आइपीएलमा हैदराबादद्वारा मुम्बई ७ विकेटले पराजित

ENGLISH

SPORTS

आइपीएलमा हैदराबादद्वारा मुम्बई ७ विकेटले पराजित

हैदराबादको प्ले अफमा पुग्ने सम्भावना बलियो

9 May, 2017 | Sandeep Bhattarai | 995 Views | comments

हैदराबाद

इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत सोमबार भएको खेलमा सनराईजर्स हैदराबाद बिजयी भएको छ ।

गएराति भएको खेलमा मुम्बई इन्डियन्स हैदराबादसंग ७ विकेटले स्तब्ध भयो । राजीव गान्धी अन्तराष्ट्रिय रंगशाला हैदराबादमा टस जितेर पहिले ब्याटिंग गरेको मुम्बईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउदै १ सय ३८ रन बनाएको थियो । उसका लागि कप्तान रोहित शर्माले ४५ बलमा ६७ रन बनाए भने पार्थिव पटेलले २३ रन जोडे ।

हैदरबादको लागि सिद्धार्थ कलले ३ विकेट लिए भने भवनेश्वर कुमारको भागमा २ विकेट रह्यो । त्यस्तै मोहमद नाबी र रशिद खानले समान १-१ विकेट हात पारे । १ सय ३९ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबादले १० बल बाँकी छँदै लक्ष्य भेट्टायो । उसका लागि शिखर धवनले दोस्रो विकेटका लागि मोइसस हेनरिकेससँग गरेको ९१ रनको साझेदारी महत्वपूर्ण रह्यो।

धवनले ४६ बलमा दुई छक्का र चार चौका गरी ६२ रन बनाए । यस्तै हेनरिकेसले ३५ बलमा ६ चौकाको सहयोगले ४४ रन बनाए । युवराज सिंहले ९ रन बनाए । जितसँगै हैदराबाद अंक तालिकाको चौथो स्थानमा उक्लदै प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । मुम्बईको लागि मिचेल म्याकक्लेनाघन, लासिथ मालिंगा र जस्प्रित बुम्राहले समान १-१ विकेट लिए ।

आइपीएल क्रिकेटमा दिल्लीद्वारा हैदराबाद ६ विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

विश्वकप फुटबलको उपाधि फ्रान्सको पोल्टामा : क्रोएसिया ४-२ ले पराजित

फुटबलको महाकुम्भ विश्वकप २०१८ को उपाधि फ्रान्सले जितेको छ...

संजु फिल्ममा देखाइएको यति ठुलो झुट, संजय दत्तले गरे खुलासा

वर्ष २०१८ को सबैभन्दा ठुलो ब्लकबस्टर बन्दै गरेको निकै...

बेल्जियम विश्वकपमा तेस्रो, इंग्ल्यान्ड २-० ले पराजित (हाइलाईट्स भिडियो)

बेल्जियम विश्वकप फुटबलमा तेस्रो भएको छ । शनिबार राति...

म थाके संसार थाक्छ : भवन भट्ट

सफलता र लक्ष्य चुम्नका निमित्त म कहिल्यै थाक्दिन : भवन भट्ट

गैर आवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष भवन भट्टले आफू...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

पर्यटनमन्त्री अधिकारीको पहिलो निर्णय : निजगढ अन्तर्राष्ट्रिय विमानस्थललाई तीव्रता दिइने

राष्ट्रिय गौरवको आयोजना बहुप्रतिक्षित निजगढ दोस्रो अन्तराष्ट्रिय विमानस्थल निर्माणले...

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायांकन सुरु

फिल्म ‘यात्रा : अ म्युजिकल भ्लग’ को छायाँकन सुरु...

FACEBOOK