आइपीएलमा कोलकत्ता पुनेसंग ४ विकेटले स्तब्ध

ENGLISH

SPORTS

आइपीएलमा कोलकत्ता पुनेसंग ४ विकेटले स्तब्ध

जितसंगै पुने तालिकाको तेस्रो स्थानमा उक्लियो

4 May, 2017 | Sandeep Bhattarai | 575 Views | comments

पुने

इण्डियन प्रिमियर लिग (आइपीएल)अन्तर्गत बुधबार भएको खेलमा राईजिंग पुने सुपरजाइन्ट्स बिजयी भएको छ ।

गएराति भएको खेलमा कोलकत्ता नाइट राईडर्स पुनेसंग ४ विकेटले पराजित भएको हो । कोलकत्ताको घरेलु मैदान इडन गार्डेनमा टस हारेर पहिले ब्याटिंग गरेको कोलकत्ताले निर्धारित २० ओभरमा १ सय ५५ रन बनाएको थियो । उसका लागि मानिस पाण्डेले ३७ रन बनाए भने क्लिन्टन डे ग्रान्डहोमले १९ बलमा ३६ रन जोडे । त्यस्तै सुर्यकुमार यादवले १६ बलमा ३० रन बनाई आउट भए भने कप्तान गम्भीर २४ रन जोड्न सफल रहे।

पुनेको लागि जयदेव उनाडकट र वाशिंगटन सुन्दरले समान २-२ विकेट लिए भने बेन स्टोक्स,इमरान ताहिर र ड्यानियल क्रिस्चियनको भागमा समान १-१ विकेट रह्यो । १५६ रनको लक्ष्य लिएर मैदान उत्रेको पुनले १९.२ ओभरमै लक्ष्य भेट्टायो । उसका लागि ओपनर राहुल त्रिपाठीले ९३ रनको आक्रमक पारी खेले । ५२ बलको सामना गरेका त्रिपाठीले ९ चौका र ७ छक्का प्रहर गरे ।

त्यस्तै बेन स्टोक्सले १४ र अजिन्क्या रहानेले ११ रन बनाएका थिए। कोलकत्ताका लागि क्रिस वोक्सले ३ विकेट लिए भने कुलदीप यादव, सुनिल नारिन र उमेश यादवको भागमा समान १-१ विकेट रह्यो । खेलमा पुनेका राहुल त्रिपाठी म्यान अफ द म्याच भए । प्रतियोगिता अन्तर्गत बिहिबार गुजरात लायन्स र दिल्ली डेयर डेभिल्स भिड्दै छन् ।

आइपीएल क्रिकेटमा दिल्लीद्वारा हैदराबाद ६ विकेटले पराजित

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

एनआरएनए विश्व सम्मेलनमा सहभागी नेवारहरुलाई काठमाडौंमा स्वागत गरिने

गैरआवासीय नेपाली संघको आठौँ विश्व सम्मेलनमा सहभागी हुने सम्पूर्ण नेवारहरुको...

‘वुमन इन कन्सर्ट युएस यात्रा २०१७’ मा प्रस्तुत हुँदै मलिना र आस्था

  पूर्व नेपाल सुन्दरी मलिना जोशी तथा चर्चित गायिका...

दोस्रो म्युजिक भिडियो ‘घर त तिम्रो पोखरा’ लिएर आए प्रजापति

  करिब १८ बर्षको अन्तरालपछि आफ्नो दोस्रो एल्बमको तयारी...

नेपाल आइडल

नेपाल आइडलको उपाधि बुद्ध लामालाई

पहिलो फ्रेन्चाइज शोका रुपमा रहेको प्रतिष्ठाको पहिलो आवाज नेपाल...

MOST POPULAR

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

नेकपा (माओवादी केन्द्र) बाहेकका सत्तारुढ दलको बैठकले प्रधानमन्त्री केपी...

एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठ

पानी अभियानलाई एनआरएनए सचिव अर्जुन कुमार श्रेष्ठको सहयोग

हरेक घरमा धारो होस् , हरेक गाउँमा सिचाइ होस्...

नेपालकी सीताले जितिन् पारा तेक्वान्दोमा काश्यपदक

पोल्यान्डको वारसवामा पारा तेक्वान्दो खेलमा नेपालकी सीता भन्डारीले काश्य...

युएईमा मृत्युदण्ड पाएका बमको उद्धार सम्भव छैन्:- दूतावास

विगत १३ बर्ष देखि युएईको जेलमा रहेका दार्चुला धारी...

पुस्कल शर्मा

सामाजिक संजालले जिउदै मार्यो पुस्कल शर्मालाई…!

नेपाली सांगीतिक आकासमा एउटा चम्किलो ताराको रुपमा चम्किरहेका गायक...

Relief materials should not be misused: PM Koirala

Prime Minister Sushil Koirala has said that relief amount...

FACEBOOK