, कोयायुन झौले १० र जाङ याङलिङले ९ रन बनाएपनि अन्य खेलाडीले राम्रो खेल्न सकेनन् । नेपालका लागि जित दिलाउन कप्तान रुविना क्षेत्री र सब्नम राईले समान ३–३ विकेट लिए । त्यस्तै, सीता राना मगरले २ र करुणा भण्डारीले १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले पूरै २० ओभर खेल्दै ८ विकेट गुमाएर १०२ रन बनाएको थियो । प्रतियोगिताकै कमजोर टोली चीनविरुद्ध नेपाली ब्याट्वुमनहरुले खराब ब्याटिङ गरेका थिए । नेपालले मात्र २० रन जोड्दा दुई ओपनर सीता राना मगर र ज्योती पाण्डेलाई गुमाएको थियो । सीता ४ रनमा आउट भइन् भने ज्योतीले ९ रन जोडिन् । तर, मध्यक्रममा ब्याटिङ गर्न आएकी काजल श्रेष्ठले १६ तथा नेरी थापाले ११ रन बनाएर नेपालको पारी उकासेका थिए ।

यस्तै नेपालकी कप्तान रुबिना क्षेत्रीले अविजित १८ रन जोड्दा करुणा भण्डारी २ रनमा अविजित रहिन् । त्यसबाहेक नेपालकी सरिता मगरले ८, इन्दु बर्मा र रिता कुमारी कनुजियाले समान ६–६ रन जोड्दा रोमा थापा ३ रनमा पेभेलियन फर्किइन् । चीनकी झाङ सियानसीले तीन तथा लि होई, मिंग्यु झू र हान लिलीले समान एक एक विकेट लिए । प्रतियोगितमा नेपालको ५ खेलबाट ६ अंक भएको छ ।

आइसीसी महिला विश्व टी-२० एसिया छनोट : नेपालद्वारा मलेसिया ३३ रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

पोर्चुगलबाट नेपाली पत्रिका प्रकाशन

युरोपेली मुलुक पोर्चुगलबाट ‘हाम्रो नेपाल’ नामक पत्रिका प्रकाशन शुरु...

दशैं

राष्ट्रपति, उपराष्ट्रपति र नेताहरुबाट बडादशैँको शुभकामना

असत्यमाथि सत्यको विजयका रुपमा लिइने हिन्दु धर्मावलम्बीको महान् चाड...

pm-oli

दशैँका अवसरमा प्रमको शुभकामना सन्देश :सानातिना विषय उधिनेर आपसी द्वन्द्व बढाउने समय होइन

प्रधानमन्त्री केपी शर्मा ओलीले सानातिना विषय उधिनेर आपसी द्वन्द्व...

आज विजयादशमी : टीकाको साइत ०९ः५१ मा

आज आश्विन शुक्ल दशमी अर्थात् नेपालीहरुको महान् चाड विजयादशमी...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK