आइपीएल क्रिकेटमा गुजरात दिल्लीसंग ७ विकेटले पराजित

ENGLISH

SPORTS

आइपीएल क्रिकेटमा गुजरात दिल्लीसंग ७ विकेटले पराजित

5 May, 2017 | Sandeep Bhattarai | 760 Views | comments

दिल्ली

इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत मंगलबार भएको खेलमा दिल्ली डेयरडेभिल्स बिजयी भएको छ ।

गएराति भएको खेलमा गुजरात लायन्स दिल्लीसंग ७ विकेटले पराजित भयो । दिल्लीको घरेलु मैदान फेरोज शाह कोटाला मैदानमा टस हारेर पहिले ब्याटिंग गरेको गुजरातले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै २०८ रन बनाएको थियो । उसका लागि कप्तान सुरेश रैनाले ७७ रन बनाए भने दिनेश कार्तिकले ६५ रनको योगदान दिए । दिल्लीका लागि कागीसो रबाडा र प्याट कमिन्सले समान २-२ विकेटले लिए ।

१० रनमा २ विकेट गुमाएर खराब स्थितिमा रहेको गुजरातको इनिंग्स रैना र कार्तिकले समालेका थिए । उनीहरुले तेस्रो विकेटको लागि १३३ रनको शतकीय साझेदारी गरेका थिए । २०९ रनको उच्च लक्ष्य लिएर मैदान उत्रेको दिल्लीले १५ बल अगाबै लक्ष्य भेट्टायो । उसको लागि रिशभ पन्तले ४३ बलमा ६ चौका र ९ छक्काको मद्दतले ९७ रन बनाए भने सन्जु स्याम्सनले ३१ बलमा ७ छक्काको मद्दतले ६१ रन जोडे । दिल्लीले कप्तान करुण नायरलाई सस्तैमा गुमाएपनि दोश्रो विकेटका लागि स्यामसन र पन्तले १४३ रनको साझेदारी गरेका थिए ।

गुजरातको लागि प्रदीप संग्वान,बसिल थम्पी र रविन्द्र जडेजाले समान १-१ विकेट लिए । यो जितसंगै दिल्लीको प्ले अफमा पुग्ने सम्भावना जिवितै छ । प्रतियोगिता अन्तर्गत शुक्रबार किंग्स इलेभन पंजाव र रोयल च्यालेंजर्स बैंगलोर भिड्दै छन् ।

आइपीएल क्रिकेटमा दिल्लीद्वारा हैदराबाद ६ विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट : नेपालको लगातार दोस्रो जित

एसीसी यू-१६ इस्टर्न रिजन क्रिकेट प्रतियोगितामा नेपालले लगातार दोस्रो...

रेशमलाल चौधरी

टीकापुर घटनाका अभियुक्त चौधरी विजयी

टीकापुर घटनाका अभियुक्त रेशमलाल चौधरी कैलाली निर्वाचन क्षेत्र नं...

‘हेबीवेट’ ले ‘विरासत जोगाए

पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनाल...

विराट र अनुष्का

विराट र अनुष्का विवाह बन्धनमा बाँधिए

बलिउड अभिनेत्री अनुष्का शर्मा र भारतीय क्रिकेट टोलीका कप्तान...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK