आइबोस ग्लोबलद्वारा आयोजित साँगीतिक कार्यक्रमको तयारी पूरा

ENGLISH

NRN GLOBAL

आइबोस ग्लोबलद्वारा आयोजित साँगीतिक कार्यक्रमको तयारी पूरा

कुमार “अविरल” पन्थी, कतार

27 December, 2016 | Sandeep Bhattarai | 1430 Views | comments

अंग्रेजी नया वर्षको अवसरमा आइबोस ग्लोबल (IBOSS GLOBAL) कतारद्वारा आयोजित “न्यु ईएर वेलकम नाईट २०१७”को तयारी करिव करिव पुरा भएको आयोजकले जानकारी दिएको छ ।

न्यु ईएर वेलकम नाईट २०१७

कार्यक्रम आगामी डिसेम्बर ३० तारिख शुक्रबारका दिन कतारको सनैया स्थित एशियन टाउन (ग्रान्ड मलको पछाडी)को हलमा सभ्य एवम भव्य रुपमा सम्पन्न हुदै छ ।रोजगारीको सिलसिलामा कतारलाई कर्मभुमि बनाई रहेका नेपालीहरुको चाहाना अनुरूप नेपालबाट विभिन्न विधाका चर्चित राष्ट्रिय कलाकारहरु कतार आउदै छन्  ।

गायिका तथा मोडेल ज्योति मगर पहिलोपटक कतार आउदै छिन । त्यस्तै लोकप्रिय गायक पशुपती शर्मा, नेपाली सुगम संगीतका चर्चित गायक प्रमोद खरेल, मोडेल रश्मी तामाङ्, निर्देशक तथा मोडल शंकर बि.सी, मोडल तथा निर्देशक स्मृति तिमिल्सिना, हास्य कलाकार जितु नेपाल (मुन्द्रे) गायक रुप कुमार राई, गायिका कोपिला गुरुङ्, गायिका सहिमा श्रेष्ठ र नायिका तथा उद्घोषिका सुर्जनी के.सी लगायतका दर्जनौ कलाकारहरु कतार आउने आयोजकले साझा नेटवर्कलाई जानकारी दिएका छन्  ।

भर्खरै मात्र चिसिदै गरेको कतारको मौसमलाई सङ्गीतमय बनाउदै चिसो मौसमलाई कलाकारहरुले विविध प्रस्तुतिहरु प्रस्तुत गरि तताउने भएका छन् । कार्यक्रमलाई सभ्य एवम भव्य रुपमा सफल बनाउनका लागि कार्यक्रम संयोजक गोपाल न्यौपानेले विभिन्न संघ सस्था तथा सयोगीहरुसंग समन्वय गरिरहेका छन । कार्यक्रम बृहत किसिमले आयोजाना गरिएकोले कार्यक्रम सफल बनाउन त्यति नै चुनौतीहरु रहेकोले आइबोश ग्लोबल युनिट अहोरात्र खट्दै कार्यकर्मको लागि सम्पूर्ण तयारी अन्तिम चरणमा रहेको संयोजक न्यौपाने बताए ।

कार्यक्रमको प्रचार र व्यवस्थापन कार्यक्रमका मुख्य व्यवस्थापक आश बहादुर गुरुङले गरिरहेका छन । त्यस्तै कार्यक्रम सफल बनाउन विभिन्न संघ सस्थाहरुले बिशेष सहयोग गर्दै आएका छन । सहयोगी सस्थाहरुमा क्रमश अन्तराष्ट्रिय कलाकार मंच कतार शाखा, सन्ध्या ग्रुप  सांस्कृतिक विभाग, नेपाल कला केन्द्र, सुर सरगम साधना, युनी डान्स क्रियु र मितेरी फिल्मस् सांस्कृतिक समूह रहेका छन् ।

कार्यक्रम सफल बनाउन शक्ति क्षेत्री, विरेन्द्र कुमार याक्थुम्बा, रित कुमार श्रेष्ठले बिशेष सहयाेग गरेका छन । त्यस्तै कार्यक्रमलाई प्रचार प्रसारमा साझा नेटवर्क डटकम, मुग्लानी खबर डटकम, सेल्फी टिभी, लाईट नेपाल डटकम र सिधा दृष्टि डटकमले सहयोग गरिरहेका छन ।

स:शुल्क आयोजना गरिएको कार्यक्रममा प्रवेशका लागि कतारी रियाल ३५, ५०, ७५ र १०० दरका टिकट राखिएको छ । टाढा टाढाबाट आउने दर्शकहरुलाई सुबिधाको लागी ५० जनाको संख्या भएमा आउँन जानका गाडी(बस)को ब्यबस्था गरिएको आयोजकले बताएको छ ।

कार्यक्रम कतारको सनैया स्थित एशियन टाउन (ग्रान्ड मलको पछाडी) डिसेम्बर ३० तारिख शुक्रबारका दिन अपरान्ह ५ बजे शुरु हुदै छ भने हलको गेट दिउँसो  २ बजेबाट नै खुल्ने प्रमुख सल्लाहकार नेत्र न्याैपानेले बताएका छन्  ।

नया वर्षको अवसरमा जापानमा सांस्कृतिक कार्यक्रम हुने

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा जम्दै नेपाली कलाकार

यूएईमा हुने हरेकजसो सांस्कृतिक कार्यक्रममा सुनिने नाम हो, हरि...

झोला बोक्ने क्यारियरमा नेपालीको लास

झोला बोक्ने क्यारियरमा नेपालीको लास

नेपालबाट दिनहुँ विदेशीनेको संख्या बढ्दो छ । विदेश जाँदा...

छठ पर्व

अमेरिकामा छठ पर्व नेपाल कै झझल्को आउने गरि मनाइयो

अमेरिकामा यस वर्षको छठ पर्व अझ भब्य रुपमा मनाइएको...

जनजाति महासङ्घ बेल्जियमको अध्यक्षमा तामाङ

नेपाल आदिवासी जनजाति महासङ्घ बेल्जियम शाखाको अध्यक्षमा बाबुराजा लामा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK