आइसीसीको सदस्यता नेपालबाट पूरा होला

ENGLISH

SPORTS

आइसीसीको सदस्यता नेपालबाट पूरा होला

सन्दीप भट्टराई

12 September, 2016 | Sandeep Bhattarai | 1525 Views | comments

 

सन्दीप भट्टराई

लामो समयदेखिको अन्योल, अनिश्चय र राजनीतिक हथकण्डा अनि विवादका कारण अन्तर्राष्ट्रिय जगतमा राम्रो छवि बनाउँदै आएको नेपाली क्रिकेटको भविष्य नेपाल क्रिकेट संघ (क्यान)माथि अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले लगाएको प्रतिबन्धपछि धराशायी नै हुने हो कि भन्ने आशंका बढिरहेका बेला आइसीसीले नेपाली राष्ट्रिय टोलीलाई संचालन गरी दुई महत्वपूर्ण म्याच खेल्यो र त्यसबाट क्रिकेटको शाख अरु उज्यालियो ।

 

नेपालले आइसीसीको मध्यस्थतामा काठमाडौंमा आइसीसी लिग डिभिजन अन्तर्गत नामिबियासंगको दुई खेल जित्यो भने हालै नेदरल्याण्डमा सम्पन्न अर्को खेलमा एकमा जीत निकालेर नेदरल्याडको अपराजित यात्रालाई पूर्णबिराम मात्र लगाएन माथिल्लो डिभिजनमा कायम रहने सम्भावना प्रवल बनायो ।

यस्तो स्थितिमा नेपालभित्र घरेलु क्रिकेटको विवाद साम्य नगर्दा आगामी दिनमा खेल धराशायी हुने ठानेर नेपालप्रति सककारात्मक रहँदैआएको आइसीसी टोली अघिल्लो हप्ता नेपाल आउँदा नेपाली क्रिकेटको बारेमा अब के हुन्छ भन्ने जिज्ञासा नेपाली क्रिकेट खेलाडीदेखि आम दर्शकहरुको लागि थियो ।

आइसीसीका पदाधिकारीहरुले नेपाली क्रिकेटमा एउटा खुशीको आयाम थप्दै नौ महिनापछि क्यानलाई गरेको निलम्बन फिर्ता लिने निर्णय आईसीसीका कार्यकारी अधिकृत डेभिड रिचार्डसन बताए । क्यानमा सरकारी हस्तक्षेप भएको भन्दै आइसीसीले बिगत चार महिनाअघि क्यानलाई निलम्बन लगाएको थियो । त्यसयता नेपाले खेल्ने अन्तर्राष्ट्रिय क्रिक्रेट खेलको व्यवस्थापनको जिम्मा आइसीसीले नै लिँदै आएको छ । नेपाली क्रिकेटको विवाद साम्य पार्न सल्लाहकार समिति गठन गर्ने सहमति भएको छ र यो सहमतिसंगै नेपाली क्रिकेटमा नयाँ आयाम थपिने देख्न सकिन्छ ।

आइसीसी

आइसीसीका कार्यकारी अधिकृत डेभिड रिचर्डसनको नेतृत्वमा रहेको प्रतिनिधिमण्डलले राजधानीमा पत्रकार सम्मेलन गर्दै आइसीसीले नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि सल्लाहकार समिति बनाउने घोषणा गरेको हो । उनले नेपाली विवादको समाधान गर्नको लागि सल्लाहकार समिति बनाउने निर्णय गरेको बताए । रिचार्डसनले भने( ‘हामी नेपालमा जारी क्रिक्रेट विवाद समाधानका लागि क्रिक्रेट विकास बोर्ड गठन गर्न सहमत भएका छौं, यसका लागि आगामी दुई साताभित्र सल्लाहकार समित गठन गरिनेछ ।

सल्लाहर समितिमा सरकार, राष्ट्रिय खेलकुद परिषद् र क्रिक्रेटका सरोकारवाला पक्षका प्रतिनीधिहरु रहने छन् । तर उनले उक्त सल्लाहकार समिति कति सदस्यीय रहेने भन्नेबारे केही बताएनन् । उक्त सल्लाहकार समितिले आइसीसीलाई विघठित क्यानको विधान पुनरावलोकन गरी संशोधन गर्ने वा नगर्ने भन्नेबारे सुझाव दिनेछ ।

भदौ १९ गते प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेट्दै रिचार्डसन तीन महिनाभित्र क्रिक्रेट बोर्ड गठन गर्ने र बोर्ड गठन भएपछि आइसीसीले नेपालमाथि लगाउँदै आएको प्रतिबन्ध हटाउने निर्णय गरेका थिए । त्यस्तै उनले आइसीसीले बन्द गर्दै आएको आर्थिक लगायतका अन्य सहायता पुनः दिने बताए ।

उनले यस बोर्ड गठनको कार्यविधि तथा प्रवधान तयार पार्नका लागि ५ देखि ७ सदस्यीय सल्लाहाकार कमिटी गठन गरिने बताए । उक्त क्रिक्रेट विकास बोर्डले तीन महिनामा निर्वाचन गराउने पनि जनाए । उक्त बोर्ड गठनपछि अहिले भएका सबै समितहरु स्वतः भंग हुनेछन् । उनले सन् २०१७ मा नेपालमा क्रिकेटको विवाद सामान्य हुने गरी काम गर्ने उल्लेख गरे ।

त्यस्तै रिचर्डसनले आगामी अक्टोबरमा दक्षिण अफ्रिकाको केपटाउनमा हुने बैठकले नेपाली क्रिकेटका बारेमा अझ स्पष्ट पार्ने पनि जनाए ।आइसीसीले क्यानलाई गत वैशाख १३ मा निलम्बन गरेको थियो । गत जुनमा स्कटल्यान्डको इडिनबर्गमा भएको आइसीसीको वार्षिक बैठकले नेपालमाथि लगाइएको प्रतिबन्धलाई सदर गर्दै क्यानमा सरकारी हस्तक्षेप भएको, स्वतन्त्र र निष्पक्ष चुनाव नगरिएको भन्दै नेपालले आइसीसीको धारा २.९ मिचेको भनी क्यानलाई निलम्बन गरेको हो ।

त्यसो त सन् २०१४ देखि नै आइसीसीले क्यानलाई दिंदैआएको सबै आर्थिक सहयोग रोकेको थियो । हालसम्म आउँदा आइसीसीले नेपाललाई दिने सहयोग करिब १० करोड पुगिसकेको छ । अहिले नेपाली क्रिकेट टोलीले तयारी क्रममा रहँदा र खेल्दाको खर्च भने आईसीसीले नै उपलब्ध गराउँदै आएको छ । नेपाली क्रिकेटको विकासको लागि आइसीसी सधै तत्पर रहने भन्दै आईसीसीका प्रमुख कार्यकारी अधिकृत डेभिड रिचर्डसन, कार्यकारी सदस्य इमरान ख्वाजा, एकाउन्ट शाखा प्रमुख अमर शेखले प्रधानमन्त्री पुष्पकमल दाहाल, युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाली र राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव केशवकुमार विष्टसँग संयुक्त भेटमा नेपाली क्रिकेटबारे छलफल गरेका थिए । उक्त भेटमा खेलकुदमन्त्री श्रीपालीले सरकारका तर्फबाट आईसीसीसमक्ष क्यान विघटन गरी क्रिकेट विकास बोर्ड गठनको विकल्प अघि सारेका थिए ।

आइसीसीको यो निर्णयलाई नेपाली खेलकूद अधिकारी, सरकारी निकायले सकारात्मक रुपमा लिएर खेलमा राजनीति घुसाउने झेल नगर्ने हो भने नेपाली क्रिकेटको भविष्य सकारात्मक दिशामा अघि बढ्ने र राष्ट्रको छवि उज्यालिनेछ भने झाराटार्ने र आफ्ना मान्छे भर्ती गर्ने केन्द्र मात्र बनाउने हो भने आइसीसीको सदस्यताको कुनै अर्थ रहने छैन । नेपालमा कुनै समयमा क्रिकेट खेलिन्थ्यो, नेपालले कुनै समय विश्वकप खेलेको थियो भन्ने इतिहास मात्र बाँकी रहन्छ ।

यो पनि हेर्नुस – क्यानको प्रतिबन्ध हटाउन आईसीसी सकारात्मक

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा

आज नेपाल संवत् ११३८ र म्हः (आत्म) पूजा(भिडियो सहित)

नेपाल संवत् ११३८ आज देशभर विविध कार्यक्रम गरी मनाइँदैछ...

गई पूजा

यमपञ्चकको चौथों दिन आज गाई, गोरु, कृषक र गोवद्र्धन पूजा

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गाई, गोरु, कृषक...

सहयोग

शहीद साहको परिवारलाई अमेरिकाबाट आर्थिक सहयोग

अमेरिकामा रहेका मधेशी समाजको संस्था ‘डिएफडब्ल्यु’ले सप्तरीको मलेठ घटनामा...

गैर आवासीय नेपालीलाई समृद्धिको अभियानमा लाग्न ओलीको आग्रह

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समृद्धिका...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK