आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल सामू हङकङद्वारा जितको लागि १९५ रनको लक्ष्य प्रस्तुत (लाइभ भिडियो)

ENGLISH

SPORTS

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल सामू हङकङद्वारा जितको लागि १९५ रनको लक्ष्य प्रस्तुत (लाइभ भिडियो)

13 October, 2017 | Sandeep Bhattarai | 1275 Views | comments

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत नेपालले छैटौँ चरणको खेलमा हङकङले नेपाललाई जितको लागि १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

हङकङको मिसन ग्राउण्ड रोडस्थित मोङ कोक मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको हङकङले निर्धारित ५० ओभरमा सबै विकेट गुमाउदै १९४ रन बनायो । उसको लागि जेमि याटिकसनले ७६ रन बनाए भने तनवीर अफजलले ३८ रन जोडे । त्यस्तै बाबर हायतले २९ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए ।

नेपालले आज (शुक्रबार) पहिलो र आइतबार दोस्रो खेल खेल्नेछ । नेपालको वरिष्ठ टोलीले करिब एघार वर्षपछि हङकङमा क्रिकेट खेल्न लागेको हो । यसअघि नेपालले सन् २००४ र २००५ को एसिसी फास्ट ट्रयाक कन्ट्रिज प्रतियोगितामा हङकङमा गएर खेलेको थियो । अङ्क तालिकामा नेपाल छैटौँ र हङकङ पाँचौँ स्थानमा छन् ।

जारी प्रतियोगितामा नेपालले हङकङलाई दुवै खेलमा पराजित गरेमा नेपाल शीर्ष चारभित्र पर्ने सम्भावनालाई बलियो बनाउनेछ । प्रतियोगितामा नेपालको आठ तथा हङकङको ११ अङ्क छन् । ब्याट्सम्यान शरदले अस्वस्थताका कारण दुवै खेल खेल्न नपाउने नेपाली क्रिकेट टोलीका प्राविधिक विश्लेषक रमण शिवाकोटीले जानकारी दिनुभयो । उहाँका अनुसार शरदका स्थानमा नेपाली सेनाका खेलाडी नरेश बुढाऐरलाई बोलाइएको छ ।

लाइभ
भिडियो स्रोत -एपी वान 

आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिप : नेपाल र हङकङ भिड्दै, नेपाललाई आठौँ सफलता(लाइभ)

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

‘सिक्रेट सुपरस्टार’: चीनमा दुई दिनमै कमायो सय करोड

शुक्रबारबाट चीनमा प्रदर्शन भएको बलिउड सुपरस्टार आमिर खानको फिल्म...

एउटै धारको चलचित्र बनिरहेका छन् :निेर्देशक खतिवडा

नव निर्देशक तथा कलाकार  सुजन खतिवडा सांगीतिक , अभिनय तथा चलचित्रका...

padam-b-k

मृगौला पिडित पदम बिश्वकर्मालाइ आर्थिक सहयोग

मृगौला पिडित पदम बिश्वकर्मालाई कोरियामा रहेका बिश्वकर्मा युबाहरुको समूह...

bishal-and-rubina-sammanit

विशाल राई र रुविना क्षेत्री ‘वर्ष उत्कृष्ट खेलाडी’ अवार्ड द्वारा सम्मानित

राष्ट्रिय फुटबल टोलीका मिड फिल्डर विशाल राई र राष्ट्रिय...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK