आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

ENGLISH

SPORTS

हैदरावाद

आइपिएलमा हैदरावाद विजयी : कोलकाता १४ रनले पराजित

हैदरावादले उपाधिको लागि चेन्नईसंग भिड्ने

26 May, 2018 | Sandeep Bhattarai | 2940 Views | comments

हैदरावाद

भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत शुक्रबार राति भएको दोस्रो क्वालिफायार्स खेलमा सनराइजर्स हैदरावाद विजयी भएको छ । गएराति भएको खेलमा कोलकाता कोलकत्ता नाइटराइडर्सलाई १३ रनले पराजित गरेको हो । जितसंगै हैदरावाद प्रतियोगिताको फाइनलमा पुगेको हो ।

कोलकाताको इडेन गार्डेनमा टस हारेर पहिले ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ७ विकेट गुमाएर १७४ रन बनायो । उसका लागि ऋद्दिमन शाहले ३५ रन बनाए भने शिखर धवनले ३४ रन जोड्दा रशिद खानले पनि अविजित रहदै ३४ रन जोडे । १० बल सामना गरेका रशिदले ४ छक्का र २ चौका प्रहार गरे भने २७ बल खेलेका शाहले ५ चौका हाने । त्यस्तै धवनले २४ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।यसैगरि शकिब अल हसनले २८ र दीपक हुड्डाले १९ रन जोड्नु बाहेक अन्यले दोहोरो अंक जोड्न सकेनन् । कोलकाताका लागि कुलदिप यादवले २ विकेट लिए भने शिवम माभी, सुनिल नारिन र पियुष चावलाको भागमा समान १-१ विकेट रह्यो ।

१७५ रनको लक्ष्य लिएर मैदान उत्रेको कोलकाता निर्धारित २० ओभरमा ९ विकेट गुमाउदै मात्र १६० रन बनायो । उसका लागि क्रिस लिनले ४८ रन बनाए भने सुभम गिलले ३० रन जोडे । लेनले ३१ बलमा ६ चोका र २ छक्का प्रहार गरे भने गिलले २० बलमा २ चौका र १ छक्का हाने । त्यस्तै सुनिल नारिनले २६, नितेश रानाले २२ र पियुष चावलाले १२ रन बनाउनु बाहेक अन्यको प्रदर्शन उल्लेखनीय रहेन । हैदरावादको लागि रशिद खानले ३ विकेट लिए भने सिद्धार्थ कौल र कार्लोस ब्रेथवेथको भागमा समान २-२ विकेट रह्यो । त्यस्तै शकिब अल हसनले १ विकेट लिए । प्रतियोगिताको म्यान अफ दी म्याच रशिद खान भए ।

हैदरावाद

फाइनल खेल आगामी आइतबार हुनेछ । प्रतियोगिताको पहिलो क्वालिफायरमा हैदराबादलाई हराउदै चेन्नई सुपर किंग्स फैनालमा पगिसकेको छ ।

आइपिएलमा कोलकाताद्वारा राजस्थान २५ रनले पराजित

 

तपाईले न्युज एनआरएन डट कमको ' एन्ड्रोईड एप्स ' डाउनलोड गर्नसक्नु हुनेछ | हामी सामाजिक संजाल फेसबुक ट्वीटरमा पनि छौं |

प्रतिकृया

LATEST NEWS

हर्षोल्लासपूर्वक छठ मनाइँदै

शुद्धता, सद्भाव र आस्थाको पर्व छठ आज श्रद्धा एवं...

नेपाल सम्बत्

कोलोराडोमा नेपाल सम्बत् ११३९ को अवसरमा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

नेपाल सम्बत् ११३९ उपलक्ष्यमा कोलोराडो निवासी नेःवा समुदायले आइतबार...

छक्का पञ्जा-३

‘छक्का पञ्जा-३’ ले अमेरिकामा बनायो नयाँ रेकर्ड

यति बेला नेपाली सिने नगरीमा चलचित्र ‘छक्का पञ्जा-३’ ले...

कोलोराडोमा लक्ष्मी जयन्तीसंगै साहित्यकार डा.शिलु सम्मानित

देवकोटाको जयन्तीसंगै कोलोराडोमा साहित्यकार डा. शिलु सम्मानित

कोलोराडोमा ११० औं लक्ष्मी जयन्तीको अवसरमा कवि गोष्ठीसंगै प्रवासमा...

MOST POPULAR

सन्दीप लामिछाने

दिल्लीले सन्दीपलाई खेलाउन हैन सोसल साइटबाट व्यापार गर्न खोज्दैछ (भिडियो सहित)

विश्वभरका क्रिकेटप्रेमीहरुका लागि आकर्षक प्रतियोगिताका रुपमा रहेको इण्डियन प्रिमियर...

सन्दीप

दोस्रो खेलमा पनि सन्दीपले लिए विकेट : खेलको स्टाइलिस खेलाडी चुनिए(भिडियो सहित)

नेपाली क्रिकेटका लेग स्पिनर सन्दीप लामिछानेले दोस्रो खेलमा पनि...

 अस्ट्रेलियन  एक वृद्धलाई निर्ममतापूर्वक कुटपिट गरेको आरोपमा एक नेपाली पक्राउ 

अस्ट्रेलियामा एक नेपाली निकै लाजमर्दो काम गरेको आरोपमा पक्राउ...

प्रसिद्ध पर्यटकीयस्थल पञ्चासे–पोखरा केबलकार बन्दै

पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं...

सोनिका रोकायाको ‘आगो आगो ‘ बजारमा

सोनिका रोकायाको अभिनयमा पछिल्लो समय एक पछि अर्को सुपर...

bus-from-kathmandu-to-dhaka

ढाकाबाट काठमाडौंका लागि छुटे दुई बस

ढाका: बंगलादेशको राजधानी ढाकाबाट काठमाडौंका लागि दुई यात्रु बस...

FACEBOOK