आइपीएल क्रिकेटमा पुनेद्वारा मुम्बई २० रनले पराजित

ENGLISH

SPORTS

आइपीएल क्रिकेटमा पुनेद्वारा मुम्बई २० रनले पराजित

पुने आइपीएलको फाइनलमा

17 May, 2017 | Sandeep Bhattarai | 885 Views | comments

आइपीएल

इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत मंगलबार रातो भएको पहिलो प्ले अफ खेलमा राईजिंग पुने सुपर जाइन्ट्स बिजयी हुँदै फाइनलमा स्थान सुरक्षित गरेको छ ।

गएराति भएको खेलमा लिगको शिर्ष स्थानमा रहदै प्ले अफमा पुगेको मुम्बई इण्डियनस २० रनले स्तब्ध हुन पुग्यो । मुम्बईको वान्ग्खाड़े स्टेडियममा टस हारेर पहिले ब्याटिंग गरेको पुनेले निर्धारित २० ओभरमा २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ६२ रन बनायो । उसका लागि मनोज तिवारीले ५८ रन बनाए भने अजिकन्या रहाणेले ५६ रन बनाए ।

त्यस्तै महेन्द्र सिंह धोनीले २६ बलमा छ छक्काको मद्दतले अविजित ४० रन जोड्नु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । अन्तिम २ ओभरमा धोनी र मनोज तिवारीले ४१ रन जोडेका थिए । मुम्बईको लागि मिचेल म्याक्लेघन, लासिथ मालिंगा र कर्ण शर्माले समान १-१ विकेट लिए । १६३ रनको लक्ष्य लिएर मैदान उत्रेको मुम्बई निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र १४२ रन बनायो । उसका लागि पार्थिव पटेलले ५२ रन बनाउनु बाहेक अन्यको प्रदत्शन सम्झनलायक रहेन ।

आइपीएल

पुनेको लागि वाशिंगटन सुन्दर र शर्दुल ठकुरले समान ३-३ विकेट लिए भने लकी फर्गुसन र जयदेव उनडकटको भागमा समान १-१ विकेट रह्यो । खेलमा वाशिंगटन सुन्दर म्यान अफ द म्याच भए । यद्यपि हारका बाबजुत पनि मुम्बईले बुधबार राति हुने हैदराबाद र कोलकत्ता बीच हुने इलिमिनेटर म्याचको बिजेतासंग खेल्नेछ ।

आइपीएल क्रिकेटमा पंजावद्वारा मुम्बई ७ रनले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

तानसेनलाई पाँचौँ पर्यटकीय गन्तव्यस्थल बनाइने

आगामी चार वर्षभित्र तानसेन नगरपालिकालाई आन्तरिक पर्यटनका लागि नेपालको...

ढकनीयाको तालमा फूलेको कमल

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२ ढकनीयाको झारखण्डी(कमलफुले) तालमा फुलेको कमल ।...

माइतीघरमा डा. केसीको समर्थनमा प्रदर्शन : बाबुरामसंगै मनिषा कोइराला सडकमा(फोटो फिचर)

डा. गोविन्द केसीको समर्थनमा राजधानीमा विशाल प्रदर्शन भएको छ...

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

सरकारले जुम्लामा गोली चलाएको छैन् : उपप्रधानमन्त्री पोखरेल

उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले जुम्लामा डा गोविन्द केसीलाई...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK