आइसीसीमा नेपाललाई टेष्ट मान्यता दिन प्रस्ताव

ENGLISH

SPORTS

आइसीसीमा नेपाललाई टेष्ट मान्यता दिन प्रस्ताव

2 June, 2016 | Sandeep Bhattarai | 1880 Views | comments

अन्तराष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले नेपाल क्रिकेट संघ (क्यान)लाई निलम्बन गरे पनि नेपाली क्रिकेटको विकासको लागि नयाँ अबधारणा अघि सारेको छ ।

NepalSupportcricket1

च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताको लागि छलफल गर्ने क्रममा आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसनले क्रिकेट यो प्रतियोगिता १० राष्ट्रको मात्र खेल नभई आइसीसीसंग सम्बन्धित सबै राष्ट्रको खेल भएकाले उनीहरुलाई पनि अवसर दिनु पर्ने बताएका छन् ।

उनले नेपाल, क्यानडा अफगानिस्तान अमेरिका जस्ता एसोसियट राष्ट्रहरु पनि सक्षम रहेको भन्दै उनीहरुलाई पनि समेत टेस्ट मान्यता दिनुपर्ने प्रस्ताव गरेका छन् । आइसीसीमा १०६ राष्ट्रको आबद्धताता छ ती सबै देश टी ट्वान्टी खेल्न सक्षम रहोस ।

उनले टेष्ट क्रिकेट अस्ट्रेलिया र इंगल्याण्डले खेल्ने फर्म्याट नभई हामीले नेपाल अमेरिका अफगानिस्तान जस्ता राष्ट्रहरुलाई पनि टेस्ट खेल खेल्ने अवसर दिनुपर्छ भन्दै यो प्रस्ताव आइसीसीमा प्रस्तुत गर्ने बताए । सबै राष्ट्रहरुले टी ट्वान्टी खेलेपछि टप ३०(३५ राष्ट्रहरुबीच वान डे फर्म्याटमा एक अन्तर्राष्ट्रिय प्रतियोगिता खेलाउनुपर्ने धारणा रिचार्डसनले राखे ।

त्यस्तै टेष्ट फर्म्याटमा भने टप १८ राष्ट्रहरु समावेश गर्दै खेल खेलाए क्रिकेटको विकास हुने पनि उनले बताए । टप १८ राष्ट्रले आइसीसी इन्टर कन्टिनेन्टल वा टेस्ट लिग जस्ता खेलहरु खेलाउनुपर्ने उनको प्रस्ताव छ ।

रिचार्डसनले अब चाडै नै आइसीसीले क्रिकेट विकासको लागि नयाँ विचार तथा धारणाहरु अघि सार्ने भन्दै क्रिकेट विकासको लागि आइसीसी सधै तत्पर रहेको र यदि घरेलु टी ट्वान्टी प्रतियोगिता भयो भने नयाँ अनुहारहरुले पनि अवसर प्राप्त गर्ने बताए । उनले यस विषयमा आइसीसीले छिट्टै छलफल गर्ने धारणा ब्यक्त गरे ।

स्रोत ESPNCRICINFO

यो पनि हेर्नुस – अब नेपाली क्रिकेट कतातिर जाला ?

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

ads

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

प्रियंका चोपडा

म पाँच वर्षको उमेरदेखि दम रोगबाट पीडित छु : प्रियंका

बलिउडदेखि हलिउडसम्म आफ्नो नाम कमाउन सफल नायिमा हुन् प्रियंका...

एसिया कप

भारतसंग पराजित भएसंगै हङकङ एसिया कपको समूह चरणबाटै बाहिरियो

लगातार दोस्रो खेलमा हार बेहोरेपछि हङकङ एसिया कपको समूह...

प्रम ओली

जनताको सुरक्षा र सम्मानको प्रत्याभूति दिनु हाम्रो दायित्व हो : प्रम ओली(अन्तर्वार्ता )

संविधानसभाबाट नेपालको संविधान जारी भई विभिन्न तहको निर्वाचन भइसकेपछि...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK