आइपीएल क्रिकेटमा दिल्लीद्वारा हैदराबाद ६ विकेटले पराजित

ENGLISH

SPORTS

आइपीएल क्रिकेटमा दिल्लीद्वारा हैदराबाद ६ विकेटले पराजित

3 May, 2017 | Sandeep Bhattarai | 675 Views | comments

दिल्ली

इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली डेयरडेभिल्स बिजयी भएको छ ।

गएराति भएको खेलमा सन राईजर्स हैदराबाद दिल्लीसंग ६ विकेटले पराजित भएको हो । दिल्लीको फेरोज शाह कोटाला मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको हैदराबादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउदै १८५ रन बनाएको थियो । उसका लागि युवराज सिंहले ४१ बलमा १ छक्का र ११ चौकाको सहयोगले अविजित ७० रन बनाए भने कप्तान डेभिड वार्नरले ३० रन जोडे ।

त्यस्तै शिखर धवनले २८ रन जोड्दा केन विलियम्सन २४ रनमा आउट भए । दिल्लीको लागि मोहमद शामिले २ इकेट लिए भने अमित मिश्रको भागमा १ विकेट रह्यो । १८६ रनको लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १९.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य भेट्टायो । उसका लागि कोरी एन्डरसनले अविजित रहदै २४ बलमा २ चौका र ३ छक्काको मद्दतले ४१ रन बनाए भने कपन करुण नायरले ३९ रन जोडे । त्यस्तै रिसभ पन्तले ३४ रनको योगदान दिए भने श्रेयस इयेरले ३३ रन बनाए । हैदरबादको लागि मोहम्मद सिराजले २ विकेट लिए भने भुवनेश्वर कुमार र सिद्दार्थ कौलको भागमा समान १-१ विकेट रह्यो ।

खेलमा दिल्लीका मोहमद शामी म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत बुधबार राति कोलकत्ता नाईट राईडर्स र राईजिंग पुने सुपरजाइन्ट भिड्दै छन् ।

आइपीएल क्रिकेट : गुजरातद्वारा बैंगलोर ७ विकेटले पराजित

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

दशैं

“दशैँमा आउँछु भनेको आएन”

मलेखु नगरपालिकाकी खिनकुमारी लम्सालको दशैँ खल्लो भएको १२ वर्ष...

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी चौधरी सम्मानित ,सन्नीभेल बन्यो बिजेता

टेक्ससमा नेपालका पूर्व राष्ट्रिय खेलाडी देव नारायण चौधरीलाई सम्मानित...

सोनाम लामा

एनआरएनए उपाध्यक्ष पदमा लामाको उम्मेदवारी

गैर आवासीय नेपाली संघ अमेरिकाज क्षेत्रका क्षेत्रीय संयोजक सोनाम...

विनोद कुवँर

एनआरएनए एसिया उपसंयोजकमा कुवँरको उम्मेदवारी

गैर आवासीय नेपाली संघको आठौ विश्व सम्मेलनको लागि कोरियाबाट...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK