आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङद्वारा नेपाल ८३ रनले पराजित

ENGLISH

SPORTS

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : हङकङद्वारा नेपाल ८३ रनले पराजित

13 October, 2017 | Sandeep Bhattarai | 3495 Views | comments

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले छैटौँ चरणको खेलमा हङकङसंग ८३ रनले पराजित भएको छ । यो जितसंगै हङकङ १३ अंकसंगै चौथो स्थानमा उक्लिएको छ ।

हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै १९४ रन बनाएको थियो । उसको लागि जेमि याटिकसनले ७६ रन बनाए भने तनवीर अफजलले ३८ रन जोडे । त्यस्तै बाबर हायतले २९ रन बनाए ।नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए भने करण केसी र बसन्त रेग्मीको भागमा समान २-२ विकेट लियो ।

१९५ रनको सामान्य लक्ष्य लिएर मैदान उत्रेको नेपाल ३४.५ ओभरमा सबै विकेट गुमाउदै मात्र १११ रन बनायो । उसको लागि कप्तान पारस खड्काले २६ रन बनाए भने आरिफ शेखले २३ रन जोडे । हङकङका लागि यसाहन खानले ४ विकेट लिए ।

नेपालले अब हङकङसंग आइतबार दोस्रो खेल खेल्नेछ । नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेलेको हो । यसअघि नेपालले सन् २००४ र २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो । अङ्क तालिकामा नेपाल छैटौँ र हङकङ पाँचौँ स्थानमा छन् ।

जारी प्रतियोगितामा नेपालले हङकङलाई यस खेलमा जित आत्मसाथ गरेको भए नेपाल शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउने थियो। प्रतियोगितामा नेपाल आठ अंक सहित तालिकाको छैठौ स्थानमा रहेको छ ।

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल सामू हङकङद्वारा जितको लागि १९५ रनको लक्ष्य प्रस्तुत (लाइभ भिडियो)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एएफसी

घरेलु मैदानमा नेपालको लज्जास्पद हार : फिलिपिन्स ४-० ले विजयी

एएफसी १६ वर्षमुनि (यु–१६)को महिला च्याम्पियनसिपअन्तर्गत बुधबार भएको उद्घाटन...

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेटमा पाकिस्तान भारतसंग आठ विकेटले पराजित

एसिया कप क्रिकेट अन्तर्गत बुधबार भएको खेलमा भारत विजयी...

धूम ३

सेन्सर बोर्डले दियो ‘धूम ३’लाई पिजी सर्टिफिकेट : असोज ५ मा अल नेपाल

नायक जय किशन बस्नेतको लेखन, निर्माण, निर्देशन र मुख्य...

बरिखा

गायक हेमन्त शर्माको ‘बरिखा’सार्वजनिक (भिडियो सहित)

गायक हेमन्त शर्माको नयाँ गीतको भिडियो सार्वजनिक भएको छ...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

FACEBOOK